
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार गरेका हुन्। गठबन्धनबाट नेपाली कांग्रेसका सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए।
देउवाले यसपालि कसैलाई पनि उपप्रधानमन्त्री बनाएका छैनन्। उनले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री बनाएका थिए भने नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए। अरू मन्त्रालय करिब तीन महिना देउवाले आफैँसँग राखेका थिए।
सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लाई समेटेर देउवाले आज मन्त्री बनाएका हुन्। नवनियुक्त मन्त्रीहरूको सपथ आजै अपरान्ह गरिने भएको छ।
देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै राख्ने भएका छन्। साथै यसअघि कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीको जिम्मेवारी हेरफेर गरेर सञ्चार मन्त्रालयमा पठाइएको छ।
मन्त्री बने प्रधानन्यायाधीश राणाका जेठान हमाल
प्रधानमन्त्री शेरबहादुर देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार दुई राज्यमन्त्रीसहित १८ मन्त्री नियुक्त भएका छन्। तीमध्ये १७ जना संघीय संसदका सदस्य हुन् भने एक जना सांसद नभएका व्यक्ति मन्त्री बनेका छन्। सांसद नरहेका गजेन्द्र हमाललाई प्रधानमन्त्री देउवा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिएका छन्।
हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन्। उनी प्रधानन्याधीशको कोटामा मन्त्री बन्न लागेको चर्चा केही दिनदेखि चलेको थियो। नेपाली कांग्रेसभित्र सांसद रहेका अरू थुप्रै आकांक्षी भए पनि देउवाले हमाललाई नै मन्त्री बनाएका हुन्। संविधानको व्यवस्थाअनुसार सांसद नरहेको व्यक्ति छ महिनासम्म मन्त्री हुन पाउँछ।
हमाल परिवार बाँकेबाट कांग्रेसको राजनीतिमा सक्रिय छ। गजेन्द्र २०५३ देखि ५६ सालसम्म बाँके जिल्ला कांग्रेस सभापति थिए। उनका भाइ सुरेन्द्र हमाल पनि लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य छन्।

