
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडाैं । तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले असन्तुष्टि जनाएका छन् । ३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई पटक पटक ध्यानाकर्षण भएपनि नतिजा नआएपछि विप्लवले असन्तुष्टि जनाएका हुन् ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारसँग गत फागुन २१ गते ३ बुँदे सहमति भएको थियो । तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेको विप्लवको गुनासो छ ।
केपी ओली नेतृत्वको सरकार रहुन्जेलसम्म पनि विविध बहाना बनाएर माग पूरा नभएको र देउवा सरकार बनेको ३ महिना हुन लाग्दा पनि केही प्रगति नभएपछि विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् । प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डमार्फत विप्लवले देउवालाई पठाएको ज्ञापनपत्रमा तीन बुँदे सहमति कार्यन्वयन गर्न जोडदार माग गरिएको छ ।
आफूहरुको माग पूरा नहुनु राष्ट्रिय राजनीति, नेपालको राजनीतिक आन्दोलन र नेपाली जनताको निम्ति धोका भएको विप्लवको भनाइ छ । वार्ता र तीन बुँदे सहमतिले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा पारेको सकारात्मक प्रभाव र जन अपेक्षा माथि तुसारापात भएको पनि विप्लवको ठहर छ । विप्लवले सहमति कार्यान्वयन नभए समस्याको समाधान नभइ झन जटिल स्थितिको सृजना हुनसक्ने चेतावनी दिँदै यस्तो व्यवहारले नेपाली जनतालाई निराश बनाउने जिकिर गरेका छन् ।
सरकार गठन भएको पहिलो हप्तामै तीन बुँदे सहमति कार्यन्वयनको विषयलाई लिएर देउवासँग पार्टीले छलफल गरेको स्मरण गर्दै विप्लवले तत् पश्चात पनि सरकारसँग पटक–पटक भेटवार्ता जारी रहेपनि आफूहरुको माग भने पुरा हुन नसकेको उल्लेख गरेका छन् ।
देउवा सरकार बनेको ३ महिना बित्दा आफूहरुको मागबारे थुप्रै प्रश्न र आशंका उब्जिएको उल्लेख गर्दै विप्लवले भनेका छन्, ‘आजका मितिसम्म बन्दी नेता कार्यकर्ताहरु रिहा नहुनु र मुद्दा खारेज नहुनुले हाम्रो पार्टी, बन्दी नेता कार्यकर्ताहरु, उहाँका परिवारजन र नेपाली जनतामा आक्रोश र चिन्ता पैदा भएको छ । यो विषयलाई गम्भीरताका साथ लिन जरुरी छ ।’

विप्लवले तीन बुँदे सहमति शुरुमै कार्यान्वयन गर्नुपर्ने विषय बन्दीको रिहाइ र मुद्धाको खारेजी भएको पनि ज्ञापनपत्रमा उल्लेख गरेका छन् । ‘यही विषय झन वढी ढिला भइराखेको छ । हाम्रो पार्टी तीन बुँदे सहमतिप्रति पूर्ण प्रतिवद्धता सहित अक्षरशः लागू गरिराखेको छ र गर्ने छ’, विप्लवले भनेका छन्, ‘आशंका, अविश्वास, मनोवैज्ञानिक दवाव र ढिलासुस्तीको कुनै गुन्जायस छैन । यो राष्ट्रिय राजनीतिक मुद्दा हो ।’
विप्लवले आफूहरुको मागको गम्भिरता र संवेदनशीलतालाई दृष्टिगत गरी एक विशेष कार्यदल बनाएर समाधान गर्न अनुरोध गरेका छन् । यसअघि आइतबार पनि बालुवाटारमा पुगेर देउवालाई भेटेका प्रकाण्ड सोमबार फेरि ज्ञापनपत्र बोकेर पुगेका हुन् ।


१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा