
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
काठमाडौँ । सडी समाज काठमाडौँले समाज, राष्ट्र र सुडी समुदायको विकास तथा उन्नयनका लागि महत्वपूर्ण योगदान पु¥याएबापत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी बिच्छा, प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं २ का सदस्य बैजनाथ महतो, विभूषण समितिका सदस्य इन्जिनियर ओमप्रकाश महतो, अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्रीमती शान्ति महतो र सिंहदरबार वैद्यखाना विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सबरी साह हुन् ।
सुडी समाज काठमाडौँद्वारा आज आयोजित दसैँ, तिहार र छठपर्वको शुभकामना आदानप्रदान, छलफल तथा सम्मान कार्यक्रममा उनिहरुलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवम् पूर्वउपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतो, नेपाली जनता दलका राष्ट्रिय अध्यक्ष हरिचरण साह र समाजका अध्यक्ष डा अशोक महासेठले सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।
सो अवसरमा नेता महतोले मानिसले सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै मानव र समाजसेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताए । सामाजिक सङ्घसंस्थाले समाजको रुपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै उनले समाजमा देखिएको विकृति–विसङ्गतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि अग्रसर हुन सबैलाई आग्रह गरे ।
अध्यक्ष साहले सबै नीतिको मूल नीति राजनीति हो भन्दै नेपाली जनता र राष्ट्रको विकासका लागि आफू राजनीतिमा लागेको बताए । उनले समतामूलक समाज र समाजिक न्याय स्थापनाका लागि सामाजिक सङ्घसंस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा बिच्छाले कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेकाले दसैँ मनाउँदा स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्न सबैसँग आग्रह गरे।
प्रदेश नीति तथा योजना आयोग, प्रदेश नं २ का सदस्य महतो, विभूषण समितिका सदस्य इन्जिनियर महतो, अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्रीमती महतो लगायतले दिगो शान्तिविना समाज र मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले हिंसालाई निर्मूल गर्नेतर्फ सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्थाले अग्रसर हुनुपर्नेमा जोड दिए ।
समाजका अध्यक्ष डा अशोक महासेठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका उपाध्यक्षद्वय इन्जिनियर उमाशङ्कर साह र डा आरपी चौधरी, महासचिव शीतलप्रसाद महतो कोषाध्यक्ष श्रीराम पूर्वेलगायतका वक्ताहरुले सांस्कृतिक एवं सामाजिक विविधता हाम्रो देशको मौलिक पहिचान हो ।
यही विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ भन्दै समाजका सबै सदस्यहरुबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना गरे ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा