
१चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
ललितपुर । महालक्ष्मी नगरपालिकाले ३१औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ नामक कार्यक्रमको शुभारम्भ गरेको छ ।
नगर प्रमुख रामेश्वर श्रेष्ठले बिहीबार सो सेवासहित ज्येष्ठ नागरिकलाई खादा र कम्बल ओढाएर सम्मान गरे । उनले भने, ‘तपाईँहरु समाजका उदाहरणीय अङ्ग हुनुभएकाले सबै उच्च सम्मानका साथ कदर गर्दै अघि बढ्नेछौँ ।’ नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर प्रत्येक महिनाको एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा आदिजस्ता स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
उपप्रमुख निर्मला थापाले ज्येष्ठ नागरिक राष्ट्रका गहना भएकाले सम्हाल्दै अघि बढ्ने बताइन् । कार्यक्रममा सहभागी जेष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ हेमकुमारी विष्टसहित अन्य ३९ लाई सम्मान गरी सबैको स्वास्थ्य परीक्षणसहित औषधिसमेत वितरण गरिएको थियो ।
‘स्वच्छ, सफा, समृद्ध सुन्दर-महालक्ष्मी नगर’ भन्ने नाराका साथ नगरपालिकाले चालु आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सो कामलाई छिट्टै अघि बढाउने प्रतिबद्धताअनुरुप थालनी गरेको हो ।
श्रेष्ठले नगरसभामार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सबै सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स घुम्ती सेवालाई निरन्तरता’, वडा नं ८ लुभु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नतिका लागि व्यवस्था तथा वडा नं ९ लामाटारमा ५० शय्याको सरुवा रोग अस्पताल स्थापनाका लागि पहल गर्नाका साथै वातावरण प्रदूषण गर्ने उद्योगको स्थापना एवं सञ्चालनमा रोक र हरेक घरमा हरियाली तथा पोषण प्रवद्र्धन गरिने बताए।
नगरपालिकामा सामाजिक सुरक्षा भत्ता खाने कूल दुई हजार २१० नागरिक रहनाका साथै निवृत्तिभरणको सेवा तथा सुविधासमेत लिने गरी करिब तीन हजार ज्येष्ठ नागरिक रहँदा मात्र ७० वर्ष कटेकाले महिनाको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउने जानकारी गराइएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’