
१चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताएका छन्। एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन्।
जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उनले बताए। संयुक्त राष्ट्रसङ्घले दिवसका लागि यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय गरेको छ।
यस अवस्थामा प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वर्द्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यक्रम सञ्चालन गर्दा ज्येष्ठ नागरिकलाई समेत प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिन आग्रह गरेका छन्।
ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई महत्व दिँदै नागरिक स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्ता, सातवटै प्रदेशमा ज्येष्ठ नागरिक आरोग्य आश्रम निर्माण गर्ने, हरेक अस्पतालमा ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने र अन्य स्वास्थ्य संस्थामा पनि ज्येष्ठ नागरिकका सुविधा र उपकरणको स्तरोन्नति गर्ने प्रधानमन्त्री देउवाले प्रतिबद्धता व्यक्त गरेका छन्।
सबै ज्येष्ठ नागरिकलाई निःशुल्क प्रिमियमसहितको बिमा गराउने, यातायात् सेवामा ज्येष्ठ नागरिकका लागि सिट आरक्षण र भाडा छुट जस्ता सुविधाको व्यवस्थालाई महसुस हुने गरी कार्यान्वयन गरिने उनले उल्लेख गरेका छन्।
हाल कोभिड–१९ को महामारीबाट विश्व आक्रान्त रहेको अवस्थामा समस्त ज्येष्ठ नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्डको अवलम्बन गरी स्वस्थ्य रहन अनुरोध गर्दै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकलाई प्राथमिकताका साथ सेवा सुविधा प्रदान गरी उच्च सम्मान व्यक्त गर्न सम्बद्ध सबै सरोकारवाला निकायलाई आग्रह गरेका छन्।
उनले सामाजिक, सांस्कृतिक परम्पराअनुरुप परापूर्वकालदेखि कायम रहँदै आएको आफूभन्दा ठूलाको आदर, सत्कार, सम्मान र कदर गर्ने संस्कारलाई प्रवद्र्धन गर्न सबै नेपाली नागरिकलाई आग्रह गर्दै शुभकामना व्यक्त गरेका छन्।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’