
१सञ्चारमाध्यमको सामाजिक सञ्जालमा पनि पत्रकार आचारसंहिता लागू हुने
२आइजिपी डा. मनोजकुमार केसीले सम्हाले प्रहरी कमान्ड
३डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
४बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
५राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षी दलहरुको माग
६न्यायाधीश विरुद्ध महाभियोगको गृहकार्यमा रास्वपा
७बिचौलिया इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइन्ड’, मलाई ‘युज’ गरियो
८स्कुटरको ठक्करबाट वृद्ध मनबहादुर पुनको मृत्यु
९पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन काँग्रेसको माग
१०‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’: प्रधानमन्त्री बालेन
११गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
१२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
९विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
शरद् शर्मा
काठमाडौँ, ८ असोज । नेतृत्व चयनका लागि प्रमुख विद्यार्थी सङ्गठनहरू राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेत्रविक्रम चन्द निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले नयाँ नेतृत्व चयन गर्न लागेका हुन् ।
अनेरास्ववियुले आगामी चैत २२ देखि २४ गतेसम्म २३औँ राष्ट्रिय महाधिवेशन गर्न लागेको छ भने अनेरास्ववियु (क्रान्तिकारी)ले यही असोज १४ देखि १६ गतेसम्म २२औँ राष्ट्रिय सम्मेलन गर्ने तयारीमा छ । नेविसङ्घले पनि छिटै ११औँ महाधिवेशनका लागि मिति तोक्न लागेको छ । चन्द निकट अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयनका लागि यही असोज ६ गतेदेखि २२औँ राष्ट्रिय सम्मेलन चलिरहेको छ । पोखरामा चलिरहेको सम्मेलनले आजै नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिनुभयो ।
अनेरास्ववियुको गत भदौ २ गते सम्पन्न केन्द्रीय सचिवालय बैठकले आगामी चैत २२ देखि २४ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।सुनिता बरालको नेतृत्वमा सङ्गठनलाई पुनःगठन गर्दै महाविधेशन जाने निर्णय गरिको र उहाँले महाविधेशन शैक्षिक मुद्दामा केन्द्रित हुने जानकारी दिनुभयो । महाविधेशनका लागि मङ्सिरभित्रै सबै तहको अधिवेशन सक्ने जनाइएको छ ।
यस्तै क्रान्तिकारीले आसन्न राष्ट्रिय सम्मेलनका लागि तयारी तीव्र बनाएको छ । यसका लागि अहिले जिल्ला र प्रदेश तहको अधिवेशन भइरहेको जनाइएको छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा हुने सम्मेलनमा ८९९ प्रतिनिधि सहभागी हुने र बन्दसत्र भने कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा गर्ने बताइएको छ । यसअघि भदौ २६ मा भएको क्रान्तिकारीको विधान सम्मेलनले २३ पदाधिकारीसहित १९९ केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसपटकको सम्मेलनले सहमतिका आधारमा नेतृत्व चयन गर्ने बताउनुभयो ।
यस्तै नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सेनाले नेपाली कांग्रेसको महाधिवेशन लगत्तै ११औँ राष्ट्रिय महाधिवेशन गर्ने जानकारी दिनुभयो । उहाँले महाधिवेशनका लागि राजनीतिक र साङ्गठनिक प्रतिवेदन तयार पार्नाका साथै सदस्यता वितरणको कार्य भइरहेको बताउनुभयो । “हामी महाविधेशनको तयारीमा जुटेका थियौँ तर पार्टीको महाधिवेशनका कारणले हाम्रो महाधिवेशन अलि ढिला हुने भयो”, उहाँले भन्नुभयो, “पार्टीको महाधिवेशन भएको एक महिनाभित्र हामी पनि महाधिवेशन गर्नेछौँ ।”
यस्तै नेकपा (एकीकृत समाजवादी)को भ्रातृसङ्गठन अनेरास्ववियूको भर्खरै सम्पन्न राष्ट्रिय भेलाले सुदेश पराजुलीको अध्यक्षतामा केन्द्रीय कमिटी गठन गरेको छ । अध्यक्ष पराजुलीले अब दुई वर्षपछि मात्र नयाँ नेतृत्वका लागि भेला गरिने जानकारी दिनुभयो ।
समयमै हुँदैन महाविधेशन
सबै विद्यार्थी सङ्गठनका समयमै नयाँ नेतृत्व चयनका लागि महाधिवेशन हुन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमण र पार्टीको आन्तरिक विवादका कारण महाविधेशन समयमा गर्न नसकिएको हो । प्रत्येक दुई÷दुई वर्षमा हुने महाधिवेशन पार्टीको हस्तक्षेपका कारण पनि रोकिँदै आएको छ ।
विसं २०७२ मा अखिलको २२औँ महाधिवेशनले नविना लामालाई अध्यक्षमा निर्वाचित गरेकामा अहिले छ वर्षपछि मात्र २३औँ महाधिवेशनका लागि मिति तोकिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि नेकपाको विद्यार्थी सङ्गठन अखिलको संयोजक ऐन महरलाई बनाइएको थियो । पछि एमाले र माओवादी केन्द्र अलग भएपछि एमाले निकट अखिलका महर नै अध्यक्ष हुनुभएको छ। गत भदौ २ गते भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनःगठन गर्दै बरालको अध्यक्षतामा ४६५ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ ।
यस्तै २०७४ सालमा २१औँ सम्मेलन गरेको क्रान्तिकारीले चार वर्षपछि २२औँ राष्ट्रिय सम्मेलन गर्दैछ । प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने सम्मेलन पार्टीको आन्तरिक किचलोका कारण चार वर्षमा हुन लागेको हो । यस्तै नेविसङ्घको २०७२ सालमा १०औँ महाधिवेशन भएकामा छ वर्षपछि अहिले ११औँ महाधिवेशनको तयारीमा जुटेको छ । समयमै महाधिवेशन हुन नसकेपछि २०७६ माघमा अध्यक्ष नैनसिंह महरले राजीनामा दिनुभएको थियो । “समयमै महाधिवेशन गर्न नसकेपछि मैले पार्टीमा राजीनामा बुझाएको हुँ”, उहाँले भन्नुभयो, “तर राजीनामा बुझाएको दुई वर्ष पुग्न लाग्दा पनि महाविधेशन हुन नसक्नु दुःखद् हो ।”
उहाँले राजीनामा दिइसकेपछि नेपाली कांग्रेसले महाविधेशन गर्न राजीव ढुङ्गानाको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी बनाए पनि कोरोना भाइरसका कारण महाविधेशन अझैसम्म हुन सकेको छैन ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा