News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

सभामुख सबैका साझा हुनुपर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन।

नेकपा एमाले पोखरा महानगरपालिका–३१ को वृहत कार्यकर्ता भेलामा उनले सभामुख कुनै दल विशेषको नेता जस्तो बनेर संसदमा पक्षपाती व्यवहार गर्न नहुने बताए ।

राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट कम्युनिष्ट पार्टीमाथि गम्भीर आक्रमण सुरु भएको बताउँदै नेता अधिकारीले नेपालमा राजनीतिक स्थिरता आयो भने विदेशीले खेल्न नपाउने पनि स्पष्ट गरे  ।