
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असोज ११ गतेबाट सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु आठ करोड बराबरको प्राथमिक साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । कम्पनीले आठ लाख कित्ता बराबरको साधारण शेयर जारी गर्ने लागेको हो ।
निष्कासन गरिने आठ लाख कित्तामध्ये पाँच प्रतिशतअर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ भने दुई प्रतिशत अर्थात १६ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरेको छ । कम्पनीले बाँकी सात लाख ४४ हजार कित्ता साधारण शेयर आगामी असोज ११ गतेबाट निष्कासन गर्न लागेको हो ।
कम्पनीले सार्वजनिक गरेको विवरण पत्रअनुसार आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । सर्वसाधारणले यो शेयरमा असोज १४ गतेसम्ममा आवेदन दिनुपर्ने हुन्छ । सो अवधिमा पूरा आवेदन नपरे असोज २५ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीले आफ्नो जारी पुँजी रु ४० करोड रकम बराबरको प्रतिसाधारण शेयर रु १०० अङ्कित दरले हुने ४० लाख कित्ता शेयरमध्ये ३० प्रतिशत (रु १२ करोड) बराबरको १२ लाख कित्ता शेयर सार्वजनिक निष्कासनको निमित्त छुट्याएको थियो । जसमा स्थानीयको लागि आवेदन गर्न जारी पुँजीको १० प्रतिशतले हुने चार लाख कित्ता शेयर गत साउन ३२ गतेदेखि भदौ १५ सम्म खुलाएको थियो ।
नुवाकोट जिल्लाको दुप्चेश्वर गाँउपालिकामा जलविद्युत् उत्पादन केन्द्र रहेको कम्पनीले चार दशमलव ९९ मेगावाट क्षमताको आयोजना विकास गरिरहेको छ । यसमा प्रतिमेगावाट लागत रु २३ करोड ८० लाख हुने कम्पनीले जनाएको छ ।
सर्वसाधारणलाई निष्कासन गरिने शेयरका लागि क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गराउदा इक्रा नेपालले कम्पनीलाई माइनस बीबी ग्रेडिङ प्रदान गरेको छ । जसअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व पूरा गर्नसक्ने सम्बन्धमा मध्यम रहेको बुझिन्छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति