
१फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
३जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
४उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
५मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
६सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
७कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
८गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
९जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१०कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
११२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
पोखरा, २७ भदौ । जनप्रिय बहुमुखी क्याम्पसको एमविए इन हस्पिट्यालिटी म्यानेजमेन्ट दोस्रो सेमेस्टरको परीक्षाफल प्रकाशन भएको छ । एमविए दोस्रो सत्रको नियमित परीक्षामा ९५ प्रतिशत विद्यार्थीले उत्कृष्ट नजिता ल्याउन सफल भएका छन् ।
डिग्री लेभलका विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजगर गर्दै क्याम्पसले कोरोना महामारीबिच गत असार ३० गतेदेखि साउन ५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । एमविए पहिलो व्याजका विद्यार्थी हाल तेस्रो सेमेस्टरमा अध्ययनरत छन् ।
एविए इन हस्पिट्यालिटी म्यानेजमेन्ट कार्यक्रम नेपाली तथा विदेशी विद्यार्थीहरूलाई हस्पिट्यालिटी क्षेत्रसँग सम्बन्धित व्यवस्थापकीय ज्ञान, सीप तथा दृष्टिकोणको विकास गरी दक्ष जनशक्ति पर्यटन उद्योग र अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउने उद्धेश्यले सञ्चालन गरिएको क्याम्पस प्रमुख बिरञ्जी गौतमले जानकारी दिए । क्याम्पस प्रमुख गौतमले गुणस्तरको कसीलाई कायम राख्दै विद्यार्थी भर्ना छनौटमा निष्पक्षता अप्नाउँदा, छानिएका सही विद्यार्थीले आफ्नो क्षमता देखाउँदा नै उत्कृष्ट नजिता ल्याउन सफल भएको दावी गरे ।
विश्व अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ६० प्रतिशतभन्दा माथि रहेको छ । दक्ष जनशक्ति उत्पादन हुँदा सेवा क्षेत्रमा प्रवेशका लागि ढोका खुल्ने छ । पर्यटन उद्योगमा दक्ष जनशक्तिको माग र खपत दिनप्रतिदिन बढ्दो छ । हस्पिट्यालिटी म्यानेजमेन्टले केवल पर्यटन क्षेत्रलाई मात्रै नभई समग्र सेवा क्षेत्रलाई योगदान दिने भएकाले जनप्रियको नतिजाले थप आशामुखी बनाएको छ ।
गत असारमा विविए सङ्कायका दुई जना विद्यार्थी नेपाल भरिकै प्रथम, दुई जना विद्यार्थी दोस्रो र एक जना विद्यार्थी तेस्रो हुन सफल भएका थिए । जनप्रियको यस्तो रहर लाग्दो नतिजाले क्याम्ससको गरिमा उचो भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा गिरीले बताए ।
एमविए इन हस्पिट्यालिटी म्यानेजमेन्ट अध्ययनका लागि विएचएम, विएमटिएम, विविए, विविएस लयायत विज्ञान, व्यवस्थापन, मानविकी तथा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले आवेदन दिइ प्रवेश परीक्षा पास गरी अध्ययन गर्न सक्ने कार्यक्रम संयोजक विश्वासराज पौडेलले जानकारी दिए ।
जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ । मानित विश्वविद्यालयको गोरेटोमा अगाडि बढेको जनप्रियले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वयत्त कार्यक्रम अन्तर्गत एमविए इन हस्पिट्यालिटी र स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) को शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रात र दिवा सत्रमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा सर्वोकृष्ट ठहरिएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की