
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसमा प्रवेश गरेका पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसहित युवालाई शुभकामना दिएका छन् । बुधबार निवासमै आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले बिपीको सिद्धान्तलाई आत्मसात गर्दै लोकतान्त्रिक समाजवादलाई संस्थागत गर्नु पर्ने बताए ।
मुलुकलाई समृद्धिको बाटोमा डो¥याउने दायित्व नेपाली कांग्रेसको रहेको भन्दै यसका लागि युवाहरु अग्रसर हुनुपर्ने उनको भनाइ थियो । लामो समयदेखि पर्यटन र अन्य व्यवसायमा आबद्ध युवाहरुको प्रवेशले कांग्रेस थप सशक्त भएको मुख्यमन्त्री पोखरेलले बताए । नवप्रवेशीहरुलाई जिम्मेवारी दिएर पार्टीलाई सशक्त बनाउने जिम्मा पुराना नेता कार्यकर्ताको रहेको भन्दै यसको व्यवस्थापनमा जोड दिन उनले आग्रह गरे । पार्टीको महाधिवेशन, स्थानीय तहको निर्वाचन र त्यसपछि हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा परिणाम आफ्नोतिर आउनेगरी काम गर्न मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।
कार्यक्रममा प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले पोखराका पूर्व मेयर गणेशबहादुर भट्टराईको प्रवेशले कास्कीको राजनीतिमा ठूलो हलचल मच्चाएको बताए । संघीयतामा प्रशस्त सम्भावना र अवसर रहेको भन्दै क्षमता अनुसार नेतृत्व लिन नवप्रवेशीलाई उनले आग्रह गरे ।
कार्यक्रममा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सुशासनका लागि व्यवसायीहरुलाई राजनीतिमा आकर्षित गर्नुपर्ने बताए । राजनीतिक नेतृत्वबाटै सुशासनको सुरुआत हुनुपर्ने भन्दै भ्रस्टाचारबाट मुलुकलाई जोगाउनुपर्ने अहिलेको मुख्य चुनौती रहेको भनाइ राखे । कोरोनाको महामारीबाट पर्यटन व्यवसायी सारै मारमा परेको भन्दै अहिले खोप उपलब्ध गराएर थोरै भए पनि राहत प्रदान गर्न उनले आग्रह गरे । पोखरा र आसपासको पर्यटनलाई जगाउन १५ हजारजति खोप उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । ट्रेकिङ रुटका व्यवसायीलाई समेत खोप दिलाउन उनले आग्रह गरे ।
पर्यटन व्यवसायीलाई पुनर्कर्जा र साना व्यवसायीलाई व्यवसाय जीवन रक्षा कोष दिने भनिए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको उनले बताए । उनले भने,‘व्यवसायीहरु भाडा तिर्न नसक्ने अवस्थामा छन्, कति त पलायन भइसके, अब पनि केही गर्न सकिएन भने अवस्था भयावह हुन्छ ।’
पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले गणेश भट्टराईसहित १२ जना व्यवसायीको प्रवेशले पार्टीमा जोश र जाँगर बढेको भनाइ राखे । अब सरकारले पर्यटन पुनरुत्थानमा जोडन दिन आग्रह गर्दै उनले सर्भाइभल, रिभाइभल र एराइभललाई अभियानका रुपमा अगाडि बढाउन सुझाव दिए ।
उक्त अवरमा रेबान पोखराका पूर्व अध्यक्ष चौबहादुर गुरुङले नजिकिँदै गरेको पर्यटन दिवस भव्यरुपमा मनाउन लागेको भन्दै यसका प्रदेश सरकारको सहयोगको अपेक्षा गरिएको बताए ।
गणेशबहादुर भट्टराईको नेतृत्वमा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोककुमार भण्डारी, जीवन भट्टराई, विकास भट्टराई, विशेष थापा, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई, च्यामबहादुर गुरुङ र अमृत ढकाल हालै कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु सबैलाई प्रधानमन्त्री निवास बालुवाटारमा गत साता आयोजित कार्यक्रमका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका हुन् ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ