
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
विक्रम गिरी
काठमाडौँ, १५ भदौ । युनाइटेड अरब इमिरेटस् (यूएई) मा सम्पन्न एएसबीसी एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपाललाई पहिलोपटक पदक दिलाएका खेलाडीहरुले अबको लक्ष्य ‘युथ वल्र्ड च्याम्पियनशिप’ भएको बताउनुभएको छ ।
प्रतियोगितामा सहभागी भई यूएईबाट आज फर्किनुभएका खेलाडीहरुले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा पदक जित्नका लागि स्रोतसाधन र वातावरण आवश्यक भएको बताउनुभयो । पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गर्नुभएका छिरिङवाङ्दी शेर्पाले दुई महिनाको अभ्यासका कारण सफलता प्राप्त भएको सुनाउनुभयो । “सङ्घ, परिवार र प्रशिक्षकको सहयोगले नै पदक प्राप्त गर्न सम्भव भएको हो,” उहाँले भन्नुभयो, “अबको लक्ष्य युथ वल्र्ड च्याम्पियनशिपमा पदक जित्ने हो ।”
यस्तै महिला ५२ किलोमा कास्य प्राप्त गर्नुभएकी स्वस्तिका तिरुवाले आवश्यक वातावरण पाएमा नेपालका बक्सिङ खेलाडीले पनि पदक जित्न सक्ने यूएईमा सम्पन्न जुनियर च्याम्पियनशिपबाट प्रमाणित भएको बताउनुभयो । “अभ्यास र प्रतियोगितामा सहभागिता हुन पाउनु खेलाडीका लागि मुख्य कुरा हो,” उहाँले भन्नुभयो, “दुवै कुरा उपलब्ध भए पदक जित्न सकिन्छ भन्ने लागेको छ ।”
यसैगरी प्रतियोगितामा महिला ५७ किलोतर्फ कास्य पदक प्राप्त गर्न सफल नरिका राईले यूएई च्याम्पियनशिपबाट थप ऊर्जा मिलेको बताउनुभयो ।
“खेलाडीका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता आवश्यक छ, विश्वका अन्य खेलाडीको खेलबाट धेरै सिक्न पाइन्छ,” उहाँले भन्नुभयो । घरेलु प्रतियोगिताबाट मात्र खेलाडीको वृद्धि विकास सम्भव नभएको उहाँको भनाइ थियो ।
खेलाडीसँगै यूएईबाट फर्किनुभएका ओलम्पियन एवं प्रशिक्षक डम्वरदत्त भट्टले जुनियर बक्सिङ च्याम्पियनशिपबाट नेपालले ऐतिहासिक पदक प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । “स्वदेशको प्रतियोगितामा मात्र सीमित रहनु हुँदैन,” उहाँले भन्नुभयो, “बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले खेलाडीसँगै प्रशिक्षकलाई पदक प्राप्त गर्न मद्दत पुग्छ ।” पछिल्लो समय बक्सिङ सङ्घको सक्रियताले खेलको स्तर वृद्धिका साथै उपलब्धि हासिल हुँदै गएको उहाँले सुनाउनुभयो । उहाँले बक्सिङमा थप सफलता हासिल गर्नका लागि विद्यालयस्तरीय प्रतियोगिता गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले अन्तर्राष्ट्रिय जुनियर बक्सिङ च्याम्पियनशिपमा पहिलोपटक पदक प्राप्त गरेपछि देशभर राम्रो सन्देश गएको बताउनुभयो । “अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदक जित्न सकिने रहेछ भन्ने सन्देश सबैतिर फैलिएको छ, यसले हामीलाई खेलाडी उत्पादनमा थप हौसला मिलेको छ,” उहाँले भन्नुभयो । यूएई च्याम्पियनशिपबाट सङ्घको साख बढेको अध्यक्ष अवालेले सुनाउनुभयो । “अब हामी जुनसुकै प्रतियोगितामा पनि पदकबाट टाढा छैनौँ,” उहाँले भन्नुभयो ।
एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपालबाट ६ खेलाडीसहित १२ सदस्यीय टोली सहभागिता जनाउन यही भदौ २ गते यूएई प्रस्थान गरेको थियो । सहभागी खेलाडीमध्ये शेर्पाले पुरुष ५४ किलो, तिरुवाले महिला ५२ किलो तथा राईले ५७ किलोमा प्रतिस्पर्धा गर्दै कास्य पदक प्राप्त गर्नुभएको थियो । शेर्पा सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित हुनुभएको थियो । सो स्पर्धामा नियाजले नै स्वर्ण पदक जित्नुभयो ।
यस्तै तिरुवा र राई सेमिफाइनलमा भारतीय खेलाडीसित पराजित हुनुभएको थियो ।
त्यसअघि उहाँले कुवेतका मोहम्मद अलिनेजीलाई ५–० अङ्कले पराजित गर्नुभएको थियो । प्रतियोगितामा नेपालबाट पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गर्नुभएको थियो ।
गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट यूएईमा भाग लिने खेलाडीको छनोट गरिएको थियो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक भट्ट, दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज तथा व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहनुभएको थियो ।
विमानस्थलमा उक्त टोलीलाई बक्सिङ सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सदस्य अवाले, सङ्घका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, बक्सिङ सङ्घका सदस्य एवं अन्तर्राष्ट्रिय संयोजक श्याम अवाले, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, सङ्घका केन्द्रीय सदस्य पुष्करराज पन्त तथा खेलाडीका अविभावकहरुले खादा ओढाई स्वागत गर्नुभएको थियो । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति