
१‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
५‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
६इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१०मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
वासुदेव पौडेल
गण्डकी, १४ भदौ । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिनमा पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिरमा प्राचीन मौलिक संस्कृतिमा आधारित कृष्णबालन देखाउनुका साथै कृष्णलिलामा आधारित भजन तथा नृत्य देखाइन्थ्यो । कृष्णलीलामा आधारित संस्कृति देखाउनकै लागि जन्माष्टमी अघि केही दिनयता नै कलाकार आफ्नो तयारीमा जुट्दथे । तर विश्वव्यापी फैलिएको कोरोना कहरका कारण यतिखेर यहाँ सुनसान छ ।
राधाकृष्ण मन्दिरमा कृष्णलीलामा आधारित भजन प्रतियोगिता गरिने भएकोले विगतका वर्षमा कास्की, स्याङ्जा, तनहुँलगायतका स्थानबाट कलाकार प्रतियोगितामा भाग लिन आउँथे । महत्वपूर्ण पर्वकै रुपमा श्रीकृष्ण जन्माष्टमी मनाउने गरिएको राधाकृष्ण मन्दिरमा भने अहिले कुनै रौनकता छैन । कोरोना कहरका कारण यसवर्ष कृष्णबालन प्रदर्शनी एवं अन्य कुनै पनि कार्यक्रम सञ्चालन नगरिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले जानकारी दिनुभयो ।
राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीलाई भव्यताका साथ मनाउने प्रचलन रही आए पनि कोरोना कहरका कारण सङ्क्रणबाट बँच्ने र बचाउने लक्ष्यका साथ यसवर्ष विगतका जस्तो कार्यक्रम गर्न नसकिएको उहाँले बताउनुभयो ।
मन्दिर परिसरमा गरिने कृष्णबालनका साथै भजन प्रतियोगिता, कृष्णलीलामा सहभागी बन्ने कलाकारका साथै हेर्न आउने दर्शनार्थीले यसपर्वको गरिमा र महत्व अझै बढाउने गरेको राधाकृष्ण सांस्कृतिक समूहका संस्थापक अध्यक्ष भोला भण्डारीले बताउनुभयो । समूहका तर्फबाट श्रीकृष्ण जन्माष्टमीमा कृष्णबालन र रामनवमीमा रामबालन देखाउने गरेको भए पनि यसवर्ष कोरोनाकै कारण यी कुनै पनि संस्कृति प्रदर्शन गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।
“महत्वपूर्ण पर्वका अवसरमा बालन देखाउने गरिएको भए पनि महामारीकै कारण स्थगित गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “कोरोनाले सामाजिक, आर्थिक क्षेत्रमा प्रभाव त पारेको छ नै सांस्कृतिक रुपमा पनि यसको प्रभाव प्रत्यक्ष देखिएको छ ।”
मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा बर्सेनि गरिने कार्यक्रममा अन्य जिल्लाबाट पनि सांस्कृतिक समूह कृष्णबालन देखाउन आउने प्रचलन छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ मा क्रियाशील सेराबेँसी सांस्कृतिक समूहले पनि विगत एकवर्ष राधाकृष्ण मन्दिरमा आएर कृष्णवालन प्रदर्शन गरेको समूहका सचिव ठाकुरप्रसाद खनालले जानकारी दिनुभयो ।
खनालका अनुसार विशेषतः श्रीकृष्णजन्माष्टमीका दिन र अन्य विशेष धार्मिक पर्वमा कृष्ण चरित्रमा आधारित भई बालन कलाकारले कृष्णबालन देखाउने गर्दछन् । पछिल्ला वर्षमा आधुनिक संस्कृतिप्रतिको मोहका कारण पनि कृष्णबालन जस्ता प्राचीन संस्कृतिमा आधारित नृत्य सङ्कटमा परिरहेको उहाँले बताउनुभयो ।
न्यूनतम ३० कलाकार चाहिने कृष्णबालनलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन लगभग रु १४ लाख आवश्यक पर्दछ । बालनका लागि आवश्यक गरगहना, शुङ्गार सामग्री खरिदसाथै बालने कलाकार तयार गर्न तालिम आवश्यक पर्छ । सुरुमा बालन सञ्चालनका लागि आवश्यक संरचना तयार गर्न लाग्ने खर्चका अतिरिक्त प्रत्येक पटक यो प्रदर्शन गर्न न्यूनतम ५० हजारसम्म लाग्ने गरेको बालन संरक्षण अभियानकर्ता एवं् नेपाली लोक संस्कृति बालन प्रतिष्ठान तनहुँका अध्यक्ष यमप्रसाद पौडेल बताउनुहुन्छ ।
आर्थिक अभावका साथै तालिम दिएर तयार गरिएका कलाकारमध्ये ज्येष्ठ नागरिक अशक्त बन्दै जानु, युवा वैदेशिक रोजगारीमा जानु र महिला कलाकार विवाह भएर जानुलगायतका कारण कलाकार संरक्षण गर्न पनि मुस्किल हुने गरेको उहाँको भनाइ छ । विगतका वर्षमा प्रतिष्ठानका तर्फबाट श्रीकृष्ण जन्माष्टमीमा विभिन्न स्थानमा कृष्णबालन देखाउने गरिए पनि यसवर्ष कोरोना कहरका कारण स्थगित गर्नुपरेको उहाँले बताउनुभयो ।
देवीदेवताको गुणगानमा आधारित बालन पृथ्वीको सृष्टिकालदेखिका भगवानका लीला र अवतारको वर्णनमा आधारित हुँदै आएको संस्कृति हो । गायनका साथै नृत्यसमेत प्रस्तुत गरिने कृष्णबालन भगवान श्रीकृष्णका लीलामा आधारित विशिष्ट मौलिक संस्कृति हो ।
गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवानका दश अवतारलाई लिएर बालन सञ्चालन गरिने भए पनि कृष्णबालन केवल कृष्णचरित्रमा आधारित हुन्छ । जनविश्वासअनुसार पौराणिक समयमा भारद्वाज ऋषिले आफ्नो आश्रममा प्रवेश गर्दा कृष्णलीलामा आधारित बालन खेल्न बालनेलाई निमन्त्रणा गरेको स्मरण गर्दै बालन नाच नाच्ने चलन शुरु भएको हो । श्रीकृष्णका मातापिताको जन्मदेखि कृष्णजन्म हुँदै कङश बधसम्मका घटना क्रमलाई बालने कलाकारले जीवन्त चित्रण गर्दछन् ।
कृष्णबालनका लागि लगभग चार घण्टा समयावधि लाग्ने कलाकार बताउँछन् । कृष्णबालनका लागि न्यूनतम आवश्यक कलाकारमध्ये एक तिहाइ महिला हुन्छन् । उनीहरूलाई घरबाट निस्कन समस्या पर्ने, अविवाहित महिला विवाह भएर जाने आदि पनि समस्याका रुपमा देखिएको छ । रासस
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन