
१नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
२ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
३अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
४सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
५अफवाह नफैलाउन प्रहरीको आग्रह
६बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
७सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
८२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
९अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
१०गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
१२‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
मनाङ, ९ भदौ । हिमाली जिल्ला मनाङको सीमावर्ती नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिने भएको छ । नाका खुला भएसँगै आपराधिक गतिविधि वृद्धि हुनसक्ने भएकाले जाँच कडाइ गरिने भएको हो । छिमेकी जिल्ला लमजुङ र जिल्लाको सीमावर्ती नाकामार्फत हुनसक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि सुरक्षा जाँचमा कडाइ गर्न लागिएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा आयोजित अन्तरजिल्ला समन्वय बैठकले जाँचलाई प्रभावकारी र कडाइ गर्ने निर्णय गरेको हो । नाका खुला गरिँदा हुनसक्ने अवैध हातहतियार तथा विस्फोटक पदार्थ, लागुऔषध, धार्मिक तथा पुरातात्विक वस्तु, बहुमूल्य जडीबुटी, वनपैदावार, निषेधित एवं संरक्षित वन्यजन्तु÷अखेटोपहारलगायत अवैध तथा बहुमूल्य वस्तुको चोरी निकासी तथा ओसारपसार गतिविधिमा रोक लगाउन सुरक्षा जाँच कडाइ गरिने भएको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सीमा क्षेत्रमा नदी, खोलानालालगायतबाट हुने प्राकृतिक स्रोतसाधनको दोहन नियन्त्रण गर्न जाँज कडाइ गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको अवैधरूपमा हुने उत्खनन तथा चोरी निकासी नियन्त्रण गर्न सूचना आदानप्रदान गरी आवश्यक समन्वय गर्नेछ ।
“बाढीपहिराजस्ता विपद् व्यवस्थापन, विभिन्न प्राकृतिक प्रकोप तथा महामारीजन्य रोगका कारण उत्पन्न हुने जोखिम र क्षतिको न्यूनीकरणका लागि आपसी समन्वय र सहकार्य गर्ने निर्णय भएको छ”, प्रजिअ लामिछानेले भन्नुभयो । लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार अविरल वर्षासँगै आएको बाढी पहिरोका कारणले बेँसीसहर–चामे सडकखण्डमा धेरै क्षति पुगेको र गत जेठ १५ गतेदेखि नै सडक अवरुद्ध रहेको हुँदा उक्त सडक सञ्चालनमा ल्याउन समन्वयात्मक तवरबाट प्रयास थालिने छ । सडकको अनुगमन, निरीक्षण र निर्देशनलाई निरन्तररूपमा जारी राख्नेसमेत उहाँले बातउनुभयो ।
लामो समयदेखि सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर हुँदै गएकाले बाढी प्रभावित क्षेत्रमा ढुवानी हुने खाद्यान्न, औषधि, इन्धन, निर्माण सामग्रीलगायत आपूर्तिको व्यवस्था गरी सहज अवस्थामा ल्याउन सहजीकरण गरिने लुइँटेलले बताउनुभयो ।
त्यस्तै, कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि दुवै जिल्लाका स्वास्थ्य संस्थाको समन्वयमा सूचना सम्प्रेषण तथा समन्वयात्मक ढङ्गले महामारीजन्य रोग रोकथाम तथा नियन्त्रणका लागि समन्वय गरिने भएको छ । विपद्को समयमा जिल्लाभित्र खोज तथा उद्धार कार्यमा खटिने मौजुदा सुरक्षाकर्मी जनशक्ति, उद्धार तथा आपत्कालीन राहत सामग्री अपुग भएमा दुवै जिल्लाका सुरक्षा निकायबीच आपसी समन्वय गरी परिचालन गर्ने निर्णय भएको लामिछानेले बताउनुभयो ।
बेँसीसहर–चामे सडकखण्डमा वर्षायाममा बाढीपहिरा तथा हिउँदमा हिमपहिराका कारण समय–समयमा सडक अवरुद्ध हुनसक्ने भएकाले आ–आफ्नो जिल्लाको सीमाभित्र पर्ने अवरुद्ध सडक तत्काल खुलाउन आवश्यक पहल गर्ने निर्णय भएको लामिछानेले बताउनुभयो । बैठकमा मनाङका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारी, रणदल गुल्म मनाङका सेनानी सुजित अधिकारी, सशस्त्र प्रहरी बल मनाङका प्रहरी नायब उपरीक्षक होमनाथ पन्थी, अनुसन्धान प्रमुख सुन्दरमणि पोख्रेल, लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्की, सशस्त्र प्रहरी बल लमजुङका प्रहरी नायब उपरीक्षक नवराज थापा, श्रीजङ्ग गणका सेनानी किशोर अधिकारी, जिल्ला अनुसन्धान प्रमुख कुमार बुढाथोकीलगायतको उपस्थिति थियो ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन