
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, ४ भदौ । तालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा गोप्य दस्तावेजमा भनिएको छ । अफगान ताालिवानले विरोधीहरूविरुद्ध कुनै बदला नलिने प्रतिवद्धता गरे पनि आन्तरिकरूपमा उनीहरूले अमेरिका र नेटो सेनालाई सहयोग गरेका अफगानहरूको खोजी गरेका पाइएको हो ।
संयुक्त राष्ट्रसंघको आतङ्क–आँकलन सल्लाहकारहरूद्वारा प्रदान गरिएको एएफपीले भेटेको प्रतिवेदनले यस समूहले आफूले गिरफ्तार गर्न चाहेका व्यक्तिहरूको ‘प्राथमिकता सूची’ बनाई विदेशी सेनालाई सघाएका अफगान नागरिकको खोजी गरिरहेको बताइएको छ ।
उक्त पत्रअनुसार अधिकांश खतरामा अफगान सैनिक, प्रहरी र गुप्तचर एकाइहरूमा केन्द्रिय भूमिका निर्वाह गर्ने अधिकारीहरू रहेका छन् र तालिबानले आफूले पत्ता लगाउन चाहेका व्यक्तिहरू र उनीहरूका परिवारका सदस्यहरूको खोजी गर्दै ‘लक्षित घर–घरको भ्रमण“ गरिरहेका छन् ।
तालिवानहरूले काबुल विमानस्थलमा जाने बाटोमा व्यक्ति विशेषको पनि जाँच गरिरहेका छन् र राजधानी र जलालाबादलगायत प्रमुख शहरहरूमा जाँचबिन्दुहरू स्थापना गरेका छन् । यस बिषयमा जानकारी दिँदै ‘नर्वेली सेन्टर फर ग्लोबल एनालाइसिस’द्वारा बुधबार बुझाइएको हो । यो संस्थाले संयुक्त राष्ट्र संघका निकायहरूलाई गोप्य सूचना दिने गर्छ ।
उक्त समूहका कार्यकारी निर्देशक क्रिश्चियन नेलेमनले एएफपीलाई भन्नुभयो, “उनीहरूले आफूलाई आत्मसमर्पण गर्न इन्कार गर्ने परिवारलाई निशाना बनाउँदैछन् र ‘शरिया कानूनअनुसार’ ती परिवारका सदस्यहरूलाई अभियोग र सजाय दिइरहेका छन् ।
“हाम्रो अनुमानमा पहिले नेटो/अमेरिकी सेना र उनीहरूका सहयोगीहरुसँग काम गरिरहेका व्यक्तिका श्रीमान् वा श्रीमती तथा परिवारका सदस्यसमेत उनीहरूको यातना र मृत्युदण्डसमेतको शिकार हुनेछन् ।
“यसले पश्चिमी गुप्तचर सेवाहरू, उनीहरूको सञ्जाल, विधि र आगामी तालिबान, आइएसआइएस र अन्य आतंकवादी खतराहरूको प्रतिरोध गर्ने क्षमतालाई अझ खतरामा पार्नेछ,” उहाँले थप्नुभयो ।
सूचना व्यक्ति ‘भर्ना’ गर्दै
रिपोर्टमा तालिवानले आफ्नो प्रशासनलाई सहयोग गर्न नयाँ सूचनाकर्तालाई ‘द्रूत गतिमा भर्ना’ गरिरहेका छन् र मस्जीद र विदेशी मुद्रा साट्ने प्रतिनिधिहरूसँग सम्पर्क गरेर आफ्नो लक्ष्यको सूची विस्तार गरिरहेका छन् ।
यस संस्थाका अनुसार तालिबानले तत्कालिन अफगान सरकारमा आतङ्कवादविरुद्ध काम गर्ने व्यक्तिलाई अगस्त १६ मा लेखेको पत्र पुन: छापिरहेको छ ।
उक्त पत्रले अफगान नागरिकलाई ‘बेलायती र अमेरिकीहरूसँगको काम र सम्बन्धको प्रकृतिबारे जानकारी प्रदान गर्न’ रिपोर्ट गर्न आग्रह गरेको छ । पत्रमा भनिएको छ, “यदि तपाईंले विदेशी सेनालाई सहयोग गरेका तालिवानविरोधी व्यक्ति वा संस्थाबारे आयोगमा रिपोर्ट गर्नुभएन भने अनुसन्धानका लागि तपाईंका परिवारका सदस्यहरू पक्राउ पर्न सक्नेछन् यसको तपाईं आफै जिम्मेवार हुनुपर्नेछ ।
तपाईँ र तपाईँको परिवारका सदस्यहरूलाई शरिया कानुनको आधारमा व्यवहार गरिनेछ ।”
‘नर्वेली सेन्टर फर ग्लोबल एनालाइसिस’ले पनि तालिबानले आफूहरूको आलोचना गरेमा बाँकी रहेका पश्चिमी वा चिकित्सा कार्यकर्ताहरूलगायत अन्य विदेशी कर्मचारीहरूलाई निसाना वा गिरफ्तार गर्न सक्छ भनेर चेतावनी दिएको छ । संयुक्त राष्ट्र संघका प्रवक्ताले उक्त कागजातबारे प्रतिक्रियाका लागि गरिएको अनुरोधमा कुनै जवाफ दिन चाहेनन् ।
संयुक्त राज्य अमेरिका र अन्य विदेशी सैनिक २० वर्षसम्म अफगानिस्तानमा बसी त्यहाँ तालिवान समूहविरूद्ध लडेको थियो । कतारमा अमेरिकी प्रतिनिधि र तालिवान समूहका नेताबीच भएको ‘अफगान शान्तिका लागि सम्झौता’ पछि अफगानिस्तानबाट विदेशी सेना फिर्ता हुने निर्णय भएको थियो । यसै अनुरूप अफगान भूगोलबाट नेटो सैनिक बहिर्गमनको प्रक्रिया जारी छ । विदेशी सेनाको बहिर्गमन प्रक्रियासँगै तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जा लिने क्रमको अन्त्यमा आइतबार काबुल कब्जामा लिएको थियो । राजधानी कब्जामा लिएपछि तालिवानले जनसम्पर्क अभियानलाई तीब्र पारेको छ ।
तालिबानले महिलाका अधिकारको प्रत्याभूत गर्ने, समावेशी सरकारको निर्माण गर्ने, यस पहिलेको सरकार र पश्चिमी सैनिक गठबन्धनमा काम गर्ने सबैलाई पूर्ण माफी दिने जस्ता प्रतिबद्धता व्यक्त गरेका छन् तर प्रतिवद्धताविपरित उनीहरूका गतिविधि अघि बढाइएको देखिएको नेलेमनले एएफपीलाई बताउनुभयो ।
अफगानीहरूले सन् १९९६ देखि सन् २००१ को तालिबानको अति परम्परावादी इस्लामी शासन, जसले व्यभिचारको आरोपमा ढुङ्गाले हानेर मार्ने जस्ता क्रुर सजायहरू लागू गरेका थिए, लाई बिर्सेका छैनन् ।
राजधानी काबुलसहित देशका सबै क्षेत्रलाई तालिबानले कब्जा गरेदेखि यता हजारौं मानिसहरूले देश छोडेर भाग्न चाहेका छन् र यसले काबुल विमानस्थल अस्तव्यत बनेको छ । रासस/एएफपी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश