
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा । पोखरा महानगरपालिका वडा नं. १८ मेथलाङ्गस्थित कच्ची सडक खण्डबाट एक कार तल खोंचमा खस्दा चालकको उपचारका क्रममा मृत्यु भएको छ । कारमा सवार दुईजनाको भने उपचार भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीका अनुसार मृत्यु हुनेमा कारचालक नवलपरासी घर भई हाल पोखरा–९ न्यूरोडमा बस्ने ४४ बर्षीय बद्रीबहादुर खत्री रहेका छन् । बाँकी दुई जनाको भने उपचार भईरहेको र अवस्था सामान्य रहेको छ । कारमा चालकसहित तीनजना सवार रहेकोमा दुई महिलाहरु थिए । प्रहरीका अनुसार घाइते भएका महिलाहरुमा सपना घोताने र किरण अर्याल रहेका छन् ।
दिउँसो २ बजे एकजना युवतीसहित मेथलाङ्गको रक गार्डेनमा गएका उनले पछि अर्की युवतीलाई बोलाएका थिए । प्रत्यक्षदर्शीका अनुसार रक गार्डेनबाट साँझपख निस्किएका उनीहरु त्यहीँ मेथलाङ्गको अर्को रेष्टुरेण्टमा पुगेका थिए । त्यहाँबाट राती १०/११ बजे फर्किन लाग्दा गाडी उल्टो बाटो तर्फ लगेर भीरबाट खसेको प्रत्यक्षदर्शीले बताए । गाडी भीरबाट खसेपछि त्यहाँ रहेका युवतीहरु मध्ये १ जनाले प्रहरीलाई राती नै खबर गरेको विहानपख घाईते अवस्थामा भेटिएकी युवतीले बताएको स्थानीयहरुको भनाई छ ।
तर प्रहरी आएर खोज्दा कहीँ कतै नदेखेपछि राती प्रहरी फर्किएको थियो । मेथलाङ्गको डाँडाबाट गाडी यति तल खसेको थियो कि सजिलैसँग माथिबाट देख्न सकिदैंनथ्यो । विहानपख सोही गाडीमा सवार एकजना युवतीले प्रहरीलाई विहानपख पुनः खबर गरेपछि प्रहरीले घाईतेहरुको उद्धार गरेको थियो । रातभरी पानी परेको अवस्थामा मादक पदार्थ सेवन गरेर कार हाँक्न खोज्दा बद्रीले बाटो समेत ठम्याउन नसकेको आशंका स्थानीयले गरेका छन् ।
आज विहान करिब ६ बजे ग१च ७२३४ नम्बरको कार आफैं अनियन्त्रित भई सडकबाट दुईसय मिटर तल खोंचमा खसेको प्रहरीको भनाई छ । तर स्थानीयहरुले उनीहरु राती रेष्टुुरेण्टबाट १०/११ बजेको समयमा निस्किएको बताएका छन् । । के कारणले गाडी अनियन्त्रित भयो वा गाडीमा सवारहरुले मादकपदार्थ सेवन गरेका थिए वा थिएनन् भन्ने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । यो घटना मदिरा सेवन गरेर अचेत अवस्थामा बाटो बिराउँदा भएको दुर्घटना थियो वा सुनियोजित थियो भन्ने विषयमा प्रहरीले पक्राउ परेका युवतीहरुसँग र दिनभर भएका त्यहाँका गतिविधिहरुको बारेमा अनुसन्धान गर्नुपर्ने देखिन्छ ।
मेथलाङ्ग डाँडा वरपर रहेका अधिकांश रेष्टुरेण्टहरुमा प्रहरी चेकिङ पनि नहुने र पोखराबाट आवात–जावात गर्न सजिलो हुने भएकोले त्यहाँ रमाईलो गर्ने बाहनामा विभिन्न अन्य गतिविधिहरु खुलेआम हुने गर्दछन् । स्थानीयहरुका अनुसार प्रहरीले त्यस ठाउँमा शुक्रबार र शनिबारको समयमा चेकिङ राम्रोसँग गर्ने र गलत गतिविधि हुने होटल तथा रेष्टुरेण्टहरुमा छापा मार्ने हो भने यस्ता घटनाहरु नदोहोरिने स्थानीयहरु नै बताउँछन् ।
मोजमस्तीका साथै गलत गतिविधिहरु गर्नेहरुका लागि मेथलाङ्ग वरपरका होटल तथा रेष्टुरेण्टहरु सुरक्षित गन्तव्य बनेका छन् । समयमा नै जिल्ला प्रहरी कार्यालय कास्कीले त्यस क्षेत्रमा आफ्नो उपस्थिति र अनुगमन नबढाउने हो भने अन्य ठुला दुर्घटनाहरु नहोलान् भन्न सकिन्न ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन