
१मेडिकल पसलबाट लागुऔषध कारोबार गर्ने अमिसा पक्राउ
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समितिले हिलसाइड कलेज अफ इन्जिनियरिङलाई कारवाहीको माग गरेको छ ।
आज (बिहीवार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कलेजले विद्यार्थीलाई धम्की दिएर गुण्डागर्दी शैलीमा परीक्षा दिनबाट बञ्चित गराएकोमा कारवाहीको माग गर्दै २४ घन्टाभित्र विद्यार्थीको माग पुरा गर्न चेतावनी दिएको छ ।
अखिल क्रान्तिकारीका पूर्वाञ्चल विश्वविद्यालयका इन्चार्जसमेत रहेका केन्द्रीय सचिवालय सदस्य लोकेन्द्र सार्कीले विश्वविद्यालयको नियमानुसार कलेजलाई दण्ड तथा सजाय गर्नुपर्ने माग गरेका हुन् । विद्यार्थी नेता लोकेन्द्रले भने,‘विश्वविद्यालयको नियमानुसार कलेजलाई दण्ड, सजाय र कारबाही दुवै हुनुपर्छ ।’
विद्यार्थीको माग सुनुवाई नगरेपछि आफूहरुले ताला लगाएको तर, प्रहरी लगाएर ताला खुलाएको भन्दै कडा कदम चाल्ने चेतावनी दिए । ‘विद्यार्थीको गुनासो आएपछि ज्ञापनपत्र बुझायांै, तर सुनुवाई नभएपछि ताला लगायांै, तर ताला कलेज प्रशासनले आफुखुशी प्रहरी लगाएर खोल्यो’–उनले भने । कलेज प्रशासनले गुण्डागर्दी शैलीलाई निरन्तरता दिँदै छलफलमा आफ्नो संगठनलाई नबोलाएको समेत गुनासो गरे ।
कलेजका निर्देशक ध्रुव थापाको राजीनामा माग गर्दै उनले भने,‘कलेजका निर्देशक धु्रव थापाले राजिनामा गर्नुपर्छ ।’ कलेजले कोभिडको समयमा विद्यार्थीसँग लिएको रकम फिर्ता गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रम संचालन गर्दै अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले काठमाडौंको बालकुमारीमा सञ्चालित हिलसाइड कलेजले विश्व विद्यालयको निर्देशिकासमेत लत्याएर अध्ययन शुल्क समयमा तिर्न नसकेको कारण विद्यार्थीलाई धम्काउने गरेको बताए । उनले भने,‘समयमा शुल्क तिर्न नसकेको कारण विद्यार्थीको बेइज्यत गरीयो र परीक्षा दिनबाट समेत बन्चित गरियो ।’
उनले आफ्नो संगठनको माग कलेज प्रशासनले बेवास्ता गरेको समेत आरोप लगाए । समस्या समाधानको ढिलासुस्ती वा वेवास्ताले विद्यार्थीहरु आक्रोशित भई हुने अप्रिय घटना भएमा कलेज प्रशासन र विश्वविद्यालय जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।
सिटिइभिटी इन्चार्ज तथा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिलन राईले पुर्वाञ्चल विश्व विद्यालयले लिने प्रवेशिका परीक्षा अगावै विद्यार्थीबाट लाखौ रकम लिएर भर्ना गरेको भन्दै हिलसाइड कलेजले नियमविपरित परीक्षा फर्म लिई ठगेको आरोप लगाए ।
उनले विद्यार्थीको प्रवेशपत्र दिन कलेजले ढिला गरेको सुनाए । विद्यार्थीबाट अग्रिम बुकिङ भन्दै लिएको रकम फिर्ता हुनुपर्ने उनको माग थियो । उनले नियमविपरीत विद्यार्थीमाथि गरेको ज्यादती अनियमितता र लुटको छानबिन गरी तत्काल कारबाही गर्नसमेत माग गरे ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
५‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति