
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
६प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । मैदी र दिपाङ तालमा माछा पालन गर्ने भन्दै पछिल्लो समय बनाईएको बाँधका कारण पानीको उचित निकास नहुँदा यतिबेला किसानहरुको धानखेत डुबानमा परेको छ । पोखरा महानगरपालिका वडा नं. २७ मा पर्ने दिपाङ ताल र पोखरा महानगरपालिका वडा नं. २८, ३० र ३१ मा पर्ने मैदी तालमा बनाईएको बाँधका कारण किसानहरु मर्कामा परेका छन् ।
ताल संरक्षण गर्ने भनेर राज्यले लाखौं रुपैयाँ खर्चिएर ती तालहरुको वरपर बषौं अघि बाँध निर्माण गरेको थियो । पछि स्थानीयहरुले सहकारी गठन गरी ती तालहरुमा माछा पालन शुरु गर्ने भन्दै तालको बाँधको उचाई थपेका थिए । माछापालन शुरु गरेपछि तालको पानी बाहिर जाने निकास साँघुरो हुँदा बर्खाको समयमा किसानहरुको खेत डुबानमा परेको हो ।
धान खेत डुबानमा परेपछि मैदी ताल क्षेत्र संरक्षण तथा विकास समाजमा पीडितहरुले निवेदन दिदैं क्षतिपूर्तिको माग गरेका छन् । तालका कारण खेत डुबानमा परेपछि आश्रित परिवारलाई खाद्यान्नको संकट निम्तिने भन्दै किसानहरु आक्रोशित भएका छन् ।
ताल संरक्षण गर्ने र सोही तालमा बाँध बाँधेर माछा पालन गर्ने भन्दै खोलिएका सहकारीका कारण पीडित भएका किसानहरुले क्षतिपूर्तिको माग राखेका छन् । समितिले किसानहरुको खेतमा कुनै असर नपु¥याउने भन्दै सहमति गरेर बाँध बाँधेको थियो । तर बाँध र पानीको उचित निकास सही ढंगले नबनाउँदा यतिबेला खेतहरु डुबानमा परेका छन् । जसले गर्दा किसानलाई परेको पीडाको क्षतिपूर्ति स्थानीय निकायले दिनुपर्ने नभए समितिलाई कारवाही गर्नुपर्ने माग किसानहरुको रहेको छ ।
तत्कालिन लेखनाथ नगरपालिका हाल पोखरा महानगरपालिकामा रहेका ७ वटा तालहरुको संरक्षण र विकास गर्ने भन्दै सञ्चालित अभियानका क्रममा तालको भूभाग संरक्षण गर्न बाँध बाँध्ने काम भएको हो । ५३ हेक्टरमा फैलिएको मैदी ताललाई मेडिटेसन लेकका रुपमा र ६५६ रोपनी क्षेत्रफलमा फैलिएको दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गर्ने काम भईरहेको छ । सोही सन्दर्भमा बाँधिएका बाँधहरुका कारण किसानहरुको खेती डुबानमा परिरहेको छ ।
तालमा मत्स्य पालन गर्ने वा अन्य योजनाहरु सञ्चालन गर्दा पानीको सतह बढ्न गई वरपरका किसानहरुको जमिनमा असर पर्न गएमा क्षतिपूर्ति दिने सम्झौंता पनि भएको थियो । सम्झौंता अनुसार किसानहरुले क्षतिपूर्ति आजसम्म पाएका छैनन् । क्षतिपूर्ति माग्दा उल्टै किसानलाई धम्क्याउने काम समितिबाट भएको भन्दै किसान कृतिवल्भव त्रिपाठीले आक्रोश व्यक्त गरेका छन् ।
मैदीताल क्षेत्र संरक्षण तथा विकास समाज पोखराका अध्यक्ष भरत न्यौपाने र दिपाङ ताल पूर्वाधार निर्माण एवं संरक्षण समितिका अध्यक्ष रामजी लामिछानेले समितिले किसानहरुलाई क्षतिपूर्ति दिन सक्ने अवस्था नरहेको बताएका छन् ।
पोखरामा रहेका ९ वटा तालहरु मध्ये मैदी ताललाई ‘मेडिटेसन लेक’का रुपमा र दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास तथा संरक्षणको अभियान थालिएको छ । यो अभियानमा स्थानीय किसानहरुले पनि समर्थन जनाउँदै सहभागिता जनाई रहेका छन् । तर ताल संरक्षणका क्रममा खोलिएका समितिले सञ्चालन गरेका सहकारीबाट माछापालन गर्ने भन्दै तालको बाँध र निकास साँघुरो बनाई दिदाँ उल्टै किसानहरुको खेत डुबानमा परेको छ ।
स्थानीय वडा नं. २८ का वडाध्यक्ष निर्मल दियाली, वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेल र वडा नं. ३१ का वडाध्यक्ष कमलबहादुर थापा समेत मैदी ताल संरक्षण समितिले सञ्चालन गरेको सहकारीका शेयर सदस्य छन् । जनप्रतिनिधि नै संलग्न भएको सहकारीले गरेका गतिविधिबाट किसानहरु पीडित हुन पुग्दा पनि यस विषयमा जनप्रतिनिधिले खासै चासो नदिएको किसानहरुको गुनासो छ । किसानहरुको एकमात्र माग डुबानमा परेको धानबालीको क्षतिपूर्ति दिनुपर्ने र तत्कालै बाँधको पानीको निकास खोलिदिनु पर्ने रहेको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ