
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
३डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
४सेनाद्वारा अन्नपूर्ण गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर
५झुट्टा अभिलेख तयार पारि लाईसेन्स दिने शंकर र जगत विरुद्ध विशेष अदालतमा मुद्दा दायर
६मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल
७अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
८सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
९ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने निर्णय
१०पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
११पूर्वप्रधानमन्त्री देउवा दम्पत्ति विरुद्ध पक्राउ पुर्जी
१२मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१०पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
११लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१२ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
पोखरा । मैदी र दिपाङ तालमा माछा पालन गर्ने भन्दै पछिल्लो समय बनाईएको बाँधका कारण पानीको उचित निकास नहुँदा यतिबेला किसानहरुको धानखेत डुबानमा परेको छ । पोखरा महानगरपालिका वडा नं. २७ मा पर्ने दिपाङ ताल र पोखरा महानगरपालिका वडा नं. २८, ३० र ३१ मा पर्ने मैदी तालमा बनाईएको बाँधका कारण किसानहरु मर्कामा परेका छन् ।
ताल संरक्षण गर्ने भनेर राज्यले लाखौं रुपैयाँ खर्चिएर ती तालहरुको वरपर बषौं अघि बाँध निर्माण गरेको थियो । पछि स्थानीयहरुले सहकारी गठन गरी ती तालहरुमा माछा पालन शुरु गर्ने भन्दै तालको बाँधको उचाई थपेका थिए । माछापालन शुरु गरेपछि तालको पानी बाहिर जाने निकास साँघुरो हुँदा बर्खाको समयमा किसानहरुको खेत डुबानमा परेको हो ।
धान खेत डुबानमा परेपछि मैदी ताल क्षेत्र संरक्षण तथा विकास समाजमा पीडितहरुले निवेदन दिदैं क्षतिपूर्तिको माग गरेका छन् । तालका कारण खेत डुबानमा परेपछि आश्रित परिवारलाई खाद्यान्नको संकट निम्तिने भन्दै किसानहरु आक्रोशित भएका छन् ।
ताल संरक्षण गर्ने र सोही तालमा बाँध बाँधेर माछा पालन गर्ने भन्दै खोलिएका सहकारीका कारण पीडित भएका किसानहरुले क्षतिपूर्तिको माग राखेका छन् । समितिले किसानहरुको खेतमा कुनै असर नपु¥याउने भन्दै सहमति गरेर बाँध बाँधेको थियो । तर बाँध र पानीको उचित निकास सही ढंगले नबनाउँदा यतिबेला खेतहरु डुबानमा परेका छन् । जसले गर्दा किसानलाई परेको पीडाको क्षतिपूर्ति स्थानीय निकायले दिनुपर्ने नभए समितिलाई कारवाही गर्नुपर्ने माग किसानहरुको रहेको छ ।
तत्कालिन लेखनाथ नगरपालिका हाल पोखरा महानगरपालिकामा रहेका ७ वटा तालहरुको संरक्षण र विकास गर्ने भन्दै सञ्चालित अभियानका क्रममा तालको भूभाग संरक्षण गर्न बाँध बाँध्ने काम भएको हो । ५३ हेक्टरमा फैलिएको मैदी ताललाई मेडिटेसन लेकका रुपमा र ६५६ रोपनी क्षेत्रफलमा फैलिएको दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गर्ने काम भईरहेको छ । सोही सन्दर्भमा बाँधिएका बाँधहरुका कारण किसानहरुको खेती डुबानमा परिरहेको छ ।
तालमा मत्स्य पालन गर्ने वा अन्य योजनाहरु सञ्चालन गर्दा पानीको सतह बढ्न गई वरपरका किसानहरुको जमिनमा असर पर्न गएमा क्षतिपूर्ति दिने सम्झौंता पनि भएको थियो । सम्झौंता अनुसार किसानहरुले क्षतिपूर्ति आजसम्म पाएका छैनन् । क्षतिपूर्ति माग्दा उल्टै किसानलाई धम्क्याउने काम समितिबाट भएको भन्दै किसान कृतिवल्भव त्रिपाठीले आक्रोश व्यक्त गरेका छन् ।
मैदीताल क्षेत्र संरक्षण तथा विकास समाज पोखराका अध्यक्ष भरत न्यौपाने र दिपाङ ताल पूर्वाधार निर्माण एवं संरक्षण समितिका अध्यक्ष रामजी लामिछानेले समितिले किसानहरुलाई क्षतिपूर्ति दिन सक्ने अवस्था नरहेको बताएका छन् ।
पोखरामा रहेका ९ वटा तालहरु मध्ये मैदी ताललाई ‘मेडिटेसन लेक’का रुपमा र दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास तथा संरक्षणको अभियान थालिएको छ । यो अभियानमा स्थानीय किसानहरुले पनि समर्थन जनाउँदै सहभागिता जनाई रहेका छन् । तर ताल संरक्षणका क्रममा खोलिएका समितिले सञ्चालन गरेका सहकारीबाट माछापालन गर्ने भन्दै तालको बाँध र निकास साँघुरो बनाई दिदाँ उल्टै किसानहरुको खेत डुबानमा परेको छ ।
स्थानीय वडा नं. २८ का वडाध्यक्ष निर्मल दियाली, वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेल र वडा नं. ३१ का वडाध्यक्ष कमलबहादुर थापा समेत मैदी ताल संरक्षण समितिले सञ्चालन गरेको सहकारीका शेयर सदस्य छन् । जनप्रतिनिधि नै संलग्न भएको सहकारीले गरेका गतिविधिबाट किसानहरु पीडित हुन पुग्दा पनि यस विषयमा जनप्रतिनिधिले खासै चासो नदिएको किसानहरुको गुनासो छ । किसानहरुको एकमात्र माग डुबानमा परेको धानबालीको क्षतिपूर्ति दिनुपर्ने र तत्कालै बाँधको पानीको निकास खोलिदिनु पर्ने रहेको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने