
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा सेनाले तटबन्ध निर्माण गरेको छ । लमजुङको उदीपुरमा रहेको नेपाली सेनाको श्रीजङ गणले दोर्दीमा तटबन्ध निर्माण गरेको हो ।
हिलेवजार र फलेनी माविलाई बाढिपहिरोबाट जोगाउन श्रीजङ गणका सह सेनानी रमेश अधिकारीको कमाण्डमा खटिएको ३५ जनाको सेनाको टोलीले स्थानियको सहयोगमा वस्ती जोगाउन ९० वटा ढुङगाको ग्याविन जाली राख्ने कार्य गरिरहेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितीले असार १ को बाढिले क्षति पुराएको दोर्दी ८ को हिलेवजारसँगै विद्यालय भवन जोगाउन सेनालाई तटबन्ध निर्माणको जिम्मा दिइएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलले बताए ।
बाढिपहिरोपछि सेनाले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडक सञ्चालन गर्ने र जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य गरिरहेका छन् ।
असार १ गते दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका ८ हिलेवजारसहित खोला किनारमा रहेका २० घर बगाएको छ । बाढीले हिलेबजारको एक सामुदायिक भवनसहित २० घर बगाएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।
त्यस्तैगरी दोर्दी गाउँपालिकाले बाढी प्रभावित र बाढीको जोखिम रहेको हिलेबजारस्थित दोर्दी खोलामा तत्कालै तटबन्ध निर्माण गर्ने निर्णय गरेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।
उनका अनुसार गाउँपालिकाले ‘प्रकोप व्यवस्थापन कोष’बाट ५ लाख रुपैयाँ छुट्याएको छ । यस्तै, बाढीका कारण दोर्दी गाउँपालिका वडा नं ६, ७ र ८ मा रहेका विभिन्न सडकखण्ड अवरुद्ध भएकाले त्यस सडक खुलाउनका लागि पनि बैठकले ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
बाढीले घर बगाएपछि विस्थापीत भएका बाढिपहिरो प्रभावित हाल फलेनी माविमा आश्रय लिइरहेका छन् । दोर्दीका बाढी विस्थापित र जोखिममा रहेकालाई जतिसक्दो चाडो सुरक्षित स्थानमा टहरा बनाई स्थानान्तरण गरिने दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले बताए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !