
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
 पोखरा । पर्वत बाजुङ जन्मघर भइ हङकङमा कर्म गरिरहेकाहरुले जन्मभूमिको सेवा गर्न खोलेको संस्था हो, बाजुङ समाज हङकङ । समाजले मोदी गाउँपालिका वडा नम्बर ५ को बाजुङवासीलाई विभिन्न बिपद् र अप्ठेरोमा सहयोग गर्दै आइरहेको छ ।
दुखमा मल्हम लगाउँदै आएको समाजले कोरोना माहामारीबाट सुरक्षित रहन र सेवालाई प्रभावकारी बनाउन बाजुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री पठाएको छ । समाजले अक्सिजनसहित ग्लब्स्, मास्क लगायतका विभिन्न स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।
समाजका तर्फबाट जयबहादुर सुवेदी, दिलकुमारी गुरुङ, चन्द्रा शर्माले वडाध्यक्ष दलबहादुर मल्ल, स्वास्थ्य चौकी प्रमुख गोकुल अधिकारीलाई सोमबार हस्तान्तरण गरे । अक्सिजन सिलिन्डर केही दिनमै स्वास्थ्य चौकीमा उपलब्ध हुने छ भने बाँकी सामाग्री सोमबार नै हस्तान्तरण गरिएको हो ।
करिब १ लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको समाजले स्वास्थ्यचौकीमै ५ लाख रुपैयाँका अक्षयकोष स्थापना गर्न लागेको संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार दुर्गाबहादुर गुरुङ ‘मीलन’ले जानकारी दिए ।
संस्थापक अध्यक्ष गुरुङले १ लाख २० हजार, मीलन फाउन्डेसन नेपालका अध्यक्ष गंगाकुमारी गुरुङले १ लाख रुपैयाँ जम्मा गरेर अक्षयकोषका लागि रकम संकलन सुरु भएको थियो । अभियानमा हङकङका विभिन्न ठाउँमा कर्म गरिरहेका बाजुङवासीले सहयोगी हात फैलाइरहेका छन् । अहिलेसम्म कोषका लागि ५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
‘कोष निर्माण गर्ने अभियानमा हङकङका बाजुङवासीले सहकार्य गरिरहनुभएको छ । यो पुनित अभियान स्वास्थ्य चौकीको सेवा वृद्धि र बाजुङवासीको जीवन रक्षामा सहयोगी बन्ने छ,’ संस्थापक अध्यक्ष मीलनले भने, ‘कोषलाई अझै बढाउने प्रयत्न भइरहेको छ ।’
सञ्चालक समिति र कार्यविधि निर्माण गरी सञ्चालन हुने कोषबाट बाजुङवासीलाई चाहिने आपतकालीन स्वास्थ्य सेवामा सहयोग गरिने छ भने स्वास्थ्य चौकीको अत्यावश्यक सामाग्री खरिदमा पनि खर्च गरिने छ । ‘कोषको ब्याजबाट २० प्रतिशत मुल पूँजीमै थपने छ भने ८० प्रतिशत जीवन रक्षा र सेवाका लागि खर्च गरिने छ,’ उनले भने ।
स्वास्थ्य सामाग्राी हस्तान्तरण तथा अक्षषकोष घोषणा कार्यक्रमा मोदी-५ बाजुङका वडाध्यक्ष दलबहादुर मल्ले समाजको अग्रसरताले ठूलो सहयोग पुग्ने बताए । ‘स्वास्थ चौकीमा सेवा थपिँदै छ । कोषमार्फत कसैले पनि अकालमा ज्यान जान नदिने सहयोग पुग्नेछ,’ अध्यक्ष मल्लले भने, ‘दुर्गाबहादुर गुरुङ मीलनजस्ता अभियान्तकै कारण बाजुङवासीले राहत महसुस गर्ने छन् ।’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की