
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
पोखरा । पर्वत बाजुङ जन्मघर भइ हङकङमा कर्म गरिरहेकाहरुले जन्मभूमिको सेवा गर्न खोलेको संस्था हो, बाजुङ समाज हङकङ । समाजले मोदी गाउँपालिका वडा नम्बर ५ को बाजुङवासीलाई विभिन्न बिपद् र अप्ठेरोमा सहयोग गर्दै आइरहेको छ ।
दुखमा मल्हम लगाउँदै आएको समाजले कोरोना माहामारीबाट सुरक्षित रहन र सेवालाई प्रभावकारी बनाउन बाजुङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री पठाएको छ । समाजले अक्सिजनसहित ग्लब्स्, मास्क लगायतका विभिन्न स्वास्थ्य सामाग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।
समाजका तर्फबाट जयबहादुर सुवेदी, दिलकुमारी गुरुङ, चन्द्रा शर्माले वडाध्यक्ष दलबहादुर मल्ल, स्वास्थ्य चौकी प्रमुख गोकुल अधिकारीलाई सोमबार हस्तान्तरण गरे । अक्सिजन सिलिन्डर केही दिनमै स्वास्थ्य चौकीमा उपलब्ध हुने छ भने बाँकी सामाग्री सोमबार नै हस्तान्तरण गरिएको हो ।
करिब १ लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको समाजले स्वास्थ्यचौकीमै ५ लाख रुपैयाँका अक्षयकोष स्थापना गर्न लागेको संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार दुर्गाबहादुर गुरुङ ‘मीलन’ले जानकारी दिए ।
संस्थापक अध्यक्ष गुरुङले १ लाख २० हजार, मीलन फाउन्डेसन नेपालका अध्यक्ष गंगाकुमारी गुरुङले १ लाख रुपैयाँ जम्मा गरेर अक्षयकोषका लागि रकम संकलन सुरु भएको थियो । अभियानमा हङकङका विभिन्न ठाउँमा कर्म गरिरहेका बाजुङवासीले सहयोगी हात फैलाइरहेका छन् । अहिलेसम्म कोषका लागि ५ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
‘कोष निर्माण गर्ने अभियानमा हङकङका बाजुङवासीले सहकार्य गरिरहनुभएको छ । यो पुनित अभियान स्वास्थ्य चौकीको सेवा वृद्धि र बाजुङवासीको जीवन रक्षामा सहयोगी बन्ने छ,’ संस्थापक अध्यक्ष मीलनले भने, ‘कोषलाई अझै बढाउने प्रयत्न भइरहेको छ ।’
सञ्चालक समिति र कार्यविधि निर्माण गरी सञ्चालन हुने कोषबाट बाजुङवासीलाई चाहिने आपतकालीन स्वास्थ्य सेवामा सहयोग गरिने छ भने स्वास्थ्य चौकीको अत्यावश्यक सामाग्री खरिदमा पनि खर्च गरिने छ । ‘कोषको ब्याजबाट २० प्रतिशत मुल पूँजीमै थपने छ भने ८० प्रतिशत जीवन रक्षा र सेवाका लागि खर्च गरिने छ,’ उनले भने ।
स्वास्थ्य सामाग्राी हस्तान्तरण तथा अक्षषकोष घोषणा कार्यक्रमा मोदी-५ बाजुङका वडाध्यक्ष दलबहादुर मल्ले समाजको अग्रसरताले ठूलो सहयोग पुग्ने बताए । ‘स्वास्थ चौकीमा सेवा थपिँदै छ । कोषमार्फत कसैले पनि अकालमा ज्यान जान नदिने सहयोग पुग्नेछ,’ अध्यक्ष मल्लले भने, ‘दुर्गाबहादुर गुरुङ मीलनजस्ता अभियान्तकै कारण बाजुङवासीले राहत महसुस गर्ने छन् ।’
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ