
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
पोखरा । समुदायमा आधारित नाफारहित जनप्रिय बहुमुखी क्याम्पसलाई कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गतको शैक्षिक सामाग्री कम्प्युटर तथा प्रोजेक्टर बुधबार एक समारोहबिच हस्तान्तरण गरेको छ ।
प्रमुख आमन्त्रित व्यक्तित्व कृषि विकास बैंक लिमिटेड सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुलीले ‘क्याम्पसलाई हस्तान्तरण गरिएका सामाग्री थोरै जस्तो भए पनि महत्व धेरै छ । सानो जस्तो लागे पनि यसको सन्देश ठूलो छ ’ भने । पराजुलीले क्याम्पसलाई कर्जा सुविधा दिन तत्पर रहेको जनाउँदै घरआँगनको बैंकमा आर्थिक गतिविधि गर्न आग्रह पनि गरे । उनले श्रमबजारलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा क्याम्पसले दिएको योगदानबाट बैंक वित्तीय क्षेत्र मात्रै होइन समुदाय नै लाभान्वित भएको बताए ।
बैंकका गण्डकी प्रदेश निर्देशक रघुनाथ अधिकारीले समुदायमा आधारित नाफारहित क्याम्पससँग जोडिन पाउनु बैंकको गौरव भएको उल्लेख गरे । २०४२ सालबाट कम्प्युटर प्रणालीबाट सेवा दिँदै आएको बैंकले शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन शैक्षिक सामाग्री र कम्प्युटर उपकरण हस्तान्तरण गरिएको जनाए ।
बैंकका मुख्य शाखा प्रबन्धक माधव रिजालले वित्तीय कारोबार गर्ने बैंकले नाफाको १ प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने अनिवार्य प्रावधान अनुसार सामुदायिक क्याम्पस जनप्रियलाई रोजिएको बताए । रिजालले क्याम्पसका विविए, विविएस र एमविएस अध्ययन गर्ने विद्यार्थी बैंकमा इन्टर्नसीपका लागि आउने हुँदा आगामी दिनमा दुई संस्था विचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरे ।

स्वागत मन्तव्य राख्दै क्याम्पस प्रमुख विरञ्जी गौतमले बैंकले प्रदान गरेको शैक्षिक सामाग्री व्यवस्थापन सङ्कायमा अध्ययन गर्ने विद्यार्थीका लागि सहयोगी हुने बताए । क्याम्पसलाई प्राप्त कम्प्युटर र प्रोजेक्टरको परिमाण सानो आकारको भए पनि मन ठूलो रहेको तथ्यलाई स्मरण गर्दै सहयोगको सम्मान गर्ने बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरीले शैक्षिक संस्था र वित्तीय संस्थाबिच कार्यगत एकता हुनु सकारात्मक सन्देश हो, भावी दिनमा अझै हातेमाला गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण भौतिक रूपमा कक्षा सञ्चालन नभए पनि क्याम्पसले अनलाइन मार्फत् भर्चुअल कक्षा सञ्चालन गरिरेहेको अवस्थामा बैंकद्वारा प्रदान गरिएका सामाग्रीले पठनपाठनमा सहयोग पुग्ने विश्वास उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए ।
डेल कम्पनीको ब्राण्डेड दुईथान कम्प्युटर र इप्सनको प्रोजेक्टरसहित अन्य शैक्षिक समाग्री बैंक सञ्चालक समितिका सदस्य हरिप्रसाद पराजुली, प्रदेश निर्देशक रघुनाज अधिकारी, र शाखा प्रबन्धक माधव रिजालले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तारा गिरी र क्याम्पस प्रमुख विरञ्जी गौतमलाई हस्तान्तरण गरेका थिए ।
वि.सं. २०२४ सालमा स्थापित बैंकले ५४ वर्ष पार गरिसकेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त कृषि विकास बैंकले मुलुकका सबै क्षेत्रमा शाखा विस्तार गरेर सेवा प्रवाह गरेको छ । नेपाल सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत शेयरमा २ लाख ५० हजारभन्दा बढी शेयर सदस्य आवद्ध छन् । अत्याधुनिक प्रविधिसँग जोडिएको बैंकले कृषि क्षेत्रलाई मात्रै होइन वाणिज्य क्षेत्रलाई समेट्दै आफ्ना प्रडक्ट ग्राहकको पहुँचसम्म पु¥याएको छ ।
क्याम्पसको सभाहलमा कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमको सभापतित्व निर्देशक रघुनाथ अधिकारीले गरेका थिए भने सञ्चालन वरिष्ठ शाखा प्रमुख महेश पौडेलले गरेका थिए ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान