News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार राजनीति

जनप्रतिनिधि मौंन, केसी ग्रुपको सहयोगमा निरन्तर

'वडा नं. २१ ले निकृष्ट भाषा प्रयोग गरी जारी गरेको सूचना आफैंमा लाजमर्दो र अमानवीय'

पोखरा । महिनौंदेखिको लकडाउनका कारण विहान बेलुकाको गर्जो टार्न हम्मे हम्मे परेका विपन्न वर्गलाई केसी ग्रुपले निरन्तर सहयोग प्रदान गरिरहेको छ । डेभिजफल युवा क्लबको समन्वयमा केसी ग्रुपले गरिरहेको सहयोग एकद्वार प्रणालीबाट गर्न पर्छ भन्दै केही वडाध्यक्षले लाजै नमानी सूचना समेत जारी गरेका थिए ।

यसको प्रवाह नगर्दै निरन्तर केसी ग्रुपले गरिब, विपन्न, मजदुर तथा असहाय वर्गलाई राहत वितरण गरिरहेको छ । कोरोना महामारीको शुरुवातमा गरिएको लकडाउनका समयमा ३ करोड १७ लाख रुपैयाँ खर्चिएको पोखरा महानगरपालिकाले यसपटक राहत नै वितरण गरेन ।

गाउँ गाउँमा पुगेर राहत वितरण गर्दै आएको केसी समूहलाई यस अघि पोखरा महानगरपालिका वडा नं. २१ ले ‘सस्तो लोकप्रियताका लागि राहत वितरण गरिएको विषय गैरकानुनी छ’ भन्दै लाजमर्दो सूचना जारी गरेको थियो ।

तर गाउँ गाउँमा पुगेर राहत वितरण गर्दै आएको केसी समूहलाई यस अघि पोखरा महानगरपालिका वडा नं. २१ ले ‘सस्तो लोकप्रियताका लागि राहत वितरण गरिएको विषय गैरकानुनी छ’ भन्दै लाजमर्दो सूचना जारी गरेको थियो ।

जनता रोगले भन्दा भोकले मर्न लागेको समयमा केसी ग्रुपले गरेको सहयोग सर्हानीय भएको तर वडा नं. २१ ले निकृष्ट भाषा प्रयोग गरी जारी गरेको सूचना आफैंमा लाजमर्दो र अमानवीय भएका टिप्पणीहरु सामाजिक सञ्जालहरुमा आईरहेका थिए ।

पछिल्लो पटक, केसी ग्रुपले डेभिजफल युवा क्लबले सञ्चालन गरेको फुटबल क्लबमा आवद्ध खेलाडीहरुलाई राहत वितरण गरेको छ । पोखराका युवा उद्यमी किरण केसीले स्वर्गीय बुबा सुर्यबहादुर केसीको स्मृतिमा राहत वितरण गरिरहेको बताए । जस्तो सुकै चूनौंती र अवरोध आए पनि गरिब जनतालाई सहयोग गर्ने कार्य नरोकिने उनले बताए ।