
१पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६तिब्बतर्फ ताल पुन: फुट्यो
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१०विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
७२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
पोखरा । अबिरल परेको बर्षाका कारण गण्डकी प्रदेशमा सबैभन्दा बढि क्षति पुगेको मनाङ जिल्लामा राहत सामाग्री बोकेर आज मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली पुगेको छ । टोलीले केही थान त्रिपाल, खाद्यान्न र औषधीहरु सेनाको हेलिकोप्टरमार्फत् लगेको हो ।
टोलीमा मुख्यमन्त्री पोखरेलसहित मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे र सांसद चिन्ताबहादुर घलेसहित सञ्चारकर्मी रहेका छन् । राहत बितरण गरेर प्रभु एयरको हेलिकोप्टरमा आजै पोखरा फर्किने कार्यक्रम रहे पनि खराब मौसमका कारण आउन नसकेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
राहत र उद्धारका लागि पुगेको मुख्यमन्त्रीसहितको टोलीले जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेलाई राहत सामाग्रीहरु हस्तान्तरण गरेका थिए । बाढी पीडितहरुसँग मुख्यमन्त्री पोखरेलले भेटघाट गर्दै प्रदेश सरकार जनताको उद्धार र राहत कार्यका लागि प्रतिवद्ध रहेको बताएका छन् ।
मनाङमा वाढी पीडितहरु केही नयाँ कारागार भवनमा, केही ओढार भन्ने ठाउँमा बसेका छन् । घरबाट खाली हात निस्किएका त्यहाँ गाउँलेहरुलाई खानेपानी र खाद्यान्नको समस्या देखिएको छ । कोरोना संक्रमणका बेलामा एकै ठाउँमा गाउँलेहरु बस्नु पर्दा अलि त्रसित पनि देखिएका छन् । त्यसैगरी मनाङको फु भन्ने ठाउँमा यार्सागुम्बा टिप्न गएका ७५ जना गाउँलेहरु यतिबेला लेकमा नै अलपत्र परेका छन् । हेलिकोप्टर जान पनि अफ्ठ्यारो ठाउँ भएकोले सेनाको टोली भोलि विहानैदेखि उद्धारका लागि खटिने भएको छ ।
सेनाको हेलिकोप्टरले त्यहाँका जनताहरुलाई उद्धार गर्ने र मुख्यमन्त्रीसहितको टोली प्रभु एयरको हेलिकोप्टरबाट फर्किने कार्यक्रम रहेको गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । प्रवक्ता खड्काका अनुसार यतिबेला राहत वितरण गर्न पुगेको मुख्यमन्त्रीसहितको टोली मनाङको बगरछापमा सुरक्षित अवस्थामा रहेका छन् ।
अविरल परेको बर्षाका कारण मनाङमा ठुलो क्षति पुगेको छ । मनाङको नासो गाउँपालिका वडा नं. ३ धारापानीमा मस्र्याङ्दी नदीमा आएको बाढी कारण थोचे ताचे जाने पुल, प्रभु बैंक, कैलाश बैंक, नासो गाउँपालिकाको कार्यालय भवन, यथलैया होटल, सिमा प्रहरी चौकी, धारापानीको भवन बगाएको छ । अहिलेसम्म पनि तालगाउँ पुरै डुबानमा छ । त्यहाँ आफ्नो घरमा गाउँलेहरु जान सक्ने अवस्था अझै छैन ।
जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी लामिछानेका अनुसार धारापानी क्षेत्रमा २ वटा झोलुंगे पुलसमेत बगाएको छ । बाढीका कारण ताल गाउँका करिब ५०/६० घर डुबानमा परेका छन् भने सडक भत्किएर एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था पनि छैन ।
भौतिक क्षति ठुलो भएपनि मनाङमा तत्कालै उद्धार गरिएको हुँदा मानवीय क्षति हुन नपाएको प्रजिअ लामिछानेले जानकारी दिए । गाउँलेहरुलाई जिल्ला कारागारको नयाँ भवनमा सुरक्षित राखिएको छ । बाढीका कारण टेलिफोन सम्पर्क टुटेको छ भने पोलहरु ढल्दा मनाङ विद्युत विहिन अवस्थामा पुगेको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ