काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरैं बजेट अध्यादेश जारी गरेकी छिन् ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले शनिबार दिउँसो आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।
सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ । राष्ट्रपतिले अध्यादेश जारी गरेपछि अर्थमन्त्री विष्णु पौडेलले आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्दैछन् । आजै नयाँ बजेट सार्वजनिक गरिँदै छ । संसद् अधिवेशन चालु नरहेकाले अध्यादेशमार्फत बजेट ल्याउन लागिएको हो ।