
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
४फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
‘हाइफ्लोका बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बिरामी बढे र समयमा आपूर्ति नहुँदा समस्या भएको हो,’ डा. बरालले भने–‘अन्य लोफ्लोमा अक्सिजन दिएर हुने बिरामीलाई प्रतिमिनेट १४ लिटर भए पुग्छ ।’
पोखरा । पोखरामा हिजो राती एक्कासी अक्सिजनको अभाव देखिँदा सुत्केरीसहित ७ जनाको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार अक्सिजनको अभावले मात्रै नभई अन्य कारणले गर्दा पनि मृत्यु भएको बताएको छ ।
यता, मध्यरातमा अक्सिजन खोज्दै हिडेका आफन्तहरुले भने अक्सिजन नपाएकै कारण आफन्त गुमाउनु परेको पीडा पोखिरहेका छन् । यसरी हिजो राती मृत्यु हुनेमा तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १/१ जना रहेको छन् । हिजो राती मृत्यु हुनेहरुमा सुत्केरी एक महिला, १ जना कलेजोमा समस्या आएका, १ जना डायबिटिज र १ जना डायलोसिस गरिरहेका र बाँकी स्वास्थ्य अवस्था सामान्य देखिएका कोरोना संक्रमित रहेका छन् ।
कोभिड अस्पतालका फोकल पर्सन डा. शरद बरालले हाइफ्लो अक्सिजन नपाउँदा सुत्केरी लगायतको ज्यान गएको बताएका छन् । अन्य दीर्घ रोगले बढी च्यापेको संक्रमितहरुको मृत्यु हुन पुगेको डा. बरालले बताए । अस्पतालमा हाइफ्लोका बिरामी एक्कासी बढ्दा अक्सिजनको समस्या देखिएको डा. बरालको भनाइ छ ।
‘हाइफ्लोका बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बिरामी बढे र समयमा अक्सिजनको आपूर्ति नहुँदा समस्या भएको हो,’ डा. बरालले भने–‘अन्य लोफ्लोमा अक्सिजन दिएर हुने बिरामीलाई प्रतिमिनेट १४ लिटर भए पुग्छ ।’
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले दैनिक २४० सिलिण्डरदेखि ३५० सिलिण्डर अक्सिजन खपत भइरहेको छ । पोखरामा भएका दुई वटा निजी कम्पनीहरुले दैनिक १३ देखि १४ सय सिलिन्डरसम्म उत्पादन गर्ने गर्दछन् । तर, त्यो सिलिन्डर कहाँ र कसरी जान्छ र किन अभाव भइरहेको छ भन्ने आश्चर्य लागिरहेको अस्पतालहरुले बताइरहेका छन् ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मिडियामा आए जस्तो अक्सिज कैं हाहाकार पोखरामा नभएको र अक्सिज कैं कारण मात्र मृत्यु नभएको चिकित्सकहरुले जानकारी दिएको बताए । प्रमुख जिल्ला अधिकारी गौतमले भने–‘पोखरामा अक्सिजन उत्पादन गर्ने दुईवटा कम्पनीहरुले गण्डकी प्रदेशभरी नै पु¥याउनु परेको छ । अब जहाँ–जहाँ आवश्यक पर्छ, त्यहाँ लगेकै छन् । हामीले बुझ्दा त्यस्तो होइन नै भन्ने आयो । अरु पनि कारण हुन सक्छ ।’
पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पताल हो । तर यस अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भने छैन ।
हिजोमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आएको एक टोलीले अक्सिजन प्लान्ट राख्ने ठाउँको तय गरिसकेको छ । अस्पताल प्रशासनका अनुसार बेल्जियमबाट ३/४ हप्तामा अक्सिजन प्लान्ट आईपुग्ने र लगत्तै सञ्चालनमा आउनेछ ।
अक्सिजन उत्पादन गर्ने निजी कम्पनीहरुले विद्युतको समस्याका कारण अक्सिजन उत्पादनमा समस्या भएको बताए पनि नेपाल विद्युत प्राधिकरण पोखरा बितरण केन्द्रले त्यस्तो नभएको बताएको छ । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका प्रमुख ऋषिकुमार बर्नालले बिजुलीका कारण अक्सिजन उत्पादन रोक्नुपर्ने अवस्था नरहेको बताएका हुन् । ‘कम्पनीले बिजुली नभएर अक्सिजन उत्पादन गर्न सकेनौं भन्छ भने त्यो सरासर झुटो हो ।’ प्रमुख बर्नालको भनाई थियो ।
पोखरामा मात्र यतिबेला १९ वटा अस्पतालहरुमा चारसय ९० जना भन्दा बढि कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । कोरोना संक्रमणका कारण मात्र गण्डकी प्रदेशमा पाँचसय ९३ जनाको मृत्यु भएको छ ।