
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
 ‘हाइफ्लोका बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बिरामी बढे र समयमा आपूर्ति नहुँदा समस्या भएको हो,’ डा. बरालले भने–‘अन्य लोफ्लोमा अक्सिजन दिएर हुने बिरामीलाई प्रतिमिनेट १४ लिटर भए पुग्छ ।’
पोखरा । पोखरामा हिजो राती एक्कासी अक्सिजनको अभाव देखिँदा सुत्केरीसहित ७ जनाको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार अक्सिजनको अभावले मात्रै नभई अन्य कारणले गर्दा पनि मृत्यु भएको बताएको छ ।
यता, मध्यरातमा अक्सिजन खोज्दै हिडेका आफन्तहरुले भने अक्सिजन नपाएकै कारण आफन्त गुमाउनु परेको पीडा पोखिरहेका छन् । यसरी हिजो राती मृत्यु हुनेमा तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १/१ जना रहेको छन् । हिजो राती मृत्यु हुनेहरुमा सुत्केरी एक महिला, १ जना कलेजोमा समस्या आएका, १ जना डायबिटिज र १ जना डायलोसिस गरिरहेका र बाँकी स्वास्थ्य अवस्था सामान्य देखिएका कोरोना संक्रमित रहेका छन् ।
कोभिड अस्पतालका फोकल पर्सन डा. शरद बरालले हाइफ्लो अक्सिजन नपाउँदा सुत्केरी लगायतको ज्यान गएको बताएका छन् । अन्य दीर्घ रोगले बढी च्यापेको संक्रमितहरुको मृत्यु हुन पुगेको डा. बरालले बताए । अस्पतालमा हाइफ्लोका बिरामी एक्कासी बढ्दा अक्सिजनको समस्या देखिएको डा. बरालको भनाइ छ ।
‘हाइफ्लोका बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बिरामी बढे र समयमा अक्सिजनको आपूर्ति नहुँदा समस्या भएको हो,’ डा. बरालले भने–‘अन्य लोफ्लोमा अक्सिजन दिएर हुने बिरामीलाई प्रतिमिनेट १४ लिटर भए पुग्छ ।’
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले दैनिक २४० सिलिण्डरदेखि ३५० सिलिण्डर अक्सिजन खपत भइरहेको छ । पोखरामा भएका दुई वटा निजी कम्पनीहरुले दैनिक १३ देखि १४ सय सिलिन्डरसम्म उत्पादन गर्ने गर्दछन् । तर, त्यो सिलिन्डर कहाँ र कसरी जान्छ र किन अभाव भइरहेको छ भन्ने आश्चर्य लागिरहेको अस्पतालहरुले बताइरहेका छन् ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले मिडियामा आए जस्तो अक्सिज कैं हाहाकार पोखरामा नभएको र अक्सिज कैं कारण मात्र मृत्यु नभएको चिकित्सकहरुले जानकारी दिएको बताए । प्रमुख जिल्ला अधिकारी गौतमले भने–‘पोखरामा अक्सिजन उत्पादन गर्ने दुईवटा कम्पनीहरुले गण्डकी प्रदेशभरी नै पु¥याउनु परेको छ । अब जहाँ–जहाँ आवश्यक पर्छ, त्यहाँ लगेकै छन् । हामीले बुझ्दा त्यस्तो होइन नै भन्ने आयो । अरु पनि कारण हुन सक्छ ।’
पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पताल हो । तर यस अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भने छैन ।
हिजोमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आएको एक टोलीले अक्सिजन प्लान्ट राख्ने ठाउँको तय गरिसकेको छ । अस्पताल प्रशासनका अनुसार बेल्जियमबाट ३/४ हप्तामा अक्सिजन प्लान्ट आईपुग्ने र लगत्तै सञ्चालनमा आउनेछ ।
अक्सिजन उत्पादन गर्ने निजी कम्पनीहरुले विद्युतको समस्याका कारण अक्सिजन उत्पादनमा समस्या भएको बताए पनि नेपाल विद्युत प्राधिकरण पोखरा बितरण केन्द्रले त्यस्तो नभएको बताएको छ । नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका प्रमुख ऋषिकुमार बर्नालले बिजुलीका कारण अक्सिजन उत्पादन रोक्नुपर्ने अवस्था नरहेको बताएका हुन् । ‘कम्पनीले बिजुली नभएर अक्सिजन उत्पादन गर्न सकेनौं भन्छ भने त्यो सरासर झुटो हो ।’ प्रमुख बर्नालको भनाई थियो ।
पोखरामा मात्र यतिबेला १९ वटा अस्पतालहरुमा चारसय ९० जना भन्दा बढि कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । कोरोना संक्रमणका कारण मात्र गण्डकी प्रदेशमा पाँचसय ९३ जनाको मृत्यु भएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की