
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा हो । लमजुङ, तनहुँ र कास्कीको त्रिवेणीजस्तो छ उक्त ठाउँ
लमजुङ । दशैँ भित्रिएको छैटौँ दिन हुँदा समेत माहिन्द्रीगङ्गा (मादीनदी) को किनारमा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्ले बजार नजिकैको बोटेगाउँका बोटेहरुलाई भने दशैँले छुन सकेको छैन । विगतमा मजदूरी गरेर जसोतसो वर्षेनी रमाइलो र खुसी साथ दशँ मनाउँथे उनीहरु । यस वर्ष लकडाउनले काम नपाएपछि आम्दानी छैन । खर्च जुटाउन नसक्दा दशैँका बेला समेत यस बस्तीमा चाडपर्वको रौनक देखिएको छैन ।
घरमा सात जना रहेको बताउनुहुने ५२ वर्षीया सीताकुमारी बोटेले वर्षेनी ज्यालामजदूरी गरेर दशैँ मनाउँदै आएपनि यस वर्ष लकडाउनले काम नपाएको दुखेसो गर्नुभयो । “अरु आम्दानी पनि भएकोले दशैँ कसरी मनाउने भन्ने चिन्ता छ, त्यहीमाथि सासुआमा बिरामी हुनुहन्छ”, उहाँले भन्नुभयो । त्यस्तै आरती माझीले पनि महामारीका कारण काम नपाउँदा चाडपर्व खल्लो भएको बताउनभुयो । “दशैँ मनाउने भनेर जमरा त राखेको छु, तर पैसा नहुँदा कसरी मनाउने अन्योलमा छु”, उहाँले भन्नुभयो । लामो समयदेखि काम गर्न नपाउँदा ऋण गरेर खादै गरेपनि अहिले त्यही ऋण पनि तीर्न नसक्दा खानाका लागि नुन, तेल, चामल समेत सकिन लागेको उहाँको भनाइ थियो । सीतामाया र आरती जस्तै यहाँका खड्का बहादुर, मिलनबहादुर, बिजुला लगायतका बोटेहरुको समस्या उस्तै छ । बोटे समुदायका अध्यक्ष झङ्कबहादुर बोटेले सो क्षेत्रमा ३० घरपरिवार रहेकोमा १५ घरलाई दशै मनाउनका निकै समस्या भएको छ । मादीमा डुङ्गा खियाउने अनि माछा मारेर बिक्री गर्ने बोटे समुदायको पुख्र्यौली पेशा हो । लमजुङ, तनहुँ र कास्कीको त्रिवेणीजस्तो छ उक्त ठाउँ ।
विगतमा मादीमा पुल नहुँदा त्यसक्षेत्रका वासिन्दालाई डुङ्गाबाट वारपार गराउने, मादी र रिस्ती खोलामा माछा मारेर दुईपिप्ले, दोभान, चर्दीपसल, सोतीपसल, तनहुँका दुलहीपानी, सत्रसय र सिसाघाट लगायतका स्थानीय बजारहरुमा बिक्री गर्दै जीवन निर्वाह गर्दै आएपनि पछिल्लो समयमा माछा मार्ने पेशा समेत धरापमा पर्दे गएपछि ज्यालामजदूरी गर्दै आएको बोटे समुदायको भनाइ छ । गरिबीकै कारणले दुईपिप्ले बजार क्षेत्रका ‘भूमिपति’ भनिएका बोटे समुदायका अधिकांशले जमिन समेत बिक्री गरिसकेको इन्द्रमायाले बताउनुभयो । न काम न दाम हुँदा दशैँ पनि नभएको जस्तो हुन थालेको उनीहरुको भनाइ छ ।
अशिक्षा र गरिबीकै कारणले यो समुदाय पछिल्लो समयमा विपन्न बन्दै गएकाले दशँ मनाउनलाई समस्या हुन थालेको मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “दशै मनाउन बोटे समुदायलाई राहतको आवश्यकता छ, उनीहरुको समस्याको बारेमा नगरपालिकामा कुरा राखेको छु ।”(रासस)
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा