पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई राजीनामा दिएपछि तीन दिन भित्र सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा मुख्मन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिन भित्र सरकार गठन गर्नका लागि आह्वान गरिएको छ ।मुख्यमन्त्री गुरुङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई अराजनीतिक चलखेलको कारण काम गर्ने वातावरण नभएको भन्दै राजीनामा बुझाएका हुन् ।