
१फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
३जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
४उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
५मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
६सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
७कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
८गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
९जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१०कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
११२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
पोखरा । सत्ता जोगाउनका लागि फेरि पनि उहीँ पुरानो खेल दोहोरिएको छ । सांसद किनबेच र अपहरणका घटना नेपाली राजनीतिमा नौंला भने होइनन् । तर पछिल्लोपटक प्रधानमन्त्री खड्गप्रसाद ओलीको मार्ग पछ्याउँदै गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओली भन्दा पनि अझै अगाडि देखिए ।
कोरोना नेगेटिभ भएका सांसदलाई पोजेटिभ भएको भन्दै अस्पतालको आईसियुमा बन्दी बनाईए पछि यो घटनाले सत्ता जोगाउन कतिसम्म तल गिर्छन् नेताहरु भन्ने पुष्टि भएको छ । विहानको रिपोर्टमा कोरोना नेगेटिभ आएका सांसदको दिउँसो १२ बजेपछि गुमनाम ढंगले एक्कासी पोजेटिभ देखिएको भन्दै सिधै आईसियुमा राखिएको थियो ।
आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा दोस्रोपटक छलफल हुँदै थियो । सत्ताच्यूत हुने डरले मध्यरातमा अधिवेशन नै अन्त्य गरेर काठमाडौं पुगेका मुख्यमन्त्री गुरुङले सत्ता जोगाउन अनेकन् तिकडमहरु गरिरहेका छन् । प्रधानमन्त्री ओलीको समर्थनमा असाध्यै चर्को रुपमा प्रस्तुत हुने मुख्यमन्त्री गुरुङले ओलीलाई पनि माथ गर्दै सत्ताको चरम दुरुपयोग गरेका हुन् ।
एकातिर सांसद हराएको भन्दै बैठक रोक्न रोईलो थियो । सांसद खिमबिक्रम शाही सम्पर्कविहिन भएको भन्दै बैठक रोक्न प्रदेशसभा समक्ष राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले निवेदन दिइन् । जसको आधारमा अर्को सूचना नआउँदासम्मको लागि भन्दै प्रदेशसभा बैठक नै स्थगित गरियो । यता सम्पर्कविहिन भनिएका सांसद शाही अस्पतालको आईसियु वार्डमा भएको तथ्य सार्वजनिक भयो ।
यस घटनालाई लिएर नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अविश्वासको मत दिन सक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी भएको आरोप लगाएका छन् । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो ट्वीटरमा ट्वीट गर्दै भनेका छन्–‘यो हेर्नुस् गण्डकी प्रदेश सांसद खिमबिक्रम शाहीको कोभिड परीक्षण नेगेटिभ आएको रिपोर्ट । स्वस्थ्य, तन्दरुस्त मान्छेलाई पृथ्वीचोकको चरक अस्पतालको आईसियुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारको नाममा बन्दी ? अविश्वासमा मत दिन सक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की