News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘छिट्टै नयाँ सरकार गठन हुन्छ’ : अध्यक्ष प्रचण्ड

'केही दिनमा नै राजनीतिले कोल्टे फेर्दैछ र नयाँ सरकार गठन हुँदैछ'

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब छिट्टै नयाँ सरकार गठन हुने बताएका छन् । कपिलवस्तुमा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब देशले छिट्टै नयाँ सरकार पाउने र केही दिनमा नै राजनीतिले कोल्टे फेर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने–‘नेपाली कांग्रेसले केपी ओलीको राजीनामा माग गरेकाले अब देशमा राजनीतिक परिवर्तन हुनेछ । अब देशले छिट्टै नयाँ सरकार पाउनेछ ।’ मन्तव्यका क्रममा प्रचण्डले राजनीतिमा केपी ओली बेइमान भएको भन्दै आफू ओली भन्दा इमान्दार रहेको दावी पनि गरे ।

‘१० वर्षे जनयुद्धका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान निर्माण भएको हो,’ अध्यक्ष प्रचण्डले भने–‘जनयुद्धमा मधेसी जनताका छोराछोरीले गरेको बलिदानी र त्यागका कारण देशमा नयाँ संविधान जारी भएको हो ।’

अब बन्ने नयाँ सरकारले सबैभन्दा पहिला सीमानाकामा मधेसी जनताले भोग्नुपरेको समस्या हटाउने अध्यक्ष प्रचण्डले प्रतिबद्धता जाहेर गरेका छन् । ‘मलाई मधेसमा केके समस्या छन् सबै थाहा छ । यहाँ सीमामा समस्या छ, मलखाद र सिंचाइको समस्या छ, महिलाहिंसाको समस्या छ अनि रोगव्याधीको समस्या छ,’ अध्यक्ष प्रचण्डले भने–‘ति सबै नयाँ सरकार गठन हुनेबित्तिकै समाधान हुनेछ ।’