
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बद्ध दलित मुक्ति मोर्चा कास्कीको जिल्ला भेलाले भीमसेन परियारको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा मीनबहादुर परियार र सचिवमा कृष्णबहादुर परियार चयन भएका छन् ।
कमिटीमा बाँकी सदस्यहरुको नामावली भने मोर्चाले खुलाएको छैन । ‘सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका बिरुद्ध सशक्त दलित आन्दोलन, वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्ति मोर्चा नेपाल’ भन्ने मूल नाराका साथ कास्की जिल्ला भेला सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा कास्कीका इन्चार्ज पूर्णजित पुन ‘उभार’ले राज्यले आफ्नो दलाल संरचना जोगाई राख्न दलित लगायत सम्पूर्ण जातीय, लैङ्गिक, भेदभाव कायम राख्दै आएको र उनीहरुको आवाज दबाउन प्रयत्न गरिरहेको आरोप लगाए ।
राज्यले बिभिन्न अफवाह छरेर आफ्नो बर्चस्व कायम राख्न धर्मको नाउँमा, जातीय नाउँमा साथै दलित वा लैङ्गिक रुपमा असमानता छर्दै आएको र यो सबै असमानताको हल बैज्ञानिक समाजवादी ब्यवस्थाले मात्र गर्न सक्ने दावी कास्की इन्चार्ज उभारको थियो ।
शुभकामना मन्तब्य राख्दै नेकपा कास्कीका जिल्ला सेक्रेटरी विश्वासले राज्यको गलत ब्यवस्था र नीतिका कारण आज दलितका नाउँमा नबराज बिकहरुको प्राण हर्ने र श्रीया विक जस्ता चेलीहरु बलात्कृत हुन परिरहेको पीडा व्यक्त गरे । विभेदमुक्त समाज निर्माणको संकल्प सहित जनक्रान्तिको महान यात्रामा लाग्दै आफैँ भित्रबाट विभेदको अन्त्य गर्नुपर्ने सेक्रेटरी विश्वासको भनाई थियो ।
त्यसैगरी, अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष कमला परियारले दलित शब्दले नै झन् पिडा हुने भन्दै यो शब्द नै उखेलेर फाल्नुपर्ने बताईन् । युवा संगठन कास्कीका संयोजक भविन्द्रले १० वर्षे महान जनयुद्धका पहिला सहिद दिल बहादुर रम्तेलदेखि कास्की जिल्लामा पनि धेरै दलितहरुको साहदत भएको ईतिहास भुल्न नहुनेमा जोड दिए । दलितहरुको सहादतले आज हामी जातीय विभेददेखि सबै असमानताको विरुद्ध सबै एकजुट हुनुपर्नेमा संयोजक भविन्दको भनाई थियो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष लक्ष्मी खड्काले आजसम्म दलितहरुले हरेक ठाउँमा, हरेक आन्दोलनमा सहभागि हुने तर दलितहरु पछि पारिने काम हुँदै आएकोमा अब सबै चेतनशिल भएर मुक्तिका लागि अघि बढ्नु पर्ने धारणा व्यक्त गरिन् ।
अखिल नेपाल सुकुम्बासी संघ कास्की जिल्ला संयोजक कमल खड्काले दलितहरु भनेर जसरी दमन गर्न खोजिएको छ त्यसको बिरुद्ध सचेतपूर्ण र सशक्त रुपमा संगठित भएर जनक्रान्ति मार्फत् राज्यसत्तालाई धक्का दिनुपर्ने धारणा व्यक्त गरे ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश