
१चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बद्ध दलित मुक्ति मोर्चा कास्कीको जिल्ला भेलाले भीमसेन परियारको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा मीनबहादुर परियार र सचिवमा कृष्णबहादुर परियार चयन भएका छन् ।
कमिटीमा बाँकी सदस्यहरुको नामावली भने मोर्चाले खुलाएको छैन । ‘सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका बिरुद्ध सशक्त दलित आन्दोलन, वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्ति मोर्चा नेपाल’ भन्ने मूल नाराका साथ कास्की जिल्ला भेला सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा कास्कीका इन्चार्ज पूर्णजित पुन ‘उभार’ले राज्यले आफ्नो दलाल संरचना जोगाई राख्न दलित लगायत सम्पूर्ण जातीय, लैङ्गिक, भेदभाव कायम राख्दै आएको र उनीहरुको आवाज दबाउन प्रयत्न गरिरहेको आरोप लगाए ।
राज्यले बिभिन्न अफवाह छरेर आफ्नो बर्चस्व कायम राख्न धर्मको नाउँमा, जातीय नाउँमा साथै दलित वा लैङ्गिक रुपमा असमानता छर्दै आएको र यो सबै असमानताको हल बैज्ञानिक समाजवादी ब्यवस्थाले मात्र गर्न सक्ने दावी कास्की इन्चार्ज उभारको थियो ।
शुभकामना मन्तब्य राख्दै नेकपा कास्कीका जिल्ला सेक्रेटरी विश्वासले राज्यको गलत ब्यवस्था र नीतिका कारण आज दलितका नाउँमा नबराज बिकहरुको प्राण हर्ने र श्रीया विक जस्ता चेलीहरु बलात्कृत हुन परिरहेको पीडा व्यक्त गरे । विभेदमुक्त समाज निर्माणको संकल्प सहित जनक्रान्तिको महान यात्रामा लाग्दै आफैँ भित्रबाट विभेदको अन्त्य गर्नुपर्ने सेक्रेटरी विश्वासको भनाई थियो ।
त्यसैगरी, अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष कमला परियारले दलित शब्दले नै झन् पिडा हुने भन्दै यो शब्द नै उखेलेर फाल्नुपर्ने बताईन् । युवा संगठन कास्कीका संयोजक भविन्द्रले १० वर्षे महान जनयुद्धका पहिला सहिद दिल बहादुर रम्तेलदेखि कास्की जिल्लामा पनि धेरै दलितहरुको साहदत भएको ईतिहास भुल्न नहुनेमा जोड दिए । दलितहरुको सहादतले आज हामी जातीय विभेददेखि सबै असमानताको विरुद्ध सबै एकजुट हुनुपर्नेमा संयोजक भविन्दको भनाई थियो ।
अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष लक्ष्मी खड्काले आजसम्म दलितहरुले हरेक ठाउँमा, हरेक आन्दोलनमा सहभागि हुने तर दलितहरु पछि पारिने काम हुँदै आएकोमा अब सबै चेतनशिल भएर मुक्तिका लागि अघि बढ्नु पर्ने धारणा व्यक्त गरिन् ।
अखिल नेपाल सुकुम्बासी संघ कास्की जिल्ला संयोजक कमल खड्काले दलितहरु भनेर जसरी दमन गर्न खोजिएको छ त्यसको बिरुद्ध सचेतपूर्ण र सशक्त रुपमा संगठित भएर जनक्रान्ति मार्फत् राज्यसत्तालाई धक्का दिनुपर्ने धारणा व्यक्त गरे ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’