
१चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
२नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
३आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
७डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
८ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
९पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१०डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
११पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१२विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
काठमाडौं । भारतबाट हीरा ओसार्ने भरियाका रुपमा मुम्बई पु¥याएर कोठीमा दुई महिलालाई ३५ हजार रुपैयाँमा बेच्ने अभियुक्त २८ वर्षपछि पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहल काठमाडौंबाट खटिएको टोलीले रामशरण पण्डित क्षेत्रीलाई पक्राउ गरेको हो ।
भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ८ जीतपुर बस्ने ६८ वर्षीय क्षेत्रीलाई प्रहरीले सोमबार (चैत ९ गते) लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । कामको सिलसिलामा काठमाडौंको बालाजु क्षेत्रमा आएका ती दुई महिलालाई क्षेत्रीले ट्याक्सीमा घुमाउन लैजाने भन्दै भारतको कोठीसम्म पु¥याएका थिए ।
विभिन्न व्यक्तिहरुसँग भेटघाट गराई भारतको महाराष्ट्रमा हीरा पाईन्छ, महिलाले लुकाई छिपाई नेपाल ल्याउँदा पक्राउ पर्दैन भनी भरियाका रुपमा केही आर्थिक प्रलोभनमा क्षेत्रीको समूहले ती महिलालाई फसाएका थिए । क्षेत्रीले बाटोमा लाग्ने सबै खर्च आफैँ व्यहोर्ने र हीरा सुरक्षित ल्याए वापत जनही ६ हजारका दरले ज्याला दिने आश्वासन ती महिलाहरुलाई दिएका थिए ।
निम्न आर्थिक अवस्था भएका दुई महिलाहरुलाई क्षेत्रीको गिरोहले २०४९ सालमा नै काठमाडौं कलंकीबाट वीरगंजको रक्सौल नाका हुँदै मुम्बई पुर्याइको प्रहरीको भनाई छ । क्षेत्रीले मुम्बई पु¥याएर ती महिलाहरुलाई कोठी संचालिकाहरुसँग भेट गराएका आफू एकैछिनमा फर्किने भन्दै त्यहाँबाट फरार भएका थिए ।
कोठीमा पु¥याईएका महिलाहरुले आफू बेचिएको ५ दिनपछि मात्र थाहा पाएका थिए । डर, त्रास, धम्की र यातना दिएर ती महिलाहरुलाई कोठी सञ्चालकले अनैतिक कृयाकलाप गर्न बाध्य पारेको जाहेरी पीडितहरुले दिएको प्रहरीले जानकारी दिएको छ ।
लामो समय पछी ती महिलाहरुलाई मुम्बई प्रहरीको सहयोगमा उद्दार भई नेपाल फर्किएका थिए । ती पीडित महिलाहरुले २०४९ साल भदौ १२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा क्षेत्रीका विरुद्धमा जाहेरी दिएका थिए । चेलीबेटी बेचबिखन गर्ने अभियुक्त क्षेत्री पटक–पटक गरी साउदी अरबमा १२ वर्ष रोजगारीका लागि गएका र त्यसपछि नेपालका विभिन्न ठाउँहरुमा लुकिछिपी बस्दै आएको प्रहरीले जानकारी दिएको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’