
१चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
२रास्वपा नेता राजु राईले पार्टी छाडे
३बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
४गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
५कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
६धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
७धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
८बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
११पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१२नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीले पार्टी विघटनको दुष्प्रयास गरेको ठहर गरेको छ । नेपाल र खनाल पक्षको केन्द्रीय कमिटी बैठकले ओलीले सर्वोच्च अदालतको फैसलाविपरित एकलौटी बैठक राखेर एमालेलाई विघटन गर्ने दुष्प्रयास गरेको निष्कर्ष निकालेको हो ।
नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी विस्तार गर्दै पदाधिकारी खारेज र महाधिवेशनको मिति घोषणा गरेको भन्दै नेपाल र खनाल पक्षले वृहत छलफलका लागि चैत ४ गते राष्ट्रिय कार्यकर्ता भेलाको आह्वान समेत गरेको नेता भीम रावलले जानकारी दिए ।
नेता रावलले भने–‘विधान विपरितको निर्णय मान्य हुँदैन । स्थायी कमिटीका सदस्यको हस्ताक्षरसहित नेता तथा कार्यकर्तालाई पार्टी विघटनबाट जोगाउन संयुक्त वक्तव्य पनि निकाल्ने छौं ।’
अदालतको फैसलाअनुसार पूर्ववत् कमिटीलाई पुनर्गठनको प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको नेता रावलले जानकारी दिए । नेता रावलले भने–‘राष्ट्रिय प्रतिनिधि परिषद्ले मात्र विधान संशोधन गर्ने हो, गुटको बैठकलाई विधान संशोधन गर्ने अधिकार छैन । ओलीले पार्टी विभाजन गर्ने दुष्प्रयास गरे, त्यो कदापि मान्य छैन ।’
त्यसैगरी, बैठकले ओली पक्षले गरेको निर्णयलाई काउन्टर दिदैं सातवटै प्रदेशको इन्चार्ज तोकेको छ । जसमा प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली तथा सुदूरपश्चिममा भीम रावल इन्चार्ज तोकिएको छ । महिला इन्चार्जको जिम्मेवारी पनि शाक्यलाई नै दिइएको छ भने प्रचार विभाग इन्चार्जको जिम्मेवारी योगेश भट्टराईले पाएका छन् ।
त्यस्तै, युवा इन्चार्जको जिम्मेजारी रघुजी पन्तलाई दिइएको छ भने गोकर्ण विष्टले विद्यार्थी इन्चार्जको जिम्मेवारी पाएका छन् । बुद्धिजीवी इन्चार्जमा प्रवेश हमाल चयन भएका छन् ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार