
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
८अफवाह नफैलाउन प्रहरीको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
पोखरा । आगामी चैत अन्तिम साता पोखरामा पहिलो पटक मुआथाइ राष्ट्रिय च्याम्पियनसीप र अन्तरराष्ट्रिय सेमिनार हुने भएको छ ।
नेपाल मुआथाइ सङ्घ गण्डकी प्रदेश र कास्की शाखाको आयोजनामा आगामी चैत २४ देखि ३१ गतेसम्म पोखरा रङ्गशालामा प्रतियोगिता सञ्चालन हुने सङ्घले आज यहाँ आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मुआथाइ खेलका माध्यमबाट युवालाई खेलकूदतर्फ आकर्षित गर्ने तथा क्षमतावान् खेलाडी उत्पादनको लक्ष्यसहित प्रतियोगिता र सेमिनार आयोजना गरिने नेपाल मुआथाइ सङ्घका केन्द्रीय महासचिव सुदीप पण्डितले जानकारी दिनुभयो ।
सेमिनारमा अन्तरराष्ट्रिय मुआथाइ महासङ्घका प्रतिनिधि एवं प्रशिक्षकबाट नेपालका मुआथाइ खेलाडी तथा अफिसियललाई प्रशिक्षण एवं रेफ्री कोर्षबारे प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणका लागि थाईल्याण्डबाट मुआथाइका अन्तरराष्ट्रिय निर्णायक आउने जनाइएको छ । चैत २४ देखि २८ गतेसम्म सेमिनार तथा चैत २९ देखि ३१ गतेसम्म अन्तरराष्ट्रिय मुआथाइ महासङ्घको नियममा रहेर प्रतियोगिता सञ्चालन हुने बताइन्छ । राष्ट्रिय मुआथाई च्याम्पियनसीपमा देशका सातै प्रदेशका २१ जिल्लाबाट प्रशिक्षक, निर्णायक र खेलाडी गरी ४०० जनाको सहभागिता रहने छ ।
प्रतियोगितामा खेलाडीले ४५ केजीदेखि ९१ केजी तौलसम्म विभिन्न सात वटा तौल समूहमा प्रतिस्पर्धा गर्ने नेपाल सङ्घका केन्द्रीय उपाध्यक्ष एवं मुख्य प्रशिक्षक दीपकबहादुर गोदारले जानकारी दिनुभयो । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसमेत रहनुभएका सङ्घका कोषाध्यक्ष सम्पन्न श्रेष्ठले अन्तर्राष्ट्रिय सेमिनारका माध्यामबाट नेपालका लागि मुआथाइको अन्तरराष्ट्रिय मान्यता प्राप्त उत्कृष्ट प्रशिक्षक तथा निर्णायक उत्पादनमा सघाउ पुग्ने बताउनुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति