
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
नवलपुर । राष्ट्रगुरु योगी नरहरिनाथको १०६औँ जन्मजयन्तीका अवसरमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित पितौजीमा उहाँको योगदानबारे प्रवचन कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा महेश सन्यास आश्रमका प्राचार्य प्रा डा गुरुप्रसाद सुवेदीले राष्ट्रिय स्वाधीनताका सवालमा योगी नरहरिनाथ अत्यन्त सजग रहनुभएको बताउँदै उहाँको जीवनशैलीबाट राष्ट्रको भूगोल, इतिहास, पुरातत्व संस्कार, संस्कृति, सभ्यता जान्न सकिने उल्लेख गर्नुभयो ।
योगी नरहरिनाथले सम्पादन गरेका हरेक कृतिले राष्ट्रको गरिमालाई उँचो बनाएको छ । योगीका ५७१ कृति छन् । विश्वभरि रहेका सम्पूर्ण हिन्दू सभ्यताका अनुयायीहरूका अभिभावकका रुपमा योगी नरहरिनाथ रहनुभएको उहाँको भनाइ छ । “योगीजीलाई अरुको भरोसामा बस्ने कुरा पटक्कै मन पर्दैनथ्यो”, प्रा डा सुवेदीले भन्नुभयो, “उहाँले आफ्नो जीवनकालमा कसैसँग केही पनि चाहियो भनेर हात थाप्नुभएन ।” शिक्षामा सुधार गरेमा देशको सबै क्षेत्रको विकास हुन्छ भन्ने योगीको मानसिकताका कारण उहाँले धेरै ठाउँमा गुरुकुल स्थापना गर्दै हिड्नुभएको उहाँले बताउनुभयो ।
योगीको जीवनीबारे विद्यावारिधी गर्दै गर्नुभएका यदुनाथ पोखरेलले योगीका बारेमा विदेशी सञ्चारमाध्यमले महत्वपूर्ण स्थान दिने गरेका बताउनुभयो । नरहरिनाथले विसं २०३८ माघे सङ्क्रान्तिका दिन गलेश्वरबाबा आश्रम देवघाटधामबाट कोटीहोम गर्न शुरु गरी १२९ कोटीहोम, ४५ लक्ष्य होम र पाँच शिवयज्ञ सम्पन्न गर्नुभएको उल्लेख गर्दै उहाँले योगीले कोटीहोम यज्ञ आदिका माध्यमबाट वैदिक सनातन दर्शन, वेद, गायत्री, संस्कृत भाषा र गाईको महत्वबारे मानव समाजलाई शिक्षित तुल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो । कोटीहोमकै माध्यमबाट सङ्कलन भएको आर्थिक सहयोगलाई उहाँले गुरुकुलहरू स्थापना गराउन सदुपयोग गर्नुभएको पोखरेलको भनाइ छ ।
उहाँले योगीकै पहलमा दाङमा ‘नेपाल संस्कृत विश्वविद्यालय’ र भारतको गिरिजापुरीमा ‘सरयु संस्कृत विश्वविद्यालय’ स्थापना भएको बताउनुभयो । “योगीलाई हामीले चिन्न सकेनौँ, उहाँलाई गलत व्यक्तित्वले काम गर्न दिइएन”, उहाँले भन्नुभयो, “अहिले उहाँको विचार अनुशरण गरिएको छ, यो सकारात्मक कुरा हो ।” योगीले प्रकृति संरक्षणका लागि कोटीहोम गर्नुभएको उल्लेख गर्दै पोखरेलले अहिले पाश्चात्यहरुले पूर्वीय दर्शनको होमबारे अध्ययन अनुसन्धान गरिरहेको बताउनुभयो ।
नरहरिनाथको व्यक्तित्वमाथि वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पिया र सल्लाहकार शान्तप्रसाद पोखरेल, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारी, योगी नरहरिनाथ आश्रमका प्रमुख योगी पीताम्बरलगायतले योगीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभयो ।
नरहरिनाथले गैँडाकोटको पितौजीमा ३४औँ पटक कोटीहोम यज्ञ गर्नुभएको स्थानीयवासीको भनाइ छ । विसं १९७१ फागुन १७ गते कालीकोटमा जन्मिनुभएका नरहरिनाथको स्वर्गारोहण विसं २०५९ फागुन १३ गते काठमाडौँको मृगस्थलीमा भएको थियो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ