
१स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
३बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
४स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
५पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
६ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
११‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१२रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
११२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
नवलपुर । राष्ट्रगुरु योगी नरहरिनाथको १०६औँ जन्मजयन्तीका अवसरमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित पितौजीमा उहाँको योगदानबारे प्रवचन कार्यक्रमको आयोजना गरियो ।
कार्यक्रममा महेश सन्यास आश्रमका प्राचार्य प्रा डा गुरुप्रसाद सुवेदीले राष्ट्रिय स्वाधीनताका सवालमा योगी नरहरिनाथ अत्यन्त सजग रहनुभएको बताउँदै उहाँको जीवनशैलीबाट राष्ट्रको भूगोल, इतिहास, पुरातत्व संस्कार, संस्कृति, सभ्यता जान्न सकिने उल्लेख गर्नुभयो ।
योगी नरहरिनाथले सम्पादन गरेका हरेक कृतिले राष्ट्रको गरिमालाई उँचो बनाएको छ । योगीका ५७१ कृति छन् । विश्वभरि रहेका सम्पूर्ण हिन्दू सभ्यताका अनुयायीहरूका अभिभावकका रुपमा योगी नरहरिनाथ रहनुभएको उहाँको भनाइ छ । “योगीजीलाई अरुको भरोसामा बस्ने कुरा पटक्कै मन पर्दैनथ्यो”, प्रा डा सुवेदीले भन्नुभयो, “उहाँले आफ्नो जीवनकालमा कसैसँग केही पनि चाहियो भनेर हात थाप्नुभएन ।” शिक्षामा सुधार गरेमा देशको सबै क्षेत्रको विकास हुन्छ भन्ने योगीको मानसिकताका कारण उहाँले धेरै ठाउँमा गुरुकुल स्थापना गर्दै हिड्नुभएको उहाँले बताउनुभयो ।
योगीको जीवनीबारे विद्यावारिधी गर्दै गर्नुभएका यदुनाथ पोखरेलले योगीका बारेमा विदेशी सञ्चारमाध्यमले महत्वपूर्ण स्थान दिने गरेका बताउनुभयो । नरहरिनाथले विसं २०३८ माघे सङ्क्रान्तिका दिन गलेश्वरबाबा आश्रम देवघाटधामबाट कोटीहोम गर्न शुरु गरी १२९ कोटीहोम, ४५ लक्ष्य होम र पाँच शिवयज्ञ सम्पन्न गर्नुभएको उल्लेख गर्दै उहाँले योगीले कोटीहोम यज्ञ आदिका माध्यमबाट वैदिक सनातन दर्शन, वेद, गायत्री, संस्कृत भाषा र गाईको महत्वबारे मानव समाजलाई शिक्षित तुल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको बताउनुभयो । कोटीहोमकै माध्यमबाट सङ्कलन भएको आर्थिक सहयोगलाई उहाँले गुरुकुलहरू स्थापना गराउन सदुपयोग गर्नुभएको पोखरेलको भनाइ छ ।
उहाँले योगीकै पहलमा दाङमा ‘नेपाल संस्कृत विश्वविद्यालय’ र भारतको गिरिजापुरीमा ‘सरयु संस्कृत विश्वविद्यालय’ स्थापना भएको बताउनुभयो । “योगीलाई हामीले चिन्न सकेनौँ, उहाँलाई गलत व्यक्तित्वले काम गर्न दिइएन”, उहाँले भन्नुभयो, “अहिले उहाँको विचार अनुशरण गरिएको छ, यो सकारात्मक कुरा हो ।” योगीले प्रकृति संरक्षणका लागि कोटीहोम गर्नुभएको उल्लेख गर्दै पोखरेलले अहिले पाश्चात्यहरुले पूर्वीय दर्शनको होमबारे अध्ययन अनुसन्धान गरिरहेको बताउनुभयो ।
नरहरिनाथको व्यक्तित्वमाथि वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमका अध्यक्ष शैलेन्द्र पिया र सल्लाहकार शान्तप्रसाद पोखरेल, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारी, योगी नरहरिनाथ आश्रमका प्रमुख योगी पीताम्बरलगायतले योगीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभयो ।
नरहरिनाथले गैँडाकोटको पितौजीमा ३४औँ पटक कोटीहोम यज्ञ गर्नुभएको स्थानीयवासीको भनाइ छ । विसं १९७१ फागुन १७ गते कालीकोटमा जन्मिनुभएका नरहरिनाथको स्वर्गारोहण विसं २०५९ फागुन १३ गते काठमाडौँको मृगस्थलीमा भएको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति