
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
गण्डकी । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचनमा सबै सङ्गठनलाई मिलाएर लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका सन्दर्भमा नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित छलफलमा उहाँले महासङ्घलाई सबै पत्रकारको साझा संस्था बनाउने गरी युनियनले नेतृत्व लिने बताउनुभयो ।
नेकपा निकट पत्रकारका दुवै सङ्गठनले सहकार्यका लागि युनियनसँग छुट्टाछुट्टै प्रस्ताव गरेको भए पनि युनियनको भूमिका सबै पत्रकारलाई मिलाएर लैजाने पक्षमा रहेको र आगामी परिस्थितिअनुसार निर्णय लिइने उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष एवम् न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गङ्गाधर पराजुलीले व्यावसायिक पत्रकारिताको विकासमा लाग्न सक्ने किसिमको महासङ्घको नेतृत्व चयन हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
युनियनका उपाध्यक्ष रमेश पौडेलले सङ्गठनप्रति बफादारसँगै क्रियाशील पत्रकारलाई महासङ्घमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो । युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासङ्घमा कसैबाट लिने गरी नभई आफूहरूले दिने गरी अन्य सङ्गठनसँग सहकार्य गर्न सकिने बताउनुभयो भने कोषाध्यक्ष सरोज अधिकारीले न्याय र विवेक प्रयोग गरी उम्मेदवार छनोट गर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, केन्द्रीय सदस्य सरिता तिमिल्सिना पँगेनी, दिलीप पौडेल, टङ्कराज अधिकारी, युनियन कास्कीका सल्ल्लाकारहरू रवीन्द्र बास्तोला, शिरोमणि बराल, तारा पाखेलगायतले युनियनलाई एकताबद्ध बनाएर लैजान नेतृत्वलाई सुझाव दिनुभयो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर