
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
९‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१०निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
११मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
हिमलाल पराजुली
स्याङ्जा । केही समय पहिला युवाको रोजाइमा नपरेको कृषि पेशामा अहिले विस्तारै युवाहरू आकर्षित हुन थालेका छन् । एक समय कृषि पेशा भन्नेबित्तिकै नाक खुम्च्याउने युवापङ्क्ति अहिले भने यो पेशाप्रति आकर्षित हुन थालेका छन् ।
नेपालका युवाको रोजाइमा पर्ने गरेको वैदेशिक रोजगारीलाई कोरोना महामारीले समस्यामा पारेपछि नेपाली युवा विकल्पका रुपमा कृषि पेशामा आउन चाहेका हुन् । कृषि पेशा भन्नासाथ समाजलेसमेत दुःखी पेशा मान्ने गरेकामा यसको व्यावसायिकतासँगै युवापुस्ता यसतर्फ आकर्षित बनेको हो । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा गएका धेरै युवाले रोजगारी गुमाएपछि उनीहरूमा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच पलाएको हो ।
वैदेशिक रोजगारीमा गएका साथै कतिपय अन्य पेशा अँगालेका युवाले पनि आफ्नो पुरानो पेशासँगै कृषिलाई सँगसँगै लैजान थालेका छन् । तीमध्येमा एक युवा दीपक भट्टराई सङ्गीतका साथमा कृषि पेशामा रमाउनुभएको छ । झण्डै तीन दर्जन गीत गाइसकेका कालीगण्डकी गाउँपालिका– ७ मिर्मीका भट्टराई यतिखेर व्यावसायिक कृषिलाई पनि सँगै लैजानुभएको छ ।
“शुरुआत आफैँबाट गरौँ, परिवर्तन सम्भव छ”, भन्ने सोचका साथ लागेर आफू व्यावसायिक कृषिमा लागेको भट्टराईको भनाइ छ । कृषि पेशामा लाग्दा एउटा कलाकारले के गर्ला र भन्ने गरेको सम्झँदै दीपकले अहिले आफ्नो काम देखेर सबै दङ्ग पर्ने गरेको बताउनुभयो । गीत गाउँदै हिँड्ने मान्छे कृषिमा लागेर के गर्नसक्ला भन्ने पनि अहिले उहाँले बाख्रा र कुखुरा पालेर सफल भएपछि प्रशंसा गर्न थालेका छन् । एघार वर्ष गीतसङ्गीतमा बिताउनुभएका दीपक अहिले आफ्नै गाउँ मिर्मी फाँटमा कलाकार आधुनिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरेर उदाहरणीय बन्नुभएको छ । उहाँको फर्ममा चौबीसै घण्टा लोकदोहोरीका धुन गुञ्जिरहेका हुन्छन् ।
फर्ममा पुग्ने जोसुकैलाई पनि सङ्गीतको धुनसँगै बाख्रा, स्थानीय जातको कुखुरा र टर्कीसँगै खेलिरहेका भट्टराईको सक्रियताले लोभ्याउने गरेको छ । घरमा भएका दुईवटा माउ बाख्राबाट व्यवसायको थालनी गर्नुभएका भट्टराईको फर्ममा अहिले १५ वटा माउ बाख्रा छन् भने पाठापाठीसहित ५० वटा पुगेका छन् । स्थानीय खरी बाख्रालाई जमुनापारीको बीउ बोका लगाएर व्यवसायको विस्तार गर्नुभएका दीपकले भन्नुभयो, “अहिले बोयर बोका ल्याएको छु, यसले व्यवसायमा थप सफलता मिल्ने विश्वास बढेको छ ।” व्यवसायलाई थप व्यवस्थित गर्न गाउँपालिकाले गरेको सहयोगबाट झनै हौसला मिलेको उहाँले बताउनुभयो ।
पैसा कमाउन विदेश जाने सोच आफूमा नरहेको र आफ्नै गाउँठाउँमा केही गर्छु भनेर कृषि कर्ममा लागेकोले आफूले गरेको परिश्रमअनुसारको प्रतिफल पाएको भट्टराई बताउनुहुन्छ । उत्पादन गर्नसके बजारको समस्या नभएकोले घरपरिवार चलाउनकै लागि वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँघरमा परिवारसँगै बसेर काम गर्नु धेरै राम्रो हुने उहाँको अनुभव छ ।
केही समय अगाडि नपढेका, अरु केही काम नजान्ने र नगर्नेले गीत गाउने हो भन्ने समाजको बुझाई थियो तर बिस्तारै चेतनाको विकास र गीतसङ्गीतको महत्व बढेपछि बल्ल सम्मान गर्न थालियो भने कृषिमा पनि त्यस्तै रहेको दीपकको बुझाइ छ । आधुनिक प्रविधिको प्रयोग गरेर काम गर्ने हो भने कृषि पेशामा भविष्य रहेको दीपक बताउनुहुन्छ । आपूmले फर्म सञ्चालन गरेसँगै गाउँका अन्य युवा पनि कृषिमा आकर्षित बन्दा आफूलाई निकै खुशी लागेको दीपक बताउनुहुन्छ ।
गाउँपालिकाले बीउ तथा बिरुवा उपलब्ध गराएर किसानहरूलाई कृषि पेशामा लाग्न प्रोत्साहान गरेकाले पनि आफूले यो पेशामा नै भविष्य देखेर यसैमा लागेको उहाँले बताउनुभयो । बाख्रा तथा कुखुराबाट महिनामा रु एक लाखसम्म आम्दानी गर्ने लक्ष्य लिनुभएका दीपकले अब बङ्गुरसमेत थपेर व्यवसायलाई थप विस्तार गर्ने योजना रहेको सुनाउनुभयो । आपूmले व्यवसाय शुरु गरे पछि छिमेकीमा पनि गरे हुँदो रहेछ भन्ने प्रभाव परेको र अहिले एउटा माउ पाल्नेले दुई वटा र दुई वटा पाल्नेले चार वटा पाल्न थालेकाले पनि आफूले गर्दै आएको पेशाले आफूलाई मात्रै नभएर समाजलाई नै हौैसला प्रदान गरेकाले खुशी गालेको दीपकले बताउनुभयो ।
दुई वर्षअघि तरकारी खेतीबाट कृषि कर्ममा लाग्नुभएका दीपकले असिना र मौसम प्रतिकुलताका कारण शुरुवाती चरणमै घाटा खानुप¥यो । “तरकारीबाट उत्पादन लिन नसकेपछि छिमेकीले अब यसले गर्दैन, फेरि माइक समातेर गीत गाउन जान्छ भन्न थाले”, उहाँले भन्नुभयो, “तर कृषिमा धेरै अवसर देखेर लागेकोले यो पेशालाई छाड्न सकिन अनि बाख्रा र कुखुरापालन गर्ने अठोट गरेर अहिले यसमै निरन्तर लागिरहेको छु, यसबाटै आफ्नो भविष्य उज्वल बनाउँछु ।”
‘राम्रो जागीर नेपालमै पाए केलाई जान्थे साउदी कतार थन्काइदिन्थे पास्पोर्ट, नसकिने रैछ झ्याप्पै ज्यान फाल्नलाई जीउन पनि साह्रै गाह्रो भो, सम्झनालाई औँठी साटौँला, नराम्रोनी राम्रै मानियो’ बोलका लोक दोहोरी गीत गाएका दीपकले दुई वर्ष पहिले पाँच हजारबाट शुरु गरेको व्यावसायमा अहिले करीब १२ लाख लगानी पुगेको बताउनुभयो । बाख्रा, टर्की र स्थानीय जातका कुखुरा पाल्नुभएका दीपकले महिनाको महिनाको ४०÷४५ हजार कमाउनका लागि विदेशिनु नपर्ने बताउनुभयो ।
यसैगरी काठमाडौँमा बसेर सङ्गीतिक क्षेत्रमा काम गर्दै आउनुभएका गल्याङ नगरपालिका वडा नं ९ गेजाका कुसुम भण्डारी गाउँ फर्किएर दुई वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । घर नजिकै तीन रोपनी जमीनमा ३०० केराका बिरुवा लगाएको र प्रतिबोटबाट रु एक हजारका दरले वर्षमा केराखेतीबाट वार्षिक रु तीन लाख रुपैयाँ आम्दानी गर्दै आएको भण्डारीले बताउनुभयो । तीन रोपनी जमीनमा लगाएको केरा खेतीलाई विस्तार गरेर पाँच रोपनीमा केरा खेती गर्ने योजना रहेको सुनाउँदै भण्डारीले समग्र गेजालाई केरा गाउँका रुपमा चिनाउने उद्देश्यअनुसार गाउँभरि केरा खेतीको विस्तार गर्न लागिएको बताउनुभयो ।
लगाएको एक वर्षभित्रमा केराले उत्पादन दिने र सिँचाइको अभाव भएको ठाउँमा रिपियान भएको पाखोमा लगाउन सकिने भएकोले गाउँघरका बाँझो पाखो बारीलाई सदुपयोग गरेर केरा खेती गरेको खण्डमा राम्रो आम्दानी लिन सकिने कुसुम बताउनुहुन्छ । गाउँघरमा बसेर केरा खेती गर्दै आउनुभएका कुसुमले गाउँमै कीर्तन समूहको निर्माण गरेर बेला मौकामा गाउँघरमा हुने पूजाआजामा आफ्नो समूहले भजन गाउने गरेको बताउनुभयो । गाउँमा त्यसै खेरा गएको पाखो बारीको सदुपयोग गरेर आयआर्जनको बृद्धिसँगै परम्परा र संस्कृतिको संरक्षण गर्ने योजनाअनुसार कीर्तन समूहसमेत निर्माण गरेर काम गर्दै आएको भण्डारीले बताउनुभयो ।
बाह्र वर्ष खाडी मुलुकमा बिताएर स्वदेश फर्किएका थमन गुरुङ अहिले कुखुरापालनमा रमाउनुभएको छ । अर्जुनचौपारी गाउँपालिका रापाकोटका थमन गुरुङले संयुक्त अरब इमिरेट्स र मलेसियागरी बाह्र वर्ष वैदेशिक रोजगारीमा विताए पनि स्वदेश फर्किएपछि हरियाली पोल्ट्री फर्म सञ्चालन गरेर अहिले यसमै रमाउनुभएको छ । अर्जुनचौपारी– ३ रापाकोट स्थायी घर भएका थमन गुरुङ अहिले वालिङलाई कर्मथलो बनाएर यो व्यवसायीका रुपमा काम गरिरहनुभएको छ । गएको असारदेखि कुखुरापालन व्यावसाय शुरु गर्नुभएका थमनको फर्ममा अहिले दुइ हजार २०० ब्रोइलर कुखुरा छन् । कोरोना महामारीले गर्दा देशमा बन्दाबन्दी भएपछि केही त गर्नुपर्यो भनेर थमनले कुखुरापालन रोज्नुभएको हो । रोजगारीको अबको विकल्प भनेको कृषि र त्यसमा पनि थोरै लगानीबाट गर्न सकिने र आम्दानी पनि छिटो हुने भएकाले यो व्यवसाय गर्न थालेको थमनले बताउनुभयो ।
कुखुरापालनसम्बन्धी कुनै पनि तालिम नलिए पनि थमनले साथीहरूको सल्लाह र युट्युव लगायतका सामाजिक सञ्जालको सहायतामा व्यवसायको थालनी गर्नुभएको हो । वार्षिक रु ८४ हजारमा पाँच रोपनी जग्गा भाडामा लिएर व्यवसाय शुरु गर्नुभएका गुरुङले अब खोरको विस्तार गर्नुका साथै कुखुरासँगै टर्की पनि पाल्ने योजना रहेको बताउनुभयो । वास्तविक किसानले अझैपनि अनुदान पाउन नसकेको र व्यावसायिक किसानहरूको निष्पक्ष अनुगमन गरेर कामको आधारमा अनुदान दिनसके कृषिमा धेरै प्रगति हुने गुरुङ बताउनुहुन्छ ।
नेपालमा कृषिको क्षेत्रमा लाग्ने युवाको भविष्य राम्रो रहेको बताउदै थमनले विदेश जान लगानी गर्ने पैसा कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । थमनले भन्नुभयो, “युवा साथीहरू विदेशको मुख ताकेर बस्ने र विदेशतिर भौतारिनुभन्दा कृषिक्षेत्रमा लाग्नुस् काम दाम र नाम यहीँ छ ।”
जिल्लाका अधिकांश स्थानमा कोरोना भाइरसको प्रकोपसँगै रोजगारी गुमाएका युवाहरू दिनप्रतिदिन कृषि पेशाप्रति आकर्षित हुँदै गएका छन् । यसैगरी वालिङ नगरपालिका– १२ फौदीखोलामा शुभ बिहानी बङ्गुरपालन फर्म सञ्चालन गर्दै आउनुभएका डम्बरबहादुर गुरुङले बङ्गुरपालन व्यवसायबाट आफूले राम्रो आम्दानी लिन सफल भएको बताउनुभयो ।
बिहान उठेदेखि राति अबेर सम्म बंगुरकै सेवामा खट्ने गरेको बताउदै गुरुङले भन्नुभयो, “बङ्गुरपालनका लागि मेहनत धेरै गर्नुपर्छ । यसबाट आम्दामी पनि लिन सकिन्छ ।” कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका समयमा बङ्गुरका पाठापाठी बिक्री नहुदा समस्या भए पनि अहिले त्यस्तो केही समस्या नभएको गुरुङले बताउनुभयो ।
विगत छ वर्षअघि रु आठ लाखको लागतमा बङ्गुरपालन व्यावसाय गर्दै आउनुभएका गुरुङले पाठापाठी बिक्री गरेर राम्रो आम्दामी लिनुभएको छ । बङ्गुरको पाठापाठीलाई रु पाँच हजारदेखि पाँच हजार ५०० रुपैयाँ सम्ममा बेच्ने गरेको गुरुङ बताउनुहुन्छ ।
सरकारले कृषकका लागि दिने अनुदान खास किसानसम्म नआएको गुनासो गर्दै उहाँले भन्नुभयो, “व्यावसाय गर्ने किसान अनुदानका लागि धाउने कि फर्ममा काम गर्ने ?” उहाँको प्रश्न छ । नेपालमा कृषिका साथै पशुपालन व्यावसायमा भविष्य भएको बताउँदै उहाँले रोजगारीको लागि अरुको मुख ताक्नुभन्दा अब युवा सानोठूलो व्यावसाय आफँैले गर्न सकिने अनुभव सुनाउनुभयो ।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ