News Portal

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘प्रतिबन्ध फुकुवा गरे वार्ताका लागि तयार’: महासचिव विप्लव

'हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो'

पोखरा । केही समयता प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच वार्ताका लागि भईरहेको अनौपचारिक छलफलका बिचमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताका लागि आफू सकारात्मक रहेको संकेत सार्वजनिक गर्नुभएको छ ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै वार्ताका लागि सकारात्मक रहेको जनाउनु भएको हो ।

विज्ञप्तिमा महासचिव विप्लवले आमजनमसुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा मात्र वार्ताको लागि सकारात्मक रहेको उल्लेख गर्नुभएको छ । महासचिव विप्लवले पहिला आफ्नो संगठनमाथि लगाईएको प्रतिबन्ध फिर्ता लिनुपर्नेमा पनि जोड दिनुभएको छ ।

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो ।’ महासचिव विप्लवले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ–‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’

दुई वर्ष अघि सरकारले विप्लव नेतृत्वको नेकपाले ंिहंसात्मक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । नेकपालाई प्रतिबन्ध लगाएसँगै यस पार्टीमा आवद्ध धेरै नेता तथा कार्यकर्ताहरुलाई प्रहरी पक्राउ गर्ने र निकै दुःख समेत दिदैं आईरहेको छ । अहिलेको अवस्थामा नेकपाका धेरै नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरी जेलमा राखेको छ ।

 

डनन्यूज ट्रेन्डिङ