
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताउनुभएको छ ।
पोखरा–८ सिमलचौरमा सात जना युवाले सञ्चालन गरेको ‘सेभेन स्टार फुड एण्ड मार्ट’को शनिबार उद्घाटन गर्दै उहाँले युवाको जोश जाँगर र सामूहिक भावनाबाट मात्र मुलुकले गति लिने बताउनुभयो ।
प्रदेश प्रमुख शेरचनले देशको माटोको माया गरेर जन्मभूमि प्रतिकर्म गर्ने युवाप्रति सधै गर्व लाग्ने बताउँदै स्वदेशमा केही गर्न चाहनेलाई सबैले प्रोत्साहन गरेर हौसला प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । आफू कन्दमूल खाएर गाउँ घरका आँगन पिँढीमा सुतेर आएको मान्छे भएकाले प्रदेश प्रमुख हुनुमा कुनै दम्भ र घमण्ड नभएको उल्लेख गर्दै उहाँले युवा व्यवसायीलाई पनि कुनै घमण्ड नराखी सामाजिक छविको साथ व्यवसायी पहिचान बनाउन सुझाव दिनभयो ।
प्रदेश प्रमुख शेरचनले भन्नुभयो “कुनै पनि पद क्षणिक हुन्, क्षणिक पदको दम्भ हुनुहुँदैन, हजुरहरु पनि करोडको मालिक भएँ भन्ने दम्भ अरुलाई नदेखाउनुस्, सबैसँग मिजासिलो भएर कर्म गर्नुस र आफ्नो पहिचानलाई सदा उच्च बनाउनुस् ।” उहाँले लगानी गर्ने वित्तिकै दोब्बर तेब्बर मुनाफाको आशा गर्दा समस्या सृजना हुने भएकाले कुनै पनि परिस्थितीमा विचलित नभइ कर्ममा विश्वास गरेर अघि बढे सफल हुन सकिने बताउनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य राजिब पहारीले सात युवाको सामूहिक भावनाबाट शुरु भएको व्यवसायको सफलताको शुभकामना दिँदै स्वदेशी उत्पादनमा जोड दिएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले विकासको सूचक पूर्वाधार मात्र नभइ स्वदेशमा कति युवा उद्यमशीतमा छन्, कतिले रोजगार पाएका छन् भन्ने कुराले पनि निर्धारण गर्ने भएकाले युवालाई स्वदेशमा लगानी गर्ने वातावरणमा सबैले साथ र सहयोग दिनुपर्नेमा जोड दिनुभयो ।
अर्का प्रदेशसभा सदस्य विन्दुुकुमार थापाले कोभिड–१९ का कारण धेरै व्यवसायी व्यवसायबाट पलायन भइरहेका अवस्थामा सात युवाको साझा उद्देश्यले फुड एण्ड मार्ट सञ्चालनमा आउनु सकारात्मक भएको बताउनुभयो । आफू व्यवसायबाट ने राजनीति क्षेत्रमा प्रवेश गरेको अनुभव सुनाउँदै उहाँले गण्डकीमा कम्पनी रजिष्ट्रारको कार्यालय नहुँदा व्यवसायीले थुप्रै झमेला भोग्नु परेको बताउनुभयो ।
पोखरा–३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्यले समृद्धिको सपना कर्मले स्थापित हुने बताउँदै युवालाई सबैले हौसला दिनुपर्ने धारणा राख्नुभयो । पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले सामूहिक भावनामा शक्ति हुने भएकाले आर्थिक समृद्धिमा युवाको सहभागिता महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
उक्त फुड एण्ड मार्टका अध्यक्ष राजु भुवाइँले स्वदेशमा नै केही गरौं भन्ने सामूहिक भावना भएका सात युवा साथी मिलेर रु १० करोडको लगानीमा फुड एण्ड मार्ट सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले भौतिक संरचना निर्माण गर्दै गर्दा कोभिड–१९ को चपेटामा प¥यांै, तर पनि हामी विचलित नभई चुनौतीभित्र अवसर खोजेर अगाडि बढ्यौ र आज सञ्चालनमा ल्याउन सफल भयौँ ।”
उहाँका अनुसार हाल फुड एण्ड मार्टमा ३५ जनालाई रोजगारी दिएको छ । यो रेष्टुरेण्टमा पारिवारिक वातावरणमा विभिन्न स्वादिष्ट खानाका परिकार पाइन्छ भने १२० ग्राहक अटाउने क्षमता रहेको छ । त्यसैगरी मार्टमा दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकता दिइएको छ । निकट भविष्यमा नै स्थानीय उत्पादनलाई प्राथमिकता दिएर तरकारी, फलफूल र मासु बिक्री केन्द्र राखिने अर्का सञ्चालक डिल्लीराम पनेरुले जानकारी दिनुभयो ।
युवा राजु भुवाइँ, कुष्ण रानाभाट, बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, डिल्लीराम पनेरु, अर्जुन अधिकारी र सूर्यराज अधिकारीले उक्त फुड एण्ड मार्टमा सामूहिक लगानी गर्नुभएको हो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर