
१सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
२रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
३सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
६तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
७लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
८उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
९राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१०फिर्केपछि पृथ्वीचोकका अनधिकृत संरचनामा चल्यो डोजर
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
६कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
८आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
९बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१०मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
११कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभाको विघटनपछि राजनीतिक अस्थिरता पैदा भएको बताउनुभएको छ । नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनको शुरुआत हुँदै गर्दा प्रतिनिधिसभा विघटन हुँदा निराशा छाएको बताउनुभयो ।
उहाँले पत्रकारका लागि बन्ने ऐन/कानून र आचारसंहिता प्रेसमैत्री बनाउन जरुरी रहेको बताउँदै तिनले न्यनूतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति पुनले भन्नुभयो, “हाम्रो पत्रकारिताले कतै विश्वसनीयता गुमाएको त होइन भन्ने आशङ्का पैदा भएको छ, आशाको भन्दा निराशाको पत्रकारिता भइरहेको छ ।” साना लगानीका मिडियालाई राज्यले संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वैशाखमा निर्वाचन गर्नाको विकल्प नभएको बताउँदै तयारीका लागि सबैलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिनिधिसभा विघटन असंवैधानिक वा प्रतिगमन होइन, अनिर्णययबाट निकास दिनु प्रतिगमन होइन, विघटनले मुलुकलाई निकास दिएको छ, यसलाई नकारात्मकभन्दा पनि सकारात्मक ढङ्गबाट लिन जरुरी छ ।”
आमसञ्चार प्रशिक्षण प्रतिष्ठानलाई पूर्णता दिनका लागि आगामी वर्षको नीति/कार्यक्रममा समावेश गरी बजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारका प्रवक्ता गुरुङले लोककल्याणकारी विज्ञापन केवल टिभी र अनलाइन सञ्चारमाध्यमलाई समेत समावेश प्रदान गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो ।
उहाँले सामाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने उद्देश्यका साथ निर्देशिका ल्याउनेबारे छलफल शुरु भएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “छिटो सूचना दिने होडबाजीका कारण समाजलाई भड्काउने गरी गलत सूचना दिने प्रवृत्ति बढिरहेको छ, त्यसको अन्त्यका लागि पनि निर्देशिका जरुरी छ ।” उहाँले जीवनवृत्ति कोषलाई पत्रकारकल्याण कोषमा परिमार्जन गरी पत्रकारकै वृत्ति विकासमा खर्च गर्ने योजना सुनाउनुभयो ।
सांसद राधेश्याम अधिकारी सम्वन्धित क्षेत्रको सल्लाह र सुझावका आधारमा मात्रै मिडियासम्बन्धी ऐन/कानून निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले कुनै राजनीतिक आस्था र विचारका आधारमा सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई निष्काशन गर्न पाइँदैन भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह निकट नेपाल प्रेस सङ्गठनका अध्यक्ष महेश्वर दाहालले वर्तमान सरकार श्रमजीवी पत्रकारको पक्षको नदेखिएको जिकिर गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट प्रेस सङ्गठन नेपालका अध्यक्ष गणेश बस्नेतले लेखिरहेका वास्तविक श्रमजीवी पत्रकारलाई भन्दा पनि गैरपत्रकारलाई महासङ्घमा प्रवेश दिइएको आरोप लगाउनुभयो ।
प्रगतिशील पत्रकार सङ्घका निवर्तमान अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, जनपत्रकार सङ्घका अध्यक्ष शेरबहादुर विक, मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडा र लोकतान्त्रिक छापामाध्यम सञ्जालका अध्यक्ष दामोदर दवाडीले पत्रकार महासङ्घ सबैको साझा संस्था हुनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङ, राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अधयक्ष विनोद पहाडी र मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले महिला, दलितलगायत सीमान्तकृत समुदायद्वारा सञ्चालित मिडियालाई राज्यले कर छुट गर्नुपर्ने माग गर्नुभयो ।
पुरस्कार तथा सम्मान
यस वर्षको ‘कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार’ महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।
त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका पुष्पहरि क्याम्पा राईलाई प्रदान गरिएको तथा ‘कृष्णसेन इच्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार’ दलित पत्रकार सङ्घका अध्यक्ष पहाडीलाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि रु जनही ५० हजार छ । ‘मदरल्याण्ड युएसए लैङ्गिक समानता पत्रकारिता पुरस्कार’ गणेश लम्साल, लोग्सरी कुँवर र कमला पाख्रिनलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ४० हजार छ ।
त्यसैगरी ‘उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार शिल्पा कर्ण र मन्दिरा थापालाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु दश हजार छ । जनही रु दश हजार राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ रामभगत शाह र मुना हमाललाई प्रदान गरिएको छ । ‘श्रीमती रत्नकेशरी राजभण्डारी कृष्ण स्मृति पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समिति (रासस) का पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि रु दश हजार १११ छ । महासङ्घले यस वर्षको ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ महासङ्घका कर्मचारी सुुुस्मिता भेटवाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु दश हजार छ । पत्रकार ईश्वरी बराल, भगवती थापा र फातिमा बानुलगायत ३७ पत्रकारलाई ‘कोरोना सङ्क्रमण विपद् पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गरिएको छ ।
‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यावसायिक पत्रकारिता’ भन्ने मूल नारासहित शुरु भएको महाधिवेशनको बन्दसत्रमा नेपालको पत्रकारिता, पत्रकारको पेशागत हक, पत्रकारसँग सम्बन्धित ऐन÷कानून र पत्रकारिता क्षेत्रले राष्ट्रलाई पु¥याउन सक्ने योगदानबारे छलफल हुने अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । पत्रकारलाई सङ्गठित गरी व्यावसायिक नेतृत्व प्रदान गर्दै उनीहरुको हक–अधिकार प्रवद्र्धन गर्ने महासङ्घमा पत्रपत्रिका, रेडियो, टिभी, अनलाइन र स्वतन्त्र गरी करीब १३ हजार पत्रकार आबद्ध छन् ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
५मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा