
१आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
२स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
५टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
६सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
७स्याङ्जामा पहिरोमा पुरिएर एकजनाको मृत्यु
८‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
९‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
१०गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
११कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१२२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
६एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
१०पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
११कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
१२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
डोल्पा । हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ । जिल्लाका अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, मल बोक्नेलगायतका काम गरेर पनि बिहान बेलुकीको छाक टार्न धौधौ पर्ने गरेको उनीहरुको गुनासो छ ।
“पढ्ने लेख्ने कलिलै उमेरमा बिहे गराइदिए, घरमा कसैको रोजगारी छैन, एक छाक टार्न पनि दशपटक सोच्नुपर्ने बाध्यता छ”, त्रिपुरासुन्दरी नगरपालिका–१ बस्ने कलमी सार्कीले भन्नुभयो । “बिहान–बेलुकी छाक टार्नकै लागि दैनिक मजदुरी नगरी सुख छैन, एक छाक खान र एकसरो लगाउन रातदिन नभनी ढुङ्गा–माटोसँग खेल्नुपर्ने बाध्यता छ ।”
गरिबीकै कारण औषधोपचार गर्ने पैसा नपाएर घर नजिकै बस्ने एक छिमेकी महिलाको आँखै अगाडि मृत्यु भएको भन्दै सार्कीले दुःख व्यक्त गर्नुभयो । दलितलाई ढुङ्गा कुटेर पनि खान नपुग्ने र पढेलेखेकाले पनि जागिर नपाउने अवस्था अझै नछुटेको स्थानीयवासी गीता सार्कीले बताउनुभयो ।
त्यसैगरी अर्की रुप्सी सार्कीको पीडा पनि उस्तै छ । खाइनखाई अर्काको मजदुरी गरेर पढाएका छोराछोरी पनि जागिर नपाएर अर्काकै मजदुरी गर्न बाध्य भएको बताउनुभयो । “बाबुआमाको जस्तै दैनिक मजदुरी गरेर खानुपर्ने अवस्था नआओस् भन्दै शरीरलाई रातदिन पिसेर छोरालाई कक्षा १२ पास गराएँ, अहिले त्यही छोरो सानोतिनो जागिर पनि नपाएर मजदुरीमै लाग्न बाध्य भयो, दलितलाई पढेलेखेर पनि के काम छ”, उहाँले गुनासो गर्नुभयो ।
दुर्गम ठाउँका पढेलेखेका दलित शक्ति र पहुँच नभएकै कारण जागिरको आशा मारेर मजदुरीमै लाग्न बाध्य हुने गरेको उहाँको भनाइ छ । “पाखुरामा बल हुञ्जेल त दैनिक मजदुरी गरेर आफू र आफ्नो परिवारको पेट पालौँला, भोलि बुढेसकालमा कसरी छाक टार्ने त्यही कुराको ठूलो पिरलो छ”, उहाँले भन्नुभयो ।
कलमी र रुप्सी प्रतिनिधि पात्र मात्र हुन् । जिल्लाका जुफाल दुनै, त्रिपुराकोट, ल्हालगायतका विकट गाउँबस्तीमा बसोबास गर्ने अधिकांश महिलाको पीडा एउटै हो । सानै उमेरमा बिहे गरेर धेरै सन्तान जन्माउने कारणले अधिकांश महिलालाई पाठेघर खस्ने समस्यासमेत देखिएको दलित अगुवा बमबहादुर सार्कीले बताउनुभयो ।
कमजोर अर्थावस्था भएकै कारण दुर्गमका दलित महिला उपचार गर्नुको सट्टा रोग लुकाएर बस्ने गरेको सार्कीले बताउनुभयो । “जिल्लाका अधिकांश दलितको जग्गा केही टुक्रा मात्र छ, त्यसमा उत्पादन पनि नगन्य मात्र हुन्छ, त्यसैले पनि कतिपय दलित अझै पनि माथिल्लो जातसँग खलो थापेर पुस्ता धानिरहेका छन्”, उहाँले भन्नुभयो ।
गाउँमै सरकार भए पनि दलित महिलाको जीवनस्तर उकास्नका लागि अहिलेसम्म कसैले पनि सहयोग नगरेको सार्कीको भनाइ छ । गरिबीले ग्रस्त जीवन झेल्दै दलित महिलाको जीवनलीला समाप्त हुने गरेको दलित अगुवाहरुको जिकिर छ । देशमा जति व्यवस्था परिवर्तन भए पनि ग्रामीण भेगका दलित अझै पनि रोग, भोक र शोकले ग्रस्त भएको उनीहरुको भनाइ छ ।
१कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ