
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
दमौली । भूमिहिन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित वसोवासीको तथ्याङ्क सङ्कलनका लागि गणक घरदैलोमा पुगेका छन् । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा गणकलाई भूमिहिन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित वसोवासीको तथ्याङ्क सङ्कलनलाई परिचालन गरिएको हो ।
भूमिसम्बन्धी समस्या समाधान आयोगले गत माघ ९ गते सार्वजनिक सूचना प्रकाशन गरी विवरण उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध गरिसकेको छ । सोहीबमोजिम सम्बन्धित स्थानीय तहले नियुक्त गरेका गणक उक्त तथ्याङ्क सङ्कलनका लागि परिचालित भएका छन् ।
पहिलो चरणमा कार्यसम्पादन भएका स्थानीय तहमा ३५ दिनभित्रमा सबै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित वसोवासीको प्रारम्भिक विवरण सङ्कलन गरिने आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले जानकारी दिनुभयो । अहिले जिल्लामा पनि आयोगका पदाधिकारी नियुक्त भइसकेकाले जिल्लास्थित आयोगसँग समन्वय गरेर विवरण सङ्कलन र पुष्टिको काम गरिने रानाले बताउनुभयो ।
उहाँका अनुसार आँबुखैरेनी, घिरिङ, ऋषिङ र म्याग्दे गाउँपालिकासँग केही दिनअघि कार्यसम्पादन सम्झौता गरिएकाले ती स्थानीय तहमा पालिकास्तरीय, वडास्तरीय र तथ्याङ्क सङ्कलन एकाइ गठन गरिने छ । यसअघि आयोगले व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकासँग सम्झौता गरेको थियो ।
देवघाट गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले वास्तविक भूमिहीन, सुकुम्बासी र अव्यवस्थित वसोवासीको तथ्याङ्क सङ्कलनका लागि गणकहरुलाई घरदैलोमा खटाइएको जानकारी दिनुभयो । व्यास नगरपालिकाले पनि प्रत्येक वडामा भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासीको तथ्याङ्क सङ्कलनका लागि गणक परिचालन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।
व्यास नगरपालिकाका तथ्याङ्क एकाई प्रमुख विमल गिरीका अनुसार नगरपालिकाका १४ वटै वडामा तथ्याङ्क सङ्कलक खटाइएको छ । उनीहरुले वडा कार्यालयबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित वसोवासीको विवरण सङ्कलन गर्नेछन् । उहाँका अनुसार भूमिहीन दलित, भूमिहिन सुकुम्बासी र अव्यस्थित वसोवासीले आफूले बसोबास गरेको वा आवाद कमोत गरेको जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फारम भरी लगत सङ्कलक वा सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्नेछ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित वसोवासीको पहिचानका लागि जिल्लाका स्थानीय तहले पनि काम शुरु गरेका छन् । सरकारले भूमि आयोगको जिल्ला अध्यक्षमा दधिराज सुवेदी तथा सदस्यहरुमा दीर्घबहादुर दरै र शान्ति कुँवरलाई नियुक्त गरिसकेको छ । सरकारले अगाडि बढाएको उक्त अभियानलाई सहयोग पु¥याउन जनप्रतिनिधिले काम गर्ने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने बताउनुहुन्छ ।