
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पुरुषोत्तम थापा
दुल्लू । विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विसं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो । मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयवासीमा खुशी भएका छन् । मरेको सिनो खाएर वातावरणलाई स्वच्छ बनाई दिने गिद्ध मानिसका लागि सहयोगी हुन् ।
बिरामी पशुलाई दुखाइ र ज्वरो कम गर्नका लागि प्रयोग गरिने डाइक्लोफेनेक औषधिको अत्यधिक प्रयोग हुन थालेदेछि त्यस्ता मरेका पशु खाँदा गिद्ध समेत मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “डाइक्लोफेनेक औषधि प्रयोग गरिएको सिनो खाँदा गिद्धको मिर्गौलामा असर पर्न गई मर्ने, बाँचेकामा पनि बाँझो आउने अुनसन्धानबाट खुलेपछि जिल्लालाई २०६६ सालमा डाइक्लोफेनेकमुक्त घोषणा गरिएको थियो ।” आजभोलि जिल्लाका विभिन्न ठाउँमा आकाशमा फाटफुट गिद्ध देखिन थालेपछि डाइक्लोफेनक औषधिको प्रयोग भएको छैन भन्ने अनुमान गरिएको छ । गिद्धको सङ्ख्या बढ्नु आमनागरिकका लागि खुशीको कुरा हो प्रमुख विष्टले थप्नुभयो ।
डाइक्लोफेनेकमुक्तपछि जिल्लाका विभिन्न ठाउँका सिमल, सल्लाको रुखमा गिद्धले गुँड लगाउनेको गरेको ठाटीकाँध गाउँपालिका–१ का वडाध्यक्ष नर्तमबहादुर बुढाले बताउनुभयो । ‘‘एक दशकसम्म हामीले गिद्ध देखेका थिएनौँ । गिद्ध नहुँदा मरेको गाईगोरुले वातावरणलाई दूषित बनाएको थियो । तीन वर्षयता गाउँपालिकाका जङ्गलमा गिद्धले गुँड लगाउने गरेको देखिएको छ’’, उहाँले भन्नुभयो । गिद्धको वासस्थानको लागि सिमलको रुख फँडानी गर्दा गिद्ध देखा पर्न छोडेको स्थानीयवासीले बताउँछन् । गिद्धका लागि सिमलको रुख काट्नाले गिद्ध लोप भएको स्थानीयवासीको बुझाइ छ । नेपाल सरकारले सिमलको रुखलाई पनि गिद्ध उचित वासस्थान हो मानेर रुख कटानमा प्रतिबन्ध लगाएको छ ।
मरेको सिनो खाएर गिद्धले सरुवा रोग हैजा, झाडापखालालगायतका रोगबाट मुक्त बनाइदिने भएकाले संरक्षणका लागि गाउँबस्तीका मानिसले औषधि प्रयोग गरिएको सिनो गाड्ने र वासस्थानको लागि सिमलको रुखलाई संरक्षण गर्नु पर्ने दैलेख पशु अस्पताल कार्यलयका निमित्त अधिकृत विष्टले बताउनुहुन्छ । नेपालको एकमात्र लोपोन्मुख जाति राउटे समुदायले सिमलको रुखबाट भाँडाकँुुडा बनाई जीविकापार्जन गर्दै आएकाले यसको रोकथामको लागि राउटे समुदायमा काम गर्ने सङ्घसंस्थाले जनचेतना जगाउनुपर्ने उहाँको भनाइ छ । राउटेको जीवन प्रकृतिसँग हुर्किने भएकाले प्रकृतिका कुचिकर मानिएका गिद्धको संरक्षणका बारेमा उनीहरुमा जनचेतना जगाउनुपर्छ र सिमलको रुख काट्न रोक लगाउनु पर्ने हुन्छ ।
हिन्दू धर्ममा शनि देवताको बहानको रुपमा चिनिने यो पंक्षी धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउने पहल गरेको उल्लेख गरिएको छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये दैलेखमा पाँच प्रजातिका हिमाली गिद्ध, हाडफोर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध, डङ्गुर गिद्ध पाइने नेपाल पंक्षी संरक्षणका जीवविज्ञान कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अकल्पनीय र अप्राकृतिक विनाशले सानो खैरो, डङ्गुर, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका छन् । अतिसङ्कटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ ।
नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बती मूलका लामा समुदायमा अहिले पनि आफन्तको शव गिद्धलाई खुवाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रुपमा पुज्ने गर्छन् । गिद्ध खाद्य शृङ्खलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्पूर्ण सूचक मात्र नभई कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर रहेको छ । अझै गिद्धलाई संरक्षण गर्न स्थानीय सरकार, राजनीति दल विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले डाइक्लोफेनेकलगायत अन्य विषादीलाई रोकथाम नियन्त्रण र स्थानीयवासीमा जनचेतना जगाउन सके गिद्ध संरक्षणमा फाइदा पुग्ने वातावरण संरक्षणवादीहरुको तर्क छ ।
विसं २०६३ जेठ २३ नेपाल सरकारले गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो । गिद्ध, तथा अन्य चराचुरुङ्गी वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्री वितरण लागि प्रयोगमा ल्याएको छ । गिद्धले एकैपटक ३०० किमी आकाशीय दूरीमा उडान भर्न सक्छ । नेपाल पंछी संरक्षण सङ्घ काठमाडौँको अध्ययनानुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरकफरक रूखमा गुँड बनाउने गरेको छ ।