
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
६रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
७गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
८कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
११कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
पुरुषोत्तम थापा
दुल्लू । विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विसं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो । मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयवासीमा खुशी भएका छन् । मरेको सिनो खाएर वातावरणलाई स्वच्छ बनाई दिने गिद्ध मानिसका लागि सहयोगी हुन् ।
बिरामी पशुलाई दुखाइ र ज्वरो कम गर्नका लागि प्रयोग गरिने डाइक्लोफेनेक औषधिको अत्यधिक प्रयोग हुन थालेदेछि त्यस्ता मरेका पशु खाँदा गिद्ध समेत मर्ने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “डाइक्लोफेनेक औषधि प्रयोग गरिएको सिनो खाँदा गिद्धको मिर्गौलामा असर पर्न गई मर्ने, बाँचेकामा पनि बाँझो आउने अुनसन्धानबाट खुलेपछि जिल्लालाई २०६६ सालमा डाइक्लोफेनेकमुक्त घोषणा गरिएको थियो ।” आजभोलि जिल्लाका विभिन्न ठाउँमा आकाशमा फाटफुट गिद्ध देखिन थालेपछि डाइक्लोफेनक औषधिको प्रयोग भएको छैन भन्ने अनुमान गरिएको छ । गिद्धको सङ्ख्या बढ्नु आमनागरिकका लागि खुशीको कुरा हो प्रमुख विष्टले थप्नुभयो ।
डाइक्लोफेनेकमुक्तपछि जिल्लाका विभिन्न ठाउँका सिमल, सल्लाको रुखमा गिद्धले गुँड लगाउनेको गरेको ठाटीकाँध गाउँपालिका–१ का वडाध्यक्ष नर्तमबहादुर बुढाले बताउनुभयो । ‘‘एक दशकसम्म हामीले गिद्ध देखेका थिएनौँ । गिद्ध नहुँदा मरेको गाईगोरुले वातावरणलाई दूषित बनाएको थियो । तीन वर्षयता गाउँपालिकाका जङ्गलमा गिद्धले गुँड लगाउने गरेको देखिएको छ’’, उहाँले भन्नुभयो । गिद्धको वासस्थानको लागि सिमलको रुख फँडानी गर्दा गिद्ध देखा पर्न छोडेको स्थानीयवासीले बताउँछन् । गिद्धका लागि सिमलको रुख काट्नाले गिद्ध लोप भएको स्थानीयवासीको बुझाइ छ । नेपाल सरकारले सिमलको रुखलाई पनि गिद्ध उचित वासस्थान हो मानेर रुख कटानमा प्रतिबन्ध लगाएको छ ।
मरेको सिनो खाएर गिद्धले सरुवा रोग हैजा, झाडापखालालगायतका रोगबाट मुक्त बनाइदिने भएकाले संरक्षणका लागि गाउँबस्तीका मानिसले औषधि प्रयोग गरिएको सिनो गाड्ने र वासस्थानको लागि सिमलको रुखलाई संरक्षण गर्नु पर्ने दैलेख पशु अस्पताल कार्यलयका निमित्त अधिकृत विष्टले बताउनुहुन्छ । नेपालको एकमात्र लोपोन्मुख जाति राउटे समुदायले सिमलको रुखबाट भाँडाकँुुडा बनाई जीविकापार्जन गर्दै आएकाले यसको रोकथामको लागि राउटे समुदायमा काम गर्ने सङ्घसंस्थाले जनचेतना जगाउनुपर्ने उहाँको भनाइ छ । राउटेको जीवन प्रकृतिसँग हुर्किने भएकाले प्रकृतिका कुचिकर मानिएका गिद्धको संरक्षणका बारेमा उनीहरुमा जनचेतना जगाउनुपर्छ र सिमलको रुख काट्न रोक लगाउनु पर्ने हुन्छ ।
हिन्दू धर्ममा शनि देवताको बहानको रुपमा चिनिने यो पंक्षी धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउने पहल गरेको उल्लेख गरिएको छ । नेपालमा पाइने नौ प्रजातिका गिद्धमध्ये दैलेखमा पाँच प्रजातिका हिमाली गिद्ध, हाडफोर गिद्ध, सेतो गिद्ध, सुन गिद्ध, डङ्गुर गिद्ध पाइने नेपाल पंक्षी संरक्षणका जीवविज्ञान कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अकल्पनीय र अप्राकृतिक विनाशले सानो खैरो, डङ्गुर, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका छन् । अतिसङ्कटापन्न प्रजाति आउने १० वर्षभित्र लोप हुने सम्भावना ५० प्रतिशत हुन्छ ।
नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बती मूलका लामा समुदायमा अहिले पनि आफन्तको शव गिद्धलाई खुवाउँछन् र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पु¥याउने दूतका रुपमा पुज्ने गर्छन् । गिद्ध खाद्य शृङ्खलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्पूर्ण सूचक मात्र नभई कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर रहेको छ । अझै गिद्धलाई संरक्षण गर्न स्थानीय सरकार, राजनीति दल विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले डाइक्लोफेनेकलगायत अन्य विषादीलाई रोकथाम नियन्त्रण र स्थानीयवासीमा जनचेतना जगाउन सके गिद्ध संरक्षणमा फाइदा पुग्ने वातावरण संरक्षणवादीहरुको तर्क छ ।
विसं २०६३ जेठ २३ नेपाल सरकारले गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो । गिद्ध, तथा अन्य चराचुरुङ्गी वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्री वितरण लागि प्रयोगमा ल्याएको छ । गिद्धले एकैपटक ३०० किमी आकाशीय दूरीमा उडान भर्न सक्छ । नेपाल पंछी संरक्षण सङ्घ काठमाडौँको अध्ययनानुसार गिद्धले सिमलको रूख, सल्ला, साललगायत १३ प्रजातिका फरकफरक रूखमा गुँड बनाउने गरेको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !