
१प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
२न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
३सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
४डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
५सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
६चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
७नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
८आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
९‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१०‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
११पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध रुपमा काठको तस्करी गर्नेहरुलाई पक्राउ गर्न सफल भएको छ । लमजुङ प्रहरीले तीन दिनमा विभिन्न ठाउँमा १५ लाख रुपैयाँ बराबरको चारसय ९५ क्युफिट अवैध काठ बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा माघ ६ गते लम्जुङको दोर्दी गाउँपालिका वडा नं. ८ स्थित खिमचोकबाट अवैध रुपमा काठको तस्करी हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले काठसहित दुईजनालाई पक्राउ गर्न सफल भएको छ ।
अस्थायी प्रहरी पोष्ट किर्तिपुरबाट प्रहरी हवल्दार खिलबहादुर उपरकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले ग १ त ५४०६ नम्बरको ट्याक्टरमा अवैध रुपमा चाँपको ७४.८२ क्यु फिट काठ ल्याउँदै गर्दा ट्याक्टर चालकसहित संलग्न दुवैलाई पक्राउ गरेको हो ।
प्रहरीले काठ तस्करीमा ट्याक्टर चालकसहित घटनामा संलग्न दोर्दी गाउँपालिका वडा नं. ८ बस्ने वर्ष ३६ का मेघराज घलेलाई पक्राउ गरी कारवाहीका लागि काठसहित डिभिजन वन कार्यालय लमजुङमा बुझाएको छ ।
त्यसैगरी, माघ ७ गते लमजुङ प्रहरीले दोर्दी गाउँपालिका वडा नं. ८ पाँचस्वारास्थित जंगलमा अवैध रुपमा लुकाई राखिएको चिरान गरेको काठ बरामद गरेको छ । प्रहरीले सो ठाउँमा चाँपको ३९६।९१ क्यु फिट काठ बरामद गरी वन कार्यालय लमजुङमा बुझाएको छ । प्रहरीका अनुसार अघिल्लो दिन काठसहित मानिस पक्राउ परे आफू पनि पक्राउ पर्ने त्रासका कारण उक्त स्थानमा चिरान काठ लगि छाडिएको हुनसक्ने अनुमान गरेको छ ।
त्यसैगरी, माघ ८ गते लमजुङ मध्यनेपाल नगरपालिका वडा नं. ९ पिस्तीखोला क्षेत्रमा अवैध रुपमा सालको काठ ओसारपसार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले २३.९१ क्युफिट सालको चिरान काठ बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा २३.९१ क्यु फिट सालको चिरान काठ बरामद गर्न सफल भएको हो । ती बरामद गरिएका काठ आवश्यक अनुसन्धान तथा कारवाहीका लागि सव डिभिजन वन कार्यालय भोर्लेटारमा पठाइएको लमजुङ प्रहरीले जानकारी दिएको छ ।