
१फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
३जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
४उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
५मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
६सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
७कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
८गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
९जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१०कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
११२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
पोखरा । जिल्ला सहकारी संघ लिमिटेड कास्कीको चुनावमा नेपाल कम्युनिष्ट पार्टी (ओली समूह)का उमेद्वारहरुले लजास्पद हार व्यहोर्नु परेको छ । गण्डकी प्रदेशमा ओली पक्षको वर्चश्व रहेको दावी गर्ने यस समूहलाई शुरुवात मैं सहकारीमा लज्जास्पद हार व्यहोर्नु परेपछि नराम्रो झड्का लागेको छ ।
नेकपा ओली पक्षीय नेता तथा प्रदेश सांसद प्रभा कोइरालासहितको टिमले कास्कीमा नराम्रो हार व्यहोर्नु परेको हो । ओली पक्षीय सांसद कोइरालालाई नेपाली काँग्रेस र नेकपा (प्रचण्ड–माधव समूह)का उमेद्वार दीपक प्रकाश आचार्यले अत्याधिक मतका साथ हराएका हुन् । राष्ट्रिय प्रतिनिधिको उमेद्वारमा आचार्यले दुईसय १४ मत प्राप्त गर्दा सांसद कोइरालाले जम्मा ८६ मत प्राप्त गरेकी थिईन् ।
ओली पक्षधरले राष्ट्रिय प्रतिनिधिमा मात्र नभई जिल्ला कार्यसमितिमा समेत लज्जास्पद हारको सामना गर्नु परेको छ । जिल्ला सहकारी संघ कास्कीमा ओली पक्षलाई निमिट्यान्न पार्दै अध्यक्षमा सावित्रा कोइराला विजयी भएकी छिन् । नेपाली काँग्रेस र नेकपा (प्रचण्ड–माधव समूह)बाट उमेद्वार बनेकी सावित्राले एकसय ९८ मत प्राप्त गरेर विजय भएकी हुन् । उनका प्रतिस्पर्धी बलराम गौतमले जम्मा ७८ मत प्राप्त गरेका थिए । त्यस्तै अर्का अध्यक्षका उमेद्वार धर्मराज अर्यालले जम्मा ३६ मत प्राप्त गरेका थिए ।
अन्य सम्पूर्ण पदमा पनि संयुक्त प्यानलका उम्मेदवारहरु मात्र विजयी भएकी भएका छन् । वरिष्ठ उपाध्यक्षमा संयुक्त प्यानलका छविलाल लामेछानेले दुईसय २२ मत प्राप्त गरी विजयी हुँदा ओली पक्षीय उमराज बास्तोलाले जम्मा ८१ मत प्राप्त गरेका थिए ।
महिला उपाध्यक्षमा अम्बिका गौतमले १९४ मत प्राप्त गरी विजयी हुँदा संगीता तिमिल्सिनाले जम्मा ११२ मत प्राप्त गरेकी छन् । महासचिवमा दीपकराज बास्तोलाले २२७ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी ठाकुर पोखरेलले जम्मा ७९ मत प्राप्त गरेका थिए । त्यसैगरी, कोषाध्यक्षमा नवराज बरालले दुईसय मत प्राप्त गरेर विजयी हुँदा लक्ष्मण कोइरालाको जम्मा एकसय तीन मत प्राप्त गरेका थिए ।
विषयगत संघको तर्फबाट आनन्द सुवेदी निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यमा कौशिला गुरुङ (२०६), चन्द्रकुमारी पराजुली, (२१७), मैनादेवी रावत (१९१), बिना लोहनी (२४८) विजयी भएका छन् । खुल्ला सदस्यमा खेमबहादुर गुरुङ (१८६), धनराज पुरी (१६०), लेखा सुपरीवेक्षण समितिको संयोजकमा धर्मबहादुर गुरुङ (१८७), लेखा समिति सदस्यमा रमण पौडेल (२०२), बिमला कुमारी थापा बस्नेत (१८०) मत प्राप्त गरी विजयी भएका छन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की