
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सरकारलाई जनताका पक्षमा काम गर्न नदिएको भन्ने अभिव्यक्तिमा कुनै सत्यता नरहेको बताउनुभएको छ । नेकपा काठमाडौँ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सरकारका काममा पार्टीले व्यवधान गरेको भए प्रमाण पेश गर्न चुनौती दिनुभयो ।
उहाँले कोरोना महामारीका समयमा सरकारको कामलाई झन् प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र बनाउन प्रधानमन्त्रीले अस्वीकार गरेको जिकिर पनि गर्नुभयो । प्रधानमन्त्रीले पार्टीलाई विश्वासमा लिन नसकेको र जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन गरेर सरकारले जनमतको अपमान गरेको आरोप पनि उहाँले लगाउनुभयो ।
केन्द्रीय कमिटीको दुई तिहाइभन्दा बढी सदस्य आफूहरुसँग रहेको जनाउँदै उहाँले निर्वाचन आयोगले आफूहरुलाई दलसम्बन्धी कानूनअनुसार निर्णय लिइनेमा विश्वस्त गराएको बताउनुभयो । “निर्वाचन आयोगले ५० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य हुने पार्टीले नै आधिकारिकताको मान्यता पाउनेमा विश्वस्त हुन आग्रह गरेको छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “तर विद्यमान ऐन कानूनको बर्खिलाफ हुने गरी निर्णय भएमा ठूलो आँधीबेहरी आउँछ, संवैधानिक निकायले ऐन, कानूनविपरीत काम गरेमा जनता टुलुटुलु हेरेर बस्दैनन् ।”
अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री विगतदेखि नै पार्टी विधि र पद्धति नमानेर अगाडि बढिरहेको तथा पार्टीभित्र देखिएको समस्या समाधान गर्न बैठकमा बस्न नमानेको आरोप लगाउनुभयो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबाट संविधानमाथि प्रहार भएको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले अहिले संविधानको मर्म र मूल्यमान्यताको रक्षाको प्रश्न उब्जिएको बताउनुभयो । उहाँले नेताकार्यकर्तालाई लोकतन्त्रका पक्षमा उभिन पनि आग्रह गर्नुभयो ।
पार्टी स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जनताको आन्दोलनले नै प्रतिनिधिसभा पुनःस्थापना गराएरै छाड्ने जिकिर गर्नुभयो ।
काठमाडौँ जिल्ला सङ्घर्ष समिति घोषणा
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन परिचालन गर्न एक हजार ५७६ सदस्यीय काठमाडौँ जिल्ला सङ्घर्ष समिति घोषणा गरिएको छ । काठमाडौँ जिल्लाका केन्द्रीय कमिटी सदस्य, प्रदेश सदस्य, नगर, वडा, जनवर्गीय सङ्गठनलगायतको सहभागितामा सङ्घर्ष समिति घोषणा गरिएको हो ।
सङ्घर्ष समितिका संयोजकमा केन्द्रीय सदस्य सावित्रा भुसाललाई तोकिएको छ । सङ्घर्ष समितिका अगुवाइमा आगामी माघ २३ गते काठमाडौँमा जनप्रदर्शन गर्ने कार्यक्रम बनाइएको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर