
१जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
२सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
७अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९अफवाह नफैलाउन प्रहरीको आग्रह
१०बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
११सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
१२२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
७‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
८‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
९१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
१०गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
११स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१२गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
नारायण न्यौपाने
काठमाडौँ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित पृथ्वीनारायण शाह अध्ययन केन्द्र राष्ट्रनिर्माता र नेपालको एकीकरणबारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको उक्त केन्द्र पृथ्वीनारायण र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन एवं अनुसन्धानका रुपमा विकास गर्ने लक्ष्यका साथ स्थापना भएको हो ।
अहिले राष्ट्रनिर्माता र एकीकरण अध्ययन केन्द्र रहे पनि भविष्यमा यसलाई अनुसन्धान केन्दका रुपमा विकास गर्ने लक्ष्य लिइएको उपरथी सहदेव खड्काले जानकारी दिनुभयो । मुलुकभित्र वा बाहिरका सम्पूर्ण देशप्रेमी, इतिहासँग सम्बन्धित व्यक्ति, इतिहास जान्न इच्छा राख्नेले राष्ट्रनिर्माता र एकीकरणसम्बन्धी प्रकाशित वा अप्रकाशित कुनै पनि तथ्यपरक सामग्री पनि उक्त केन्द्रमा उपलब्ध गराउन सक्ने सेनाले जनाएको छ ।
सेनाले इतिहासका विद्यार्थी र इच्छुक अनुसन्धानकर्तालाई केन्द्रबाट भरपूर लाभ लिन अनुरोध गरेको छ । मुलुभर छरिएर रहेका पृथ्वीनारायण र एकीकरणसम्बन्धी सम्पूर्ण सामग्री एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको हुँदा केन्द्रमा प्राप्त सामग्री उचित संरक्षण हुने जनाइएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले केन्द्रबाट अध्ययन र अनुसन्धान गर्न चाहनेलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न आग्रह गर्नुभयो । त्यस्ता इच्छुकले दिएको निवेदन तहगतरुपमा स्वीकृति भएपछि अध्ययनअनुसन्धानका लागि उक्त निर्देशनालयले सहजीकरण गर्ने छ । केन्द्रमा राष्ट्रनिर्माता र एकीकरणबारे हालसम्मप्राप्त सम्पूर्ण सामग्री राखिएको बताइएको छ । केन्द्रको मुख्य प्रवेशद्वारले गोरखा दरबारको झझल्को दिनेछ भने मूलद्वारबाहिर पाटन र भक्तपुर दरबार सङ्ग्रहालयका ठूला तस्वीर प्रदर्शित छ ।
के छ त केन्द्रमा
केन्द्रमा प्रवेश गर्नासाथ पूर्णकदको पृथ्वीनारायण शाहको चित्राकृति देखिन्छ । उक्त आकृतिसँगै एकीकरणको अभियानसँग जोडिएको किंवदन्तीअनुरुप त्यसबेलामा सम्पर्क रहेका गोरखनाथको आकृति र शाहवंशीय वंशवृक्ष राखिएको छ । केन्द्रमा कपडामा लेखिएको ५२ हातको हस्तलिखित जन्मकुण्डली(राष्ट्रनिर्माता)को छविचित्र प्रस्तुत गरिएको छ ।
पृथ्वीनारायणको राजगद्दीसँग मिल्ने गरी तत्कालीन सिंहासन राखिएको छ । युद्धमा जानुपूर्व त्यस बेलाका पण्डितद्वारा दिन र समय तोकेर निकालिएका शुभसाइतसम्बन्धी जानकारी पुस्तक पनि अनुसन्धानकर्ताका लागि महत्वपूर्ण दस्तावेज हुनेछ । एकीकरणका नायक पृथ्वीनारायणले छिमेकी र छिमेकी राजाले उहाँलाई लेखेका करीब २०० चिट्ठीको संँगालो पनि इतिहास जान्न चाहनेका लागि निकै महत्वपूर्ण खुराक हुने छ । तत्कालीन दिल्लीका बादशाहले पृथ्वीनारायणलाई उपाधि प्रदान गरिएको उर्दू भाषामा लेखिएको चिठी पनि ऐतिहासिक दस्तावेजका रुपमा रहेको छ ।
पृथ्वीनारायणको दिव्योपदेशलाई श्रव्यमा ढालिएको तथा उहाँको जीवनी समेटिएको वृत्तचित्र पनि त्यहाँ समेटिएको छ । केन्द्रमा पृथ्वीनारायणकालीन हातहतियार, गुप्त लौरो, भाँडाबर्तन र सैनिक पोशाक पनि अध्ययनकर्ताको जानकारीका लागि राखिएको छ ।
एकीकरण मार्ग पदयात्रा किन
सो अवसरमा सेनाले सञ्चालन गर्दै आएको एकीकरण मार्ग पदयात्रा संयोजन गर्दै आउनुभएका प्रमुख सेनानी अजय गुरुङले सविधानअनुरुप राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उक्त मार्गमा पर्यटन प्रवद्र्धन गरी मुलुकको आर्थिक र समृद्धिमा ठूलो योगदान पुग्ने विश्सास लिइएको छ । उहाँले भन्नुभयो, “२०७५ सालदेखि एकीकरण मार्ग पदयात्राको अवधारणा शुरु भएको हो । सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयको एकीकृत कार्यक्रम भएकाले व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्य छ । यसमा प्रदेश सरकार, स्थानीय तह र सेनाको तलसम्मका एकाइलाई समेटेर एकीकृत अवधारणामा सञ्चालन गर्ने काम भइरहेको छ ।”
ऐतिहासिक गढी, किल्ला, यृद्धस्थल एवं पदमार्गको खोज, अनुसन्धान गरी इतिहासको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले उक्त पदयात्रा कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । ऐतिहासिक तथ्यमा आधारित लडाइँसँग सम्बन्धित स्थानमा युद्ध सङ्ग्रहालय स्थापना गरी भावी पुस्तालाई जानकारी गराउने पदयात्रा कार्यक्रमको लक्ष्य छ । सेनाले प्रत्येक प्रदेशमा एकता बाटिका स्थापनाको काम अघि बढाइसकेको छ । एकीकरण स्मृति उद्यानबाट आधुनिक नेपाल निर्माणमा सबै भूगोल र जातजातिको उत्तिकै योगदान छ भन्ने सन्देश प्रवाह गर्नेछ ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद