
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । स्टीलका सामग्री उत्पादन गर्ने पोदरेज स्टील एण्ड आईरन ईण्डष्ट्रिजले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)लाई बेड हस्तान्तरण गरेको छ । हेल्थ इक्युप्मेन्ट अन्तरगत उद्योग आफैंले निर्माण गरेका बेडहरु टिचिङ हस्पिटललाई प्रदान गरेको हो ।
सो अस्पतालका कार्यकारी निर्देशक डा.दिनेश काफ्लेको उपस्थितिमा पोदरेज कम्पनीका प्रवन्ध निर्देशक प्रमोद गौतम लगायतको टोलीले सो वेड प्रदान गरेको थियो । पोदरेज कम्पनीका प्रवन्ध निर्देशक गौतमले सामाजिक उत्तरदायित्व वहन गर्दै वेड हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
पोदरेज कम्पनीका प्रवन्ध निर्देशक गौतमले भन्नुभयो–‘हामीले स्वदेशमा नै उद्योगको स्थापना गरी आफ्नै फ्याक्ट्रीबाट हेल्थ इक्युप्मेन्ट उत्पादन गर्न सफल भएका छौं । साथै हामीले सरकारी अस्पताललाई स्वदेशमैं निर्मित बेड हस्तान्तरण गर्न पाउँदा खुशी भएका छौं ।’
टिचिङ अस्पतालका कार्यकारी निर्देशक डा.काफ्लेले स्वदेशमा नै उत्पादित सामाग्रीहरुको प्रयोग गर्नु सर्हानीय कार्य भएकोले हुँदा आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यतिबेला राष्ट्रियताको सवालमा आममानिसहरु जागरुक भइरहेको सन्दर्भमा सबैको प्राथमिकता स्वदेशमैं उत्पादित सामाग्री र कम्पनी हुनेमा निर्देशक डा.काफ्लेले खुशी व्यक्त गर्नुभयो ।
पारिवारिक उद्योगको रुपमा सन् १९७२ मा स्थापना भएको पोदरेज स्टिल एण्ड आइरन ईण्डष्ट्रिजले ४८ वर्षको अवधिमा थुप्रै सामाजिक क्षेत्रहरुमा सहयोग प्रदान गर्दै आईरहेको छ । यस कम्पनीले नेपाल साई संगठन नामक संस्थामार्फत् पनि देशका विभिन्न ठाउँमा विद्यालय बनाउने, दुरदराजका विकट वस्तीहरुमा खानेपानीको व्यवस्थापन मिलाउने लगायतका कार्यहरुमा सधै सक्रिय हुँदै आईरहेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा.दिनेश काफ्लेलाई पोदरेज कम्पनीका प्रवन्ध निर्देशक प्रमोद गौतम लगायतको टोली वेड हस्तान्तरण गर्दै । तस्विरः डन न्यूज
नेपालमा स्टीलका सामग्री उत्पादन गर्ने पोदरेज सबैभन्दा ठुलो स्वदेशी उद्योग हो । शुरुमा यस कम्पनीले घरायसी प्रयोजनको लागि दराज लगायतका सामग्रीहरु उत्पादन गर्ने गर्दथ्यो । हाल आएर अफिसियल, हेभी सेक्युरिटी इक्युप्मेन्ट (जसमा बैंक लकर, फायर प्रुफ सेभ, फायर प्रुफ फायलिङ क्याविनेट लगायत) र सिटिङ सिस्टमका सामाग्रीहरु उत्पादन तथा विक्री बितरण गर्दै आईरहेको प्रवन्ध निर्देशक गौतमले जानकारी दिनुभयो ।
यस कम्पनीको काठमाडौं उपत्यकामा मात्र ८ वटा विक्री केन्द्र रहेका छन् । त्यसैगरी विराटनगर र पोखरामा आफ्नै विक्री केन्द्र सञ्चालन गरिरहेको छ भने छिट्टै नै चितवनको नारायणगढमा पनि विक्री केन्द्र सञ्चालन गर्ने तयारीमा कम्पनी रहेको छ । त्यसो त यस कम्पनीका उत्पादनहरु देशैभरी सहज रुपमा उपलब्ध हुने प्रवन्ध निर्देशक गौतमले बताउनुभयो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल