
१फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
३जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
४उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
५मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
६सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
७कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
८गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
९जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१०कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
११२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
१२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
पोखरा । सहमति र पार्टी एकता मजबुत बनाउने नाममा सत्तारुढ नेकपाका नेताहरुले आ–आफ्नै गुटगत छलफल र भेलालाई तिब्र बनाएका छन् । एक अर्काका विरुद्धमा कसरी प्रहार गर्ने रणनीति बनाउने काममा जुटेका नेकपाका नेताहरुले पोखरामा विभिन्न चरणमा छलफल र भेलाको आयोजना गरेका हुन् ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा आज स्थायी कमिटीको बैठक दिउँसो बस्दैछ । गत मंसिर २१ गतेको बैठकमा उपस्थित नभएका प्रधानमन्त्री ओली यसपटकको बैठकमा सहभागी हुँदैछन् । आजको बैठकमा स्थायी कमिटीका सदस्यहरुले आ–आफ्नो विचार व्यक्त गर्नेछन् ।
स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा ओली, प्रचण्ड र नेपाल पक्षका नेताहरुले आ–आफ्नो गुटगत भेला र छलफलको आयोजना गरेका थिए । आफ्ना गुटगत कार्यकर्तालाई जे पनि हुन सक्छ, तयार रहनु भन्ने आसयको निर्देशनले आजको बैठकमा साझा एजेण्डामा भन्दा पनि आ–आफ्ना गुटगत पक्षमा लविङ गर्ने देखिएको छ ।
स्थायी कमिटीको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गराएर त्यसको कार्यान्वयन गर्ने योनजामा प्रचण्ड–नेपाल समूहको रणनीति देखिन्छ । स्थायी र केन्द्रीय कमिटीमा अल्पमतमा रहेको ओली समूहले संक्रमणकालीन कमिटीले बुहमत अल्पमतको निर्णय लिन नसक्ने रटान दोहो¥याउँदै आईरहेको छ । त्यसो त केन्द्रीय कमिटीको बैठक पुस ५ गते बस्ने निर्णय पनि भईसकेको छ ।
स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा पोखरामा पनि गुटगत भेला र छलफल तिब्र रुपमा भएको थियो । यस बिचमा ओलीगुट, प्रचण्डगुट र माधवगुटले छुट्टा–छुट्टै भेलाहरुको आयोजना गरेका थिए । ओलीगुटले पोखराको सिर्जनचोकस्थित साईमन पार्टी प्यालेसमा, प्रचण्डगुटले बुद्धचोकस्थित लेकाली चुलो र नेपाल निकटका नेताहरुले पृथ्वीचोकस्थित नेपाल ट्रेड युनियन महासंघ जिफण्टको कार्यालयमा भेलाको आयोजना गरेका थिए । माधवकुमार नेपाल समूहले आयोजना गरेको भेलामा पूर्वमाओवादीका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता भएको थियो ।
शुरुमा कास्कीमा गएको मंसिर ८ मा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा नेपाल समूहको भेला भएको थियो । भेलामा मनाङ, मुस्ताङ, लमजुङ र गोरखाबाहेक सात जिल्लाका अगुवा नेता सहभागी भएका थिए । त्यसैगरी पछिल्लो समय जिल्ला जिल्लामा तमतयार अवस्थामा रहन ओली निकट विद्यार्थीको प्रदेशस्तरीय भेला पोखराको लिचिबोट पार्टी प्यालेसमा भएको थियो ।
केपी शर्मा गुटको गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङ र प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, प्रचण्ड गुटको नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, बखानसिं गुरुङ, राजकाजी गुरुङ र माधव नेपाल समूहका चुडामणि जंगली, श्रीनाथ बराल, सदाखर भण्डारी लगायतले नेतृत्व गर्दै छलफल तथा भेलाको आयोजना गरेका थिए । शुरुमा माधव नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले पोखरामा गुटगत भेलाको आयोजना गरेका थिए । अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महर, अखिलको पूर्व उपाध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य रश्मी आचार्य, महेश गर्तौला, सुनीता बराल, शैलेस लामा लगायतले ओली निकटका विद्यार्थीहरुको पोखरामा भेला गरेका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की