
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । सहमति र पार्टी एकता मजबुत बनाउने नाममा सत्तारुढ नेकपाका नेताहरुले आ–आफ्नै गुटगत छलफल र भेलालाई तिब्र बनाएका छन् । एक अर्काका विरुद्धमा कसरी प्रहार गर्ने रणनीति बनाउने काममा जुटेका नेकपाका नेताहरुले पोखरामा विभिन्न चरणमा छलफल र भेलाको आयोजना गरेका हुन् ।
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा आज स्थायी कमिटीको बैठक दिउँसो बस्दैछ । गत मंसिर २१ गतेको बैठकमा उपस्थित नभएका प्रधानमन्त्री ओली यसपटकको बैठकमा सहभागी हुँदैछन् । आजको बैठकमा स्थायी कमिटीका सदस्यहरुले आ–आफ्नो विचार व्यक्त गर्नेछन् ।
स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा ओली, प्रचण्ड र नेपाल पक्षका नेताहरुले आ–आफ्नो गुटगत भेला र छलफलको आयोजना गरेका थिए । आफ्ना गुटगत कार्यकर्तालाई जे पनि हुन सक्छ, तयार रहनु भन्ने आसयको निर्देशनले आजको बैठकमा साझा एजेण्डामा भन्दा पनि आ–आफ्ना गुटगत पक्षमा लविङ गर्ने देखिएको छ ।
स्थायी कमिटीको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गराएर त्यसको कार्यान्वयन गर्ने योनजामा प्रचण्ड–नेपाल समूहको रणनीति देखिन्छ । स्थायी र केन्द्रीय कमिटीमा अल्पमतमा रहेको ओली समूहले संक्रमणकालीन कमिटीले बुहमत अल्पमतको निर्णय लिन नसक्ने रटान दोहो¥याउँदै आईरहेको छ । त्यसो त केन्द्रीय कमिटीको बैठक पुस ५ गते बस्ने निर्णय पनि भईसकेको छ ।
स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा पोखरामा पनि गुटगत भेला र छलफल तिब्र रुपमा भएको थियो । यस बिचमा ओलीगुट, प्रचण्डगुट र माधवगुटले छुट्टा–छुट्टै भेलाहरुको आयोजना गरेका थिए । ओलीगुटले पोखराको सिर्जनचोकस्थित साईमन पार्टी प्यालेसमा, प्रचण्डगुटले बुद्धचोकस्थित लेकाली चुलो र नेपाल निकटका नेताहरुले पृथ्वीचोकस्थित नेपाल ट्रेड युनियन महासंघ जिफण्टको कार्यालयमा भेलाको आयोजना गरेका थिए । माधवकुमार नेपाल समूहले आयोजना गरेको भेलामा पूर्वमाओवादीका नेता तथा कार्यकर्ताहरुको पनि सहभागिता भएको थियो ।
शुरुमा कास्कीमा गएको मंसिर ८ मा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा नेपाल समूहको भेला भएको थियो । भेलामा मनाङ, मुस्ताङ, लमजुङ र गोरखाबाहेक सात जिल्लाका अगुवा नेता सहभागी भएका थिए । त्यसैगरी पछिल्लो समय जिल्ला जिल्लामा तमतयार अवस्थामा रहन ओली निकट विद्यार्थीको प्रदेशस्तरीय भेला पोखराको लिचिबोट पार्टी प्यालेसमा भएको थियो ।
केपी शर्मा गुटको गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङ र प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, प्रचण्ड गुटको नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, बखानसिं गुरुङ, राजकाजी गुरुङ र माधव नेपाल समूहका चुडामणि जंगली, श्रीनाथ बराल, सदाखर भण्डारी लगायतले नेतृत्व गर्दै छलफल तथा भेलाको आयोजना गरेका थिए । शुरुमा माधव नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले पोखरामा गुटगत भेलाको आयोजना गरेका थिए । अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महर, अखिलको पूर्व उपाध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य रश्मी आचार्य, महेश गर्तौला, सुनीता बराल, शैलेस लामा लगायतले ओली निकटका विद्यार्थीहरुको पोखरामा भेला गरेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी