
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार प्रमुख गजेन्द्र पुन ‘जगत’को अवस्था गम्भिर भएको छ । जिल्ला कारागार कुश्मा पर्वतमा थुनामा रहनु भएका ५८ वर्षीय जनसरकार प्रमुख जगतको समयमा नै अस्पतालमा उपचार नहुँदा अवस्था गम्भिर भएको परिवारले आरोप लगाएका छन् ।
२४ गते उच्च रक्तचापका कारण एक्कासी बेहोस हुन पुगेका जनसरकार प्रमुख पुनको सोही दिन पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समयमा नैं टाउकाको अप्रेशन गर्न सकिएको भए स्वास्थ्य धेरै राम्रो हुने जगतका भाइ यमबहादुर पुनको भनाई थियो ।
दाइको अवस्था गम्भिर भएपछि पोखरा आईपुग्नु भएका उनका भाइ यमबहादुरले सञ्चारकर्मीहरुसँग २४ गते राती नै अप्रेशन गनुपर्नेमा जिम्मा लिने मानिस कोही नभएको भन्दै राज्यले बन्दी बनाएर राखेको व्यक्तिलाई अप्रेशन नै नगर्नु चरम लापरवाही र कुनियत भएको आरोप लगाउनुभयो ।
‘थुनुवाको सरुवा भए पो कास्की कारागारमा लैजाने, उच्च रक्तचापले ढलेको विरामीलाई अस्पताल लैजानुको साटो कास्की कारागारतर्फ किन लगियो ?’, भाइ यमबहादुरले प्रश्न गर्दै भन्नुभयो–‘उपचारका नाममा आस्थाका बन्दीहरुमाथि यति निकृष्ट अन्याय गर्न मिल्छ र ?’
बिना अपराध आस्था कैं भरमा पटक–पटक पक्राउ गरिएका जनसरकार प्रमुख जगतलाई प्रहरी प्रशासनले मानसिक र शारीरिक यातना दिएकै कारण यो दुर्घटना भएको भाइ यमबहादुरको भनाई थियो । उहाँले भन्नुभयो–‘स्वस्थ रहेको मेरो दाजुलाई झुठो आरोपमा पक्राउ गर्दै पटक–पटक शारीरिक र मानसिक यातना दिएर आज उपचार समेत नगरी राज्यले मृत्युको मुखमा धकेलेको छ ।’
आमा गुमाएको दुई महिना पनि नबित्दै बुबाको यस्तो गम्भिर अवस्था भएपछि आत्तिएका छोराहरु यतिबेला बाबुको उपचारका लागि पोखरामा हारगुहार गरिरहेका छन् । ‘४७ वर्षीय आमालाई गुमाएको दुई महिना पनि पुगेको छैन आज बुबाको पनि अवस्था यस्तो भयो’, जेठा छोरा हिमालले भन्नुभयो–‘समयमा नै बुबाको अवस्थाको बारेमा हामीलाई भनिदिएको भए अप्रेशन गर्न पोखरामा रहेका आफन्तजनलाई पठाउने थियौं । तर प्रहरी प्रशासन जिम्मेवार देखिएन ।’
म्याग्दी साविक मालिका गाविस वडा नं. ९ हाल मालिका गाउँपालिका वडा नं. ३ अरिवाराका स्थायीवासिन्दा जनसरकार प्रमुख जगतलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो । जनयुद्धका क्रममा संकटकालको समयमा उहाँलाई सेनाले बषौंसम्म वेपत्ता बनाएको थियो । राजनीतिमा नै समर्पित जनसरकार प्रमुख जगत माओवादी, वैद्य हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएर काम गर्दै आईरहनुु भएको साँहिला छोरा विनोदले जानकारी दिनुभयो ।
गत २४ गते दिउँसो साढे दुईबजे एक्कासी उच्च रक्तचापका कारण बेहोश हुनुभएका जगतलाई कुश्मा अस्पतालमा उपचारका लागि लगिएको कारगार प्रशासनले जानकारी दिएको छ । कारागार कार्यालय, कुश्मा पर्वतका प्रमुख शिला श्रेष्ठले थुनुवा गजेन्द्र पुन ढल्ने वित्तिकै तत्कालै नजिकैको कुश्मा अस्पतालमा लगिएको जानकारी दिनुभयो । कारागार प्रमुख श्रेष्ठले भन्नुभयो–‘कुश्मा अस्पतालले तुरुन्तै पोखरा पठाउनु पर्छ भनेपछि विभाग र कास्की कारागारसँग समन्वय गरेर एम्बुलेन्समा पठाएका हौं ।’
उपचारमा लापरवाही गरेको परिवारजनको आरोपको खण्डन गर्दै कारागार प्रमुख श्रेष्ठले पुनलाई उपचारका लागि पोखरामा लैजानु पर्ने भएपछि उनका छोरालाई फोन गरेरै बुबा ढल्नुभयो, बोल्न सक्ने अवस्था छैन थप उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजादैं छौं भनेर जानकारी गराएको बताउनुभयो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक प्रा.डा. अर्जुन आचार्यले जनसरकार प्रमुख जगतको उपचार भईरहेको तर स्वास्थ्य अवस्था गम्भिर भएको बताउनुभयो । उपचारमा लापरवाही गरिएको छ भन्ने परिवारजनको आरोपका विषयमा निर्देशक आचार्यले अस्पतालबाट कुनै पनि लापरवाही नभएको दावी गर्नुभयो ।
जनसरकार प्रमुख जगतको उपचार गरिरहनु भएका डा.पुष्पराज कोइरालाले भन्नुभयो–‘विरामीको अवस्था गम्भिर देख्ने वित्तिकै हामीले अप्रेशन गर्नुपर्छ भनेको थियौं । तर विरामीका आफन्त र कुरुवाहरु ढिला आउनाले तत्कालै विरामीको अप्रेशन गर्न सकिएन । त्यसैले अवस्था झन्–झन् नाजुक हुँदै गयो ।’
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए