
१चुनावी मैदानमा विप्लव
२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
३पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
४जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
८माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
९रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१०प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
९लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
लमजुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उहाँका परिवारले दाँहिने हातमा फलामको साङ्लोले बाँधेर कोठामा बन्धक बनाएर राखेको छ ।
गुरुङको मानसिक सन्तुलन गुमेपछि परिवारले समाल्न नसकेपछि बाध्य भएर घरकै एक कोठामा फलामको साङ्लोले बाँधेर राखिँदै आएको उहाँका ठूलो दाइ बेनीराम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “भाइलाई यतिकै छोडिदिँदा परिवारलाई आक्रमण गर्ने जे पाउँछ त्यही फाल्ने, घर भत्काउने गर्ने भएकाले बाध्य भएर साङ्लोले बाँधेर राख्दै आएको हो, यतिकै छोड्दा घर छोडेर भाग्ने र लिन जाँदा आक्रमण गर्ने गर्दा परिवारका सदस्य घाइतेसमेत हुने गरेका थिए ।”
उहाँ पहिला राम्रै भए पनि १८ वर्षको उमेरबाट मानसिक सन्तुलन गुमेपछि कहिले भैँसी बाँध्ने फलामको साङ्लो त कहिले केही बाँध्ने फलामको साङ्लोले दायाँ हात बाँधेर कोठामै थुनेर राखिएको परिवारको भनाइ छ । परिवारका अनुसार गुरुङ १८ वर्षको उमेरमा भाारतीय सेनाका लागि भर्ती हुनलाई गएका र भर्ती हुन नसकेपछि घर आउने बित्तिकै मानसिक सन्तुलन गुम्न पुगेको थियो ।
मानसिक सन्तुलन गुमेका गुरुङका ठूली भाउजु दबलकुमारी गुरुङले भन्नुभयो, “कतै कसैले सहयोग गरी राखेर उपचार गर्ने मान्छे भेटिएमा भगवान भेटे जस्तो हुथ्यो ।” आर्थिक अवस्था कमजोर भएकाले केही गर्न नसकिएको परिवारले जनाएको छ ।
मानसिक सन्तुलन गुमेका गुरुङले कोठामा निकै कष्टकर जीवन बिताउँदै आउनुभएको छ । राम्रोसँग ओछ््यान लगाइदिए पनि सबै फाल्ने गरेकाले यतिकै राखिँदै आएको परिवारले जनाएको छ । मानसिक सन्तुलन गुमेका गुरुङ दाजुभाइमध्ये कान्छा हुन् । गुरुङका चार दाजुभाइ र छ दिदीबहिनी रहेकामा ठूलो दाई बेनीरामले हेरचार गर्दै आइरहेको परिवारले जनाएको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने