
१वर्षमान पुनको दाबी: ‘बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्, एमाले एकताका लागि हतारियो’
२करिब ११ अर्बको अपचलन र ठगी काण्डमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ
३सरकारको प्रतिशोधविरुद्ध आन्दोलनको तयारी गर्न कार्यकर्तालाई ओलीको निर्देशन
४जंगलमै पाँच साता बास बसेर सोवाङधुरीसम्म पदमार्ग तयार
५दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न आईजिपीको निर्देशन
६सहकारी ठगी कसुरमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला
७भारत भ्रमणमा राष्ट्रिय हित र रणनीतिक आर्थिक साझेदारीलाई प्राथमिकता दिन सुझाव
८२२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ
९सराङकोट बालसुधार गृहबाट फरार बालबन्दी १८ घण्टामैं पक्राउ
१०तराईबाट राष्ट्रिय आस्थाको पर्व बनेको छठले आध्यात्मिक आकर्षण बढाउँदै
११अध्यक्षसहित दुई सदस्य समितिमा बस्न नमानेपछि समितिलाई नयाँ स्वरूप दिने तयारी
१२इनमसँग शंकास्पद कारोबार देखिएका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
११डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
१२आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
दैलेख, २ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक कलह चरम उत्कर्षमा पुगेको दाबी गरेका छन्। दैलेखमा आयोजित पार्टीको राष्ट्रिय जागरण अभियानका क्रममा नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै उनले रास्वपाभित्रको शक्ति संघर्षका कारण राज्यका प्रमुख निकायहरू नै विभाजित र कमजोर बन्दै गएको बताएका हुन्।
प्रशिक्षणका क्रममा नेता पुनले राज्यका विभिन्न निकायलाई कसको प्रभावमा पार्ने भन्ने विषयमा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच तीव्र होडबाजी चलिरहेको आरोप लगाए। यही शक्ति संघर्षका कारण देशको राष्ट्रियतासमेत कमजोर बन्दै गएको र स्थापित संस्थाहरू लथालिङ्ग भएको उनको भनाइ छ। रास्वपाभित्रको विवादले उग्र रूप लिँदै गएकाले प्रधानमन्त्री बालेनले जुनसुकै बेला सभापति लामिछानेलाई थुन्ने वा रविले नै बालेनको सत्ता उथलपुथल पार्ने अवस्था सिर्जना हुन सक्ने चेतावनी उनले दिए।
वर्तमान सरकारको कार्यशैली संविधान र व्यवस्था खारेज गर्ने तथा प्रतिक्रान्तितर्फ उन्मुख रहेको दाबी गर्दै नेता पुनले यसलाई रोक्न वामपन्थी शक्तिबीचको एकता र लोकतान्त्रिक दलहरूसँगको सहकार्य अपरिहार्य रहेको औंल्याए। देशको स्वाधीनता जोगाउन र बढ्दो वैदेशिक चलखेलविरुद्ध सबै एक भएर लड्नुपर्ने बेला आएको उनको भनाइ थियो।
कार्यक्रममा एमालेसँगको सहकार्यका विषयमा समेत टिप्पणी गर्दै नेता पुनले अहिले एमालेका नेताहरू वामपन्थी सहकार्य र एकताका लागि निकै हतारिएको महसुस हुन थालेको बताए। विभिन्न भेटघाटका क्रममा एमाले नेताहरूको हतारो स्पष्ट देखिने गरेको उल्लेख गर्दै उनले खराब प्रवृत्ति र फासिस्ट कार्यशैलीको समीक्षा गर्दै संविधान मान्ने शक्तिहरूबीच सहकार्य अघि बढ्नुपर्ने बताए।
जनताले सुशासन र समृद्धिको प्रत्याभूति खोजेको उल्लेख गर्दै नेता पुनले नेकपा वैज्ञानिक समाजवादको लक्ष्य बोकेर जनताबीच गएको स्पष्ट पारे। पुँजीवादीहरूले वैज्ञानिक समाजवादसँग प्रतिस्पर्धा गर्न नसकेरै लोककल्याणकारी राज्यका कार्यक्रमहरू अवलम्बन गर्न बाध्य भएको दाबी गर्दै उनले विश्वभर क्रान्तिकारी आन्दोलनलाई शिथिल पार्ने रणनीति असफल भइसकेको बताए। कम्युनिस्टहरूले पनि समयानुकूल कार्यक्रम परिमार्जन र रूपान्तरण गर्दै निर्वाचनमार्फत जनताबाट अनुमोदित हुँदै समाजवादको यात्रा तय गर्ने रणनीति बनाएको उनको भनाइ थियो।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त